वार्मवियरका परिवार तथा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियामा उनलाई यातना दिइएको बताएका थिए भने उत्तर कोरियाले सो आरोप अस्वीकार गर्दै आएको थियो।
उनको मृत्यु मस्तिष्क तथा रगतमा अक्सिजनको कमीका कारण भएको बताइएको छ। त्यसको कारण कुनै अज्ञात चोटका कारण भएको डा. लक्ष्मी सामार्कोले बताएकी छन्। उनले वार्मबियरको मृत्युबारे अनुसन्धान गरेकी थिइन्।
‘उनलाई के भएको थियो, त्यो हामीलाई थाहा हुन सकेन,’ सामार्कोले बुधबार पत्रकार सम्मेलनमा भनिन्, ‘त्यसबेला त्यहाँ भएका मानिस अघि सरेर ओट्टोलाई यस्तो भएको थियो नभनुञ्जेल हामीलाई केही थाहा हुनेछैन।’
पर्यटकका रुपमा उत्तर कोरिया पुगेका वार्मबियर सन् २०१६ को जनवरीमा उत्तर कोरियाको राजधानी प्योङयोङस्थित विमानस्थलमा पक्राउ परेका थिए। उनलाई उत्तर कोरियाली अदालतले ‘राज्यविरुद्ध शत्रुतापूर्ण अपराध’ गरेको आरोपमा १५ वर्षको कारावास सजाय सुनाएको थियो।
उनलाई गत जुन १२ मा अमेरिका फर्काइएको थियो।एजेन्सी/नेपालखबर डटकम