गैह्र आवासिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद रसियाको अध्यक्षमा रामेश्वर गौतम निर्बीरोध निर्वाचित भएका छन्।
एनआरएनए रसियाको केही बेर अघि सम्पन्न उमेदवारी दर्ताका क्रममा गौतमको मात्र उमेदवारी परेपछि उनी अध्यक्षमा निर्वीरोध निर्वाचित भएका हुन। पर्वतको फलेवास नगरपालिका –५ देबिस्थानका स्थायी बासिन्दा गौतमले लामो समय देखि रसियामा ब्यबसाय गर्दै आएका छन्।
यसैगरी, समितिको उपाध्यक्षमा शिबमणि भुर्तेल र सुमन रिजाल निर्वाचित भएका छन भने महासचिबमा रोशन पोखरेल निर्वाचित भएका छन्। सचिबममा इन्द्रप्रसाद भुसाल र कोषाध्यक्षमा गोबिन्द आचार्य निर्वाचित भएका छन्।
एनआरएनए रसियाको महिला संयोजकमा पबिता उपाध्याय, युवा संयोजकमा किरण रानाभाट, सदस्यहरुमा धनराज मोक्तान, बुद्धिप्रसाद तिवारी, दुर्गाबहादुर भट्टराई, हिमलाल र पशुपति घिमिरे निर्वाचित भएका छन्।
एनआरएनए केन्द्रिय समन्वय परिषद सदस्यमा डा. एकनारायण चापागाई निर्वाचित हुनुभएको छ। एनआरएनए रसियाको अधिबेशन आगामी सेप्टेम्बर ३ मा हुँदैछ।