यही मङ्गसीर १९ गते आइतबार क्युबाली क्रान्तिका नायक फिडेल क्यास्ट्रोलाई श्राद्धाञ्जली सभा र “क्युबाली क्रान्तिमाथि परिचर्चा’’ कार्यक्रम सम्पन्न भएको छ । सो कार्यक्रम कार्ल मार्क्स् द्धीशतवार्षिकी मूलसमारोह भेला आयोजक समितिले आयोजना गरेको थियो ।
मूलसमारोह भेला आयोजक समितिका संयोजक तथा नेकपा एमालेका उपमहासचिव घनश्याम भुसालको अध्यक्षतामा गरिएको यस कार्यक्रमका प्रमुख वक्ता मूलसमारोह भेला आयोजक समितिका सहसंयोजक तथा सूचना तथा संचार मन्त्री राम कार्की हुनुहुन्थ्यो ।
नेकपा संयुक्त नेता सुनिल मानन्धरले संचालन गर्नु भएको सो कार्यक्रममा प्रदीप ज्ञवाली, राजेन्द्र महर्जन, झलक सुवेदी र हरि रोका लगायतले क्युबाली क्रान्ति र फिडेल क्यास्ट्रोबारे प्रकाश पार्नुभएको थियो ।
वक्ताहरुका विचार नेपाली वाम आन्दोलनका लागि सन्दर्भ बन्न सक्ने भएकाले हामीले उहाँहरुले कार्यक्रममा राख्नुभएका विचारहरू (अडियो) यहाँ प्रस्तुत गरेका छौं ।
राजेन्द्र महर्जन
हरि राेक्का
झलक सुवेदी
प्रदिप ज्ञवाली
घनश्याम भुषाल
राम कार्की