किरण गुरुङ नेकपा एमाले स्थायी समितिका सदस्य तथा पूर्व मन्त्री हुन्। उनले २०३७ वैशाख देखि २०४७ वैशाखसम्म गण्डकी र धौलागिरी अञ्चलका विभिन्न जिल्लामा नेकपा (माले)को नेताका रुपमा कठोर भूमिगत जीवन विताएका थिए। उनी भूमिगत गएपछि घरमा आमा मानसिक रुपमा विक्षिप्त हुनुभएको थियो।
नेकपा मालेले औपचारिक रुपमा लाल सेनाको गठन गरेर उनलाई कमाण्डर बनाएको थियो । उनकै कमाण्डमा कास्की नाउडाँडामा रहेको कृषिविकास बैंक र स्थानीय प्रहरी चौकी लुट्ने गरि सबै तयारी पुरा भएपछि पार्टीले यो एक्सन रोकेको थियो र लाल सेना उभिएर राम्ररी हिँड्न नपाई विघटन भएको थियो ।
पूर्व व्रिटिश आर्मी र गाउँका प्रधानपञ्च रहेका बाबुका सन्तान, गण्डकी बोर्डिङ स्कुलका मेधावी विद्यार्थी, उपन्यासका किरा यी युवाका त्यतिबेलाका अनूभूतिहरुबारे नेपाल रिडर्सका लागि महेश पाण्डेको सहयोगमा झलक सुवेदीले गरेको कुराकानी ।
इतिहास हो, कहानी जस्तो लाग्छ । हेरौं/सुनौं भिडियो –