भूमि सम्बन्धी आठौं संशोधन विधेयक २०७५ आज २०७६ भाद्र ३ गते संघीय प्रतिनिधिसभाबाट स्वीकृत भएको छ। सो विधेयकका सम्बन्धमा कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिको प्रतिवेदनको क्रमसंख्या १ देखि १० सम्म उल्लेखित संशोधनसहित प्रतिनिधिसभाबाट सर्वसम्मतिले स्विकृत भएको हो । सो विधेयकलाई भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको प्रतिवेदन सहितको भूमि सम्बन्धी (आठौं संशोधन) विधेयक २०७५ माथि छलफल गरियोस् भनी संसदमा प्रस्ताव प्रस्तुत गर्नुभएको थियो। त्यस अवसरमा विधेयकमाथि सांसदहरूले उठाएको प्रश्नको जवाफ दिँदै सांसदहरूले दिएका सुझावहरूलाई ध्यानमा राखेर नियमावलीमार्फत ती सुझावहरू समेटेर अझ परिस्कृत बनाइने मन्त्री अर्यालले बताउनुभयो । यस्ताे छ विधेयकको पूर्णपाठ
भूमि सम्बन्धि ऐनको आठौं संशोधन