Date
बुध, असार ४, २०८२
Wed, June 18, 2025
Wednesday, June 18, 2025
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
  • लग - इन
  • दर्ता गर्नुहोस्
Nepal Readers
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
Nepal Readers
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्

जनयुद्धको बिद्रुपिकरण र स्तुतिकरण दुवै गलत

जनयुद्धको महिमामण्डन वा स्तुतिकरण र विद्रुपिकरण वा उपेक्षा दुवै घातक एवं अतिवादको पराकाष्ठा हुन्। शोषित, उत्पीडित र परिवर्तनकामीलाई चालक शक्तिको काम गर्ने यस्ता युद्धहरूको सम्झना नवीन संघर्षमा दायित्व निर्वाह गर्न संकल्प पर्व वा उत्सवको रूपमा मनाऔं, उन्माद वा बहिष्करणको रूपमा होइन।

प्रेम गैरे 'क्वान्टम' प्रेम गैरे 'क्वान्टम'
फाल्गुन २, २०८०
- राजनीति, विमर्शका लागि
A A
0
  •  shares
  • Facebook
  • Twitter
  • WhatsApp
  • Gmail
  • Viber
  • Messenger

    जनयुद्धको पृष्ठभूमि
    सन् १९४० को मध्यताका सकिएको दोस्रो विश्वयुद्धको परिघटनाले नेपालको दक्षिणी बेलायती साम्राज्य र उत्तरी जापानी साम्राज्य गर्ल्यामगुर्लुम ढले। यही क्रममा भारतीय स्वतन्त्रता संग्राम अर्थात् लोकतान्त्रिक धारा एवं चिनियाँ सर्वहारा सांस्कृतिक क्रान्ति अर्थात् जनवादी धाराको विचारबाट चलायमान जनशक्ति नेपाली भूमिमा बलशाली बन्ने क्रम तीव्र हुँदै गयो। फलस्वरूप, यिनै शक्तिहरूको सचेतन प्रयत्नका कारण नेपालमा पनि वि.सं.२००७ मा पहिलो ऐतिहासिक जनआन्दोलन सम्पन्न भयो, जसको तागतले अंग्रेज साम्राज्यवादको र्‍याल सिँगानले पालित पोषित, तर मक्किँदै गएको क्रूर जहानियाँ राणा शासन एकै निमेषमा ध्वंस हुन पुग्यो।

    राणाहरूसँग सम्झौता होइन, क्रान्ति र राजालाई फालेर सामन्तवाद निमिट्यान्न पार्दै नेपाललाई गणतन्त्रात्मक राष्ट्र निर्माणको प्रक्रियामा डोर्‍याउनु पर्छ भन्ने कार्यदिशासहित पुष्पलालहरूको समूह अगाडी बढेको इतिहास हामीसामु छ। पुष्पलाल समूहबाट अलग भएको रुपलाल विश्वकर्माको समूह र विद्यार्थी आन्दोलनबाट विकास भएका युवाहरू शशी शेरचन (सोनाम साथी) लगायतको पार्टी ‘सर्वहारावादी कम्युनिस्ट लिग (भूमिगत समूह)’ को एकताले अनन्त: वि.सं.२०३८ सालमा ‘सर्वहारावादी श्रमिक संगठन,नेपालको निर्माण हुन पुग्यो। यही पार्टीले नेपालको इतिहासमा पहिलो पटक चिनियाँ मोडेलअनुसार दीर्घकालीन जनयुद्धमार्फत नौलो जनवादी क्रान्ति सम्पन्न गर्ने कार्यदिशा तय गर्दै दस्ताबेजिकरण गरेको थियो।

    सो दस्ताबेजअनुसार “गाउँले क्षेत्रमा आधार इलाका कायम गरी गाउँद्वारा शहरलाई घेरा हाल्दै दीर्घकालीन जनयुद्ध”द्वारा नौलो जनवादी क्रान्ति सम्पन्न गर्ने भन्ने रणनीतिक कार्यक्रम तय गरेको पाइन्छ। सोही सशस्त्र संघर्ष संचालनका निम्ति वि.सं. २०४१ सालको असार मसान्तमा “पुर्तिघाट मनि एक्सन” काण्ड समेत घटाइएको थियो जुन पूर्ण रूपमा सफल हुन सकेन। २०४८ सालमा नेकपा (एकता–केन्द्र) को चितवनमा सम्पन्न ‘एकता महाधिवेशन’ ले प्रचण्ड समूहद्वारा प्रस्तावित ‘माओवाद र दीर्घकालीन जनयुद्धको कार्यदिशा’ पास गरेको थियो। त्यसै गरी, २०५१ सालमा प्रचण्डको नेतृत्वमा रहेको नेकपा एकता–केन्द्रको तेस्रो विस्तारित बैठकले ‘नयाँ जनवादी क्रान्तिको राजनीतिक तथा फौजी कार्यदिशा’ निर्माण गर्दै पार्टीको नाम समेत परिवर्तन गरी ‘नेकपा माओवादी’ नामकरण गरिएको थियो।

    २०५२ साल माघ २२ गते नेकपा (माओवादी) द्वारा देउवा सरकारलाई ४० बुँदे मागसहितको ज्ञापन पत्र प्रस्तुत गर्दै सो मागहरू पुरा नभए आफ्नो पार्टी जनयुद्धमा जाने निर्णय गरेको थियो। परिणामतः उक्त मागहरू सम्बोधन नभइसकेपछि ‘प्रतिक्रियावादी राज्यसत्ता ध्वस्त गर्दै नयाँ जनवादी राज्यसत्ता पुनर्स्थापना जनयुद्धको बाटोमा अघि बढौं’ भन्ने नाराका साथ फागुन १ गते नेकपा (माओवादी)द्वारा प्रचण्डको नेतृत्वमा जनयुद्धको घोषणा भएको थियो।

    जनयुद्धले हल्लाएका असमान सत्ता

    वर्गीय सत्ता
    जङ्गबहादुर राणाको बेलायत यात्राको समयलाई नेपालको सन्दर्भमा ‘पुँजीवाद’ भित्रिएको मान्न सकिन्छ। तर सामन्तवादको जब्बर व्यवस्थाले नेपाली समाज आक्रान्त एवं भयभीत अवस्थामा गुज्रिएको पाइन्छ। सो कालखण्डमा प्रमुख उत्पादक शक्तिको रूपमा रहेको जमिन कथित उच्च जातका निश्चित शासक वर्गको कब्जामा रहेको हुँदा आम जनता गरिबी र अभावको कष्टसाध्य दासत्वको जीवन बिताउन बाध्य थिए। राणा,पंचायत (राजा) हुँदै ०४६ को बहुदलीय व्यवस्थाले पनि वर्गीय सत्ता ढलमलाएको स्थिति थिएन। जब जनयुद्धको प्रारम्भ भयो, हुँदा खाने वर्गको हातमा थमाइएको हतियारले हुने खाने वर्गको सत्तालाई चुनौती दियो।

    पितृसत्ता
    नेपालको इतिहासमा महिलाले घरको घेरो लत्त्याउँदै बन्दुकप्रति लैस हुँदै पितृसत्तालाई धावा बोलेको पहिलो र क्रान्तिकारी क्षण थियो जनयुद्ध। हजारौं वर्षसम्म पुरुषको पैतालामुनि बसेर खुट्टाको जल खान बाध्य महिलासमेत “हामी पनि तिमिहरू समान छौं र हौं” भन्ने दुस्साहस भर्ने काम र समतामूलक समाजको विचार बीजारोपण गर्ने बल जनयुद्धले पैदा गरेको हो।

    धार्मिक सत्ता
    ‘नेपाल हिन्दू राष्ट्र हो’ भन्ने भाष्य र मानक नेपाली समाजमा गहिरो गरी स्थापित गरी बसेको धार्मिक सत्तालाई यस युद्धले धरमराउने स्थितिमा पुर्‍याइदियो। अल्पसंख्यक विभिन्न अन्य धर्मावलम्बीले पनि यो राज्य मेरो पनि हो भन्ने महसुस गर्न पाउने स्थिति जनयुद्धले नै गराइदिएको हो। राजालाई कुनै देउताको अवतार, कथित अछुतलाई मन्दिरमा निषेधलगायतका धर्म आधारित उत्पीडन र गलत बुझाइलाई क्रान्तिकारीहरूको बलशाली हस्तक्षेपले पाखा लगायो।

    जात व्यवस्थापक सत्ता
    हजारौं वर्षसम्म जातजन्य उत्पीडनबाट प्रताडित दलित समुदाय र उत्पीडित राष्ट्र(आदिवासी जनजाति)ले आआफ्नो आर्थिक, राजनैतिक र सांस्कृतिक अधिकारको प्रत्याभूति गर्दै गुमेको पहिचान र अस्तित्वको उत्खनन र उन्नयन गर्ने मौका जनयुद्धको निरन्तर संघर्ष र प्रशिक्षणले प्रदान गरेको हो। विशेष गरी अन्तरजात-जाती विवाह, जनसेना वा जनसरकारमा जनजाति र दलितको उच्च ओहोदामा जिम्मेवारी आदि अभ्यास संस्कृतिले सदियौंदेखि खोसिएको खास जातिहरूको आत्मसम्मान र आत्मबललाई प्रबलीकरण गर्न मुख्य भूमिका खेलेको जगजाहेर नै छ।

    – प्रेम गैरे ‘क्वान्टम’

    क्षेत्रीय सत्ता
    पहाडिया अन्धराष्ट्रवादले निर्देशित र काठमाडौँ केन्द्रित राज्यसत्तालाई अनागरिक मानिने मधेशी साथै उपेक्षित ठानिने कर्णाली, सेती र महाकालीका क्रान्तिकारी एवं परिवर्तनकामी जनताको स्वाभिमान उत्थानमा जनयुद्ध सहायक भयो। क्षेत्रीय उत्पीडनबाट त्रस्त र घाइते उत्पीडितहरूको शिर उँचो हुँदा नेपाल आज समृद्ध हुने दिशामा अघि बढेको छ।

    रुढीवादी सत्ता
    अन्धविश्वास, रुढी र कुसंस्कारको व्याप्ततामा रुमल्लिएको नेपाली समाजमा गरिब महिलालाई बोक्सी, कालो रङलाई अशुभ, महिलालाई ‘अमान्छे’, पुरुषलाई सर्वश्रेष्ठ ठानिन्थ्यो। पुनर्जन्म, कर्मफलवाद र भाग्यवादमा समाज लिप्त थियो। जनयुद्धको शक्तिशाली आँधीहुरीले अधिकांश जडता र अन्धताबिरूद्ध प्रहार गरियो। यद्यपि, सांस्कृतिक रूपान्तरण आफैंमा जटिल विषय भएकाले यो कार्यभार पुर्णरुपमा सम्पन्न भएको भने छैन।

    साम्राज्यवादी सत्ता
    दोस्रो विश्वयुद्धपश्चात् सर्वशक्तिमान् बन्न पुगेको अमेरिकी खेमाले संसारभर हालका दशकमा साम्राज्यवादी वितण्डा मच्चाइरहेकै छ। त्यसैको फेरो समातेर भारतीय विस्तारवादले पनि बेला मौकामा हाम्रो स्वाधीनतामाथि सिङ्गुरी खेल्छ। चिनियाँ शक्तिको मौन, तर हस्तक्षेपकारी रणनीतिले नेपाल शान्त छैन। त्यसैले यी सबै क्रियाकलापविरुद्ध आवाज बुलन्द बनाउँदै प्रतिरोधमा उत्रने विचार निर्माण गर्नमा सशस्त्र जनयुद्धले अहम् भूमिका खेलेकै हो।

    निष्कर्ष
    हाल नेपालमा संघिय लोकतान्त्रिक गणतन्त्रात्मक राज्य व्यवस्था अभ्यासमा छ। विभिन्न समाजवादी एवं लोकतान्त्रिक विचारधारा र मनोविज्ञानको साझा वैचारिक खिचडीको रूपमा यो व्यवस्था निर्माण गरिएको हो। विद्रोही पक्षले जनयुद्ध सम्पन्न नगरीकन युद्ध विराम गरेर ‘विस्तृत शान्ति सम्झौता’मा आइपुगेकोले अपेक्षित र अत्यावश्यक जनसरोकारका मुद्दा अझै हल भइसकेको छैन। कुनै पनि संविधानको चिहानमा अर्को नयाँ संविधानको जन्म हुन्छ भनेझैं युग चेत र तात्कालिक परिस्थितिले माग गरेको सामाजिक व्यवस्था निर्माणार्थ स्वतःस्फूर्त रूपमा नवीन क्रान्तिको आवश्यकता र आह्वान युगौंयुगसम्म भई नै रहनेछ। अन्तर्विरोध, अन्तरसंघर्ष, क्रान्ति र युद्धहरू चली नै रहनेछन्, किनकि यो विज्ञानसम्मत छ। पश्चगामी र यथास्थितिवादीको रोइलोले अग्रगामी र क्रान्तिकारीले माथापच्चि गर्नु आवश्यक छैन। साथै प्रगतिशीलहरूले पनि घटित युद्धहरूको अतिरंजनामा लिप्त हुनु ठिक होइन।

    अतः जनयुद्धको महिमामण्डन वा स्तुतिकरण र विद्रुपिकरण वा उपेक्षा दुवै घातक एवं अतिवादको पराकाष्ठा हुन्। शोषित, उत्पीडित र परिवर्तनकामीलाई चालक शक्तिको काम गर्ने यस्ता युद्धहरूको सम्झना नवीन संघर्षमा दायित्व निर्वाह गर्न संकल्प पर्व वा उत्सवको रूपमा मनाऔं, उन्माद वा बहिष्करणको रूपमा होइन।

    •  shares
    • Facebook
    • Twitter
    • WhatsApp
    • Gmail
    • Viber
    • Messenger
      प्रेम गैरे 'क्वान्टम'

      प्रेम गैरे 'क्वान्टम'

      Related Posts

      ७७औं वर्षमा नेकपा: नेतृत्वसम्बन्धी जनवादी विधि अभ्यास नहुँदा गल्दै वामपन्थी दलहरु

      ७७औं वर्षमा नेकपा: नेतृत्वसम्बन्धी जनवादी विधि अभ्यास नहुँदा गल्दै वामपन्थी दलहरु

      विश्वबन्धु भण्डारी
      बैशाख ९, २०८२

      नेपाल कम्युनिष्ट पार्टी वि.सं. २००६ साल वैशाख १० गते तदनुसार २२ अप्रिल १९४९ मा भारतको कलकत्तामा स्थापना भएको हो। आजको...

      नेकपामा विभाजनको कारक डा. रायमाझी

      नेकपामा विभाजनको कारक डा. रायमाझी

      विश्वबन्धु भण्डारी
      फाल्गुन १८, २०८१

      नेपाल कम्युनिष्ट पार्टी स्थापनाको १३ बर्ष पुग्दानपुग्दै २०१९ सालमा वनारसमा भएको तृतीय महाधिवेशनबाट औपचारिक रुपमा पार्टी विभाजन हुन पुगेको थियो।...

      हँसिया हथौडाको झन्डा र पुष्पलालको तस्विर अङ्कित ब्यानरमा कम्युनिस्ट भेला

      हँसिया हथौडाको झन्डा र पुष्पलालको तस्विर अङ्कित ब्यानरमा कम्युनिस्ट भेला

      विश्वबन्धु भण्डारी
      मंसिर ११, २०८१

      नेपालमा विभिन्न समयमा कम्युनिस्ट आन्दोलनमा योगदान गरेकाहरूको भेला आयोजना गर्ने सन्दर्भममा काठमाडौँमा वि.सं. २०७९ कार्तिक केशरमणि पोखरेलको निधनमा श्रद्धाञ्जली तथा...

      गण्डकीमा वामपन्थी ज्येष्ठ नागरिक मिलन कार्यक्रम सम्पन्न

      गण्डकीमा वामपन्थी ज्येष्ठ नागरिक मिलन कार्यक्रम सम्पन्न

      नेपाल रिडर्स
      मंसिर १०, २०८१

      (पञ्चायती शासन कालमा नेपालमा नयाँ जनवादी क्रान्तिका माध्यमबाट समाज परिवर्तन गर्न विभन्न कम्युनिष्ट पार्टीमा स‌गठित भएर वा स्वतन्त्र रुपमा सक्रिय...

      कस्तो अर्थतन्त्र कस्ता नीतिः हरि रोकाको वैकल्पिक प्रस्ताव

      कस्तो अर्थतन्त्र कस्ता नीतिः हरि रोकाको वैकल्पिक प्रस्ताव

      नेपाल रिडर्स
      मंसिर ६, २०८१

      हरि रोका यो समयका सबैभन्दा सक्रिय मध्येका एकजना सार्वजनिक वौद्धिक व्यक्तित्व हुन्। उनलाई पाठकहरुले तिस वर्षअघिदेखि पढ्दै आएका छन्। यस...

      कम्युनिष्ट आन्दोलनमा बिताएका बर्षहरु : रामराज रेग्मी

      कम्युनिष्ट आन्दोलनमा बिताएका बर्षहरु : रामराज रेग्मी

      नेपाल रिडर्स
      मंसिर ३, २०८१

      कम्युनिस्ट आन्दोलनमा ५५ वर्ष विभिन्न भूमिकामा सक्रिय रहेर काम गरेका, हेडसर, नेता र लेखक रामराज रेग्मीसँग झलक सुवेदीले गरेको संवाद...

      Leave a Reply Cancel reply

      Your email address will not be published. Required fields are marked *

      सिफारिस

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?
      विचार

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?

      प्रा. चैतन्य मिश्र
      मंसिर ६, २०८०

      थप पढ्नुहोस्Details
      महङ्गीबारे रहस्यमय मौनता
      समाज

      महङ्गीबारे रहस्यमय मौनता

      नरेश ज्ञवाली
      कार्तिक १४, २०८०

      थप पढ्नुहोस्Details
      भारतीय समाजको नाजीकरण भइसक्यो!
      विचार

      भारतीय समाजको नाजीकरण भइसक्यो!

      अरुन्धती रोय
      कार्तिक ११, २०८०

      थप पढ्नुहोस्Details
      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!
      विचार

      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!

      नालेदी पान्दोर
      कार्तिक १०, २०८०

      थप पढ्नुहोस्Details

      सामाजिक सञ्जालमा पुग्नुहोस्

      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • हाम्रो बारे

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.

      Welcome Back!

      गुगल मार्फत साइन इन गर्नुहोस्
      Sign In with Linked In
      वा

      Login to your account below

      Forgotten Password? Sign Up

      Create New Account!

      गुगल मार्फत साइन अप गर्नुहोस्
      Sign Up with Linked In
      वा

      Fill the forms bellow to register

      All fields are required. Log In

      Retrieve your password

      Please enter your username or email address to reset your password.

      Log In

      Add New Playlist

      नतिजा छैन
      सबै नतिजा हेर्नुहोस्
      • राजनीति
      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • मल्टिमिडिया
      • ब्लग

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.