Date
शनि, जेष्ठ ४, २०८२
Sat, May 17, 2025
Saturday, May 17, 2025
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
  • लग - इन
  • दर्ता गर्नुहोस्
Nepal Readers
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
Nepal Readers
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्

आममानिसले इन्टरनेट मार्फत सिआईएलाई सूचना दिँदैछन्: जुलियन असान्ज

पत्रपत्रिकाबाट पत्रपत्रिकाबाट
पुस ६, २०८०
- अन्तर्वार्ता, विमर्शका लागि
A A
0
  •  shares
  • Facebook
  • Twitter
  • WhatsApp
  • Gmail
  • Viber
  • Messenger

    अमेरिकी सरकारका अतिगोप्य दस्तावेजहरुको खुलासा गरिदिएपछि विकिलिक्सका संस्थापक तथा प्रधानसम्पादक जुलियन असान्ज यतिबेला अमेरिकाको ‘मोस्ट वान्टेड’ सूचीको शिर्षमा छन्। अमेरिकासहित विश्वभर बदनाम अमेरिकी गुप्तचर संस्था सेन्ट्रल इन्टेलिजेन्स एजेन्सी (सीआईए) ले यसअघि कयौँ पटक असान्जलाई पक्रन, अपहरण गर्न वा हत्या गर्न प्रयास गरिसकेको छ। लामो समय लण्डनस्थित इक्वेडरको दुतावासमा शरण लिएर बसेका उनी सन् २०१९ देखि लण्डनको बेलमार्स जेलमा छन्। उनै असान्जसँग डेमोक्रेसी नाउ (Democracy Now) की सम्पादक एमी गुडमनले इक्वेडरको दुतावास भित्र गएर सन् २०१४ मा कुराकानी गरेकी थिइन्। गोपनीयता सम्बन्धी कानूनको उल्लंघन गरेको आरोपमा विभिन्न देशमा मुद्दा खेपी रहेका असान्जको ‘साइवरपंक्सः फ्रिडम एन्ड दि फ्युचर अफ दि इन्टरनेट’ पुस्तक पनि प्रकाशित छ।

    तपाईंले आफ्नो पुस्तकमा इन्टरनेटलाई मानव सभ्यताका लागि खतरापूर्ण आविष्कार भन्नु भएको छ। यसलाई तपाईं कसरी व्याख्या गर्नुहुन्छ?
    मानव सभ्यता इन्टरनेटसँग पुरै एकाकार भएको छ। प्रत्येक समाजमा इन्टरनेटको चलन छ। दुई व्यक्तिबीच, ब्यक्तिगत अथवा ब्यापारिक सम्वादका लागि तथा दुई राष्ट्रबीच पनि सम्वाद सम्प्रेषणका लागि पनि इन्टरनेटको प्रयोग गर्ने गरिएको छ। त्यसैले इन्टरनेट र विश्व सभ्यताबीच अब कुनै अन्तर रहेन। यसको अर्थ यदि इन्टरनेटमा कुनै रोग लाग्यो भने विश्व सभ्यता पनि त्यो रोगबाट ग्रस्त हुने खतरामा छ।

    इन्टरनेट पछिल्लो १० बर्षमा जसरी विभिन्न रोगबाट ग्रस्त हुन पुगेको छ, त्यसको परिणाम स्वरुप कयौँ राष्ट्र–राज्य र तिनका शक्तिशाली कर्पोरेट घरानीयाहरु जबरजस्त गिरोहका रुपमा देखा पर्न थालेका छन्। र, तिनीहरुले इन्टरनेटलाई प्रयोग गरेर देश बाहिर र देश भित्र आदान–प्रदान गरिने सूचनालाई केही मुलुकहरुको सहयोगले पूर्ण रुपमा नियन्त्रण गर्दै त्यसको जासुसी गर्दैछन्। त्यस्ता देशहरुमा अमेरिका सबै भन्दा अगाडि छ । कयौँ विषयमा जस्तै मार्क क्लेन हुन् वा विलियम बिन्नी नै किन नहुन्, ती ‘व्हिसल ब्लोअर’लाई निकै अप्ठेरोको सामना गर्नु परेको छ। अहिले जे–जस्ता घटना भई रहेका छन् आज भन्दा १०–२० बर्ष पहिले त्यस्तो हुँदैनथ्यो। सरकारले गरेका गलत कामको खुलासा गरेकै कारण साईबर जासुसी गरेको भन्दै उनीहरुले प्रताडना बेहोर्नु पर्दैनथ्यो।

    हामी कुनै राजनीतिक गतिविधिमा सम्लग्न छौँ र आफ्ना सम्पर्क सुत्रसँग सम्वादका लागि इन्टरनेटलाई माध्यम बनाई रहेका छौँ (जुन स्वभाविक हो) भने हामी धेरै सजिलो गरी राज्यको निगरानीमा छौँ भन्दा हुन्छ। र, त्यसको मारमा हाम्रा नजिकका साथीहरु पनि पर्न सक्छन् । हामीले केही बर्षअघि ‘स्काई फाइल्स’ नामका केही दस्तावेज सार्वजनिक गर्‍यौँ, जसमा तपाईं धेरै जानकारी पाउन सक्नु हुन्छ। तिनै दस्तावेजबाट आम मानिसले के थाहा पाए भने ‘एमिसिस’ नामक फ्रान्सको एउटा कम्पनीले सन् २००९ मा इन्टरनेटबाट जासुसी गर्नका लागि तयार पारेको एउटा सफ्टवेयर सिस्टम लिबियाका मुअम्मर गद्दाफीलाई बेचेको थियो। एमिसिसको गहिरो सम्बन्ध फ्रान्सको गुप्तचर विभागसँग रहेको छ। भनी रहनु परेन, गद्दाफीले त्यो सफ्टवेयर आफ्ना विरोधीको जानकारी बटुल्नका लागि लिएका थिए।

    कर्पोरेट हाउसको गुप्तचरीको कुरा छोडिदिने हो भने पनि यतिबेला मिडियाहरुले सोसल नेटवर्कको निकै प्रयोग गर्ने गर्छन्। कुन हदसम्म नीजि, कर्पोरेट अथवा सरकारी गुप्तचरी हुँदैछ?
    आज कर्पोरेट गुप्तचरी र सरकारी गुप्तचरीबीच कुनै भेद बाँकी छैन। तपाईंलाई थाहा छ– फेसबुकको सर्वर अमेरिकामा छ र जेम्स पेट्रासले भनेझै जीमेलको सर्वर पनि अमेरिकामै छ। अमेरिकी गुप्तचर एजेन्सी र पश्चिमा देशका अन्य गुप्तचर एजेन्सीहरुलाई यो ह्याक गर्न कति सजिलो छ भन्ने तपाईंले बुझ्नु भयो होला। यो अवस्थालाई अब तपाईं केही दशक अघिको अवस्थासँग तुलना गरी हेर्नुस्। असाध्यै नराम्रो अवस्थामा पनि पूर्वी जर्मनीमा मुस्किलले १० प्रतिशत त्यस्ता व्यक्ति थिए होलान्, जसले सरकारको इनफर्मर (सूचनाबाहक) का रुपमा काम गरे होलान्। तिनले कति सूचना संकलन गर्न सक्थे त?

    तर, आज आइसल्याण्डमा फेसबुक मार्फत हामी ८८ प्रतिशत मानिसको सबै सूचना लिन सक्छौँ। ८८ प्रतिशत यस्ता मानिस छन्, जसले आफ्ना विभिन्न मित्रलाई कुन दिन कहाँ गएँ, कुनै अमूक व्यक्तिसँग कस्तो सम्बन्ध छ आदि सबै भन्ने गर्छन्। त्यसो त उनीहरु आपसमा कुरा गरिरहेका हुन्छन् तर सबै सूचना गुप्तचर विभागको टेबलमा सित्तैमा पुग्छ। पहिले यस्ता सूचनाका लागि कि त पैसा खर्चिनु पर्थ्यो कि बल प्रयोग गर्नु पर्थ्यो। आजका दिन आम मानिस यी सबै सूचना समाजदेखि अलग–थलग हुन नपरोस् भनेर सार्वजनिक गर्दैछन्। तर, पछिल्लो समय के भई रहेको छ भनेर आम मानिसले बुझ्नु जरुरी छ। जुन सूचनाका लागि गुप्तचर विभागले पहिले लाखौँ डलर खर्च गर्नु पर्थ्यो, आममानिस ती सूचना सीआईएलाई सित्तैमा दिँदैछन्। आम मानिस यी कुरा बुझ्दैछन् भन्ने पनि लाग्दैन।

    आजका दिनसम्म आईपुग्दा कस्तो भइसक्यो भने संसारभरका एजेन्सीहरु एबीआईसँग आफ्नो सम्बन्ध स्थापित गर्दैछन्। केका लागि भन्दा– ती सबै सूचना हासिल गर्नका लागि। अमेरिकाको नेसनल सेक्युरिटी एजेन्सी (एनएसए) का व्हिसल ब्लोअर विलियम बिनी यस्तो परिस्थितिबारे भन्छन्– आज हामी एउटा ‘अधिनायकवाद’ को स्थितिमा छौँ। भन्नुको अर्थ तानाशाही व्यवस्थाको सम्पूर्ण जोरजाम मिलाई सकिएको छ। अर्थात कार तयार छ। कारको इन्जिन र कार्बोरेटर पनि तयारी अवस्थामा छ। मात्र अब साँचो घुमाउनु पर्नेछ। तर, जब तपाईं विकिलिक्स माथि गरिएको हमलालाई मिहिनढंगले हेर्नु हुन्छ, अनि बल्ल तपाईंलाई थाहा हुन्छ– साँचो त घुमाई सकिएको छ।

    मानव सभ्यता र इन्टरनेटको सम्बन्धबारे तपाईंले आफ्नो पुस्तकमा उल्लेख्य प्रकाश पार्नु भएको छ। यसमा अझै केही थप्न चाहनु हुन्छ कि?
    मैले पुस्तकमा सभ्यताको जम्काभेट जब इन्टरनेटसँग हुन्छ तब कसरी इन्टरनेटले सभ्यतालाई नियन्त्रित गर्छ भनेको छु। अहिलेको स्थिति कस्तो छ भने जब कुनै सत्तालाई अप्ठेरो पर्छ उसले कुनै पनि समय, कुनै पनि साईड सम्बद्ध सर्वरलाई कान निमोठेर तैँले यसो गर भनेर आदेश दिन सक्छ। एउटा नयाँ अन्तर्राष्ट्रिय सभ्यताका रुपमा जब हामी इन्टरनेटलाई एउटा फोरमका रुपमा हेर्छौँ, जहाँ संसारभरीबाट मानिस आफूलाई बौद्धिक धरातलमा अभिव्यक्त गर्छन्, त्यस थलोमा राज्य शक्तिबाट दबाब आउन थाल्यो भने तपाईं त्यसलाई के भनेर बुझ्नु हुन्छ? हामीले आफ्नो इतिहास, राजनीतिक आदर्श र आफ्नो आकांक्षालाई अभिव्यक्त गर्दैगर्दा राज्यको दबाब आई पुग्नुलाई ठिक भन्ने कि बेठिक?

    यसरी हामी के निष्कर्षमा पुग्छौँ भने हाम्रो बौद्धिक जगत सजिलो गरी सेन्सरसिपको शिकार भइरहेको छ। जहाँसम्म इन्टरनेटको कुरा हो, यो भौतिक सत्ता होइन, जहाँ पुलिस लगाउनु परोस्। त्यसकारण इन्टरनेटको सामना गर्न सेना लगाउनु नपर्ने हो। त्यसैले हामीले क्रिप्टोग्राफी (गुप्त भाषाको विज्ञान) को सावधानीपूर्वक प्रयोग गर्न सक्यौँ भने आफ्नो बौद्धिक दस्तावेज तथा एक–आपसमा हुने कुराकानीलाई केही हदसम्म स्वतन्त्र बनाउँन सक्छौँ। हामीले विकिलिक्समा क्रिप्टोग्राफीको विविध स्तरको सफलतापूर्वक प्रयोग गरेका छौँ।

    दुई बर्ष भन्दा धेरै समयदेखि कैदमा रहेपछि ब्राड्ले मैनिङले शायद आज आफ्नो बयान दिन्छन् होला। मैनिङ माथि विकीलीक्सलाई हजारौँ गोप्य दस्तावेज प्रदान गरेको आरोप छ, जसले अमेरिकी सुरक्षा संवेदनशिलता माथि चुनौती खडा गर्‍यो। उनी माथि २२ वटा अत्यन्त गम्भीर प्रकृतिका आरोप लगाइएको छ। ती मध्ये कुनै पनि मुद्धामा सजायँ भएमा उनलाई आजीवन जेल सजायँ हुनसक्छ। मैनिङका बारेमा केही कुरा राख्दै के पनि स्पष्ट पारी दिनुस् भने अमेरिकामा सुपर्दगी गर्ने बिषयलाई लिएर तपाईं यति चिन्तित किन हुनुहुन्छ?
    यसै हप्ता जे–जस्ता उतार–चढावहरु भएका छन् ती हेर्दा लाग्छ ब्रैडले मैनिङ माथि नभई अमेरिकी सेनामाथि मुद्दा चलिरहेको छ। मैनिङलाई बगदादमा गिरफ्तार गरिएको थियो। त्यहाँबाट उनलाई पानी जाहाजबाट कुवेत पठाइयो, जहाँ उनलाई दुई महिनासम्म भयानक स्थितिमा राखियो। फेरि भर्जिनियाको केन्टिको पठाइयो, जुन अमेरिकी गुप्तचर केन्द्रको नजिक छ। त्यहाँ उनलाई नौ महिना राखियो। त्यहाँ राखिएका कैदीहरु मध्ये उनलाई नै सबै भन्दा लामो समय त्यहाँ राखिएको थियो भन्ने ठानिन्छ। त्यहाँ उनलाई धेरै यातना दिइयो।

    प्रश्न के हो भने उनलाई त्यस्तो व्यवहार किन गरियो? उनले जे कुरा भने ती धेरै स्वतन्त्र मनोवैज्ञानिक, सैनिक मनोवैज्ञानिकले भनी सकेका छन्। मैनिङका वकिल र उनको टोलीका अन्य सदस्यहरुले उनलाई यातना दिएरै बोल्न बाध्य बनाइएको आरोप लगाएका छन्। संस्थाका रुपमा विकिलिक्सलाई र व्यक्तिगत रुपमा मलाई फसाउनका लागि उनलाई यातना दिइयो। वास्तवमा अमेरिका हामीलाई जुनसुकै मूल्यमा नोक्सान पुर्‍याउन चाहन्छ। त्यसैले मैनिङ हामी विरुद्ध बोलुन् भनेर उनलाई दबाब दिइदैछ।

    म तपाईं समक्ष अर्को कुरा पनि भन्न चाहन्छु। गत हप्ता युरोपियन संसदमा एउटा प्रस्ताव पारित गरिएको छ। उक्त प्रस्तावमा बैंकिङ व्यवस्था र क्रेडिट कार्ड कम्पनीहरुलाई आफ्नो कार्य प्रणालीमा सुधार गर्न भनिएको छ। उनीहरुले विकिलिक्सको हकमा जे गरे त्यसै गरी जो सुकैको खाता पनि ब्लक गर्न सकियोस् भनेर काम गर्न लगाएका छन्। काउन्सील अफ युरोपका ४७ विदेशमन्त्रीले गत वर्ष यस्तै आसयको एक प्रस्ताव पारित गरेका थिए।

    बैंक रोक्काको कारवाहीले तपाईंलाई कस्तो असर पर्‍यो ?
    बैंकहरुले दिसम्बर २०१० मा हामी विरुद्ध कारबाही गरेका थिए। त्यसयता हालसम्म विकीलीक्सको खातामा आउने गरेको चन्दाको ९५ प्रतिशत रकम हामीले प्राप्त गर्न सकेका छैनौँ। त्यो रकम ५ करोड डलर भन्दा माथि हुन आउँछ। राम्रो कुरा के हो भने ५ करोड डलरको ५ प्रतिशत रकम पनि कम महत्वपूर्ण रकम होइन। अमेरिकी सरकारले २०११ को पहिलो महिनादेखि नै हाम्रो खातामा आँखा गाडी रहेको थियो। तर, उनीहरुसँग विकिलिक्सलाई आर्थिक नाकाबन्दी लगाउने कुनै कानूनी आधार थिएन।

    ‘स्ट्रेटफोर’ र जेर्मी हैमन्डका बारेमा पनि बताउनुस् न जो हाल न्युयोर्क जेलमा छन्। यसका साथै यी दस्तावेजहरु कहाँबाट फेला पार्नु भयो भन्ने पनि बताई दिनुस् न।
    ‘स्ट्रेटफोर’ एउटा संगठन हो। यो टेक्सासमा छ। उ मूलतः ‘प्राईभेट इन्टेलिजेन्स एजेन्सी’ हो। उसले आफ्नो संगठनलाई त्यसरी प्रस्तुत गर्छ मानौँ उनीहरु पत्रकारिता गरिरहेका छन्। त्यसैले उनीहरु ‘स्ट्रेटफोर रिपोर्ट’ नामको प्रतिवेदन पनि सार्वजनिक गर्ने गर्छन्, जुन अमेरिकी सेना र सरकारबीच प्रभावशाली छ। यसका प्रमुख फ्रायडमैन भन्छन्– हाम्रो राजनीति र दृष्टिकोण किसिन्जर शैलीको छ।

    उनीहरु सूचना चोरी गर्छन्। घुस खुवाएर सूचना हासिल गर्छन्। र, अनेकौँ विधि अपनाएर ओमेरिकी नीतिलाई प्रभावित गर्छन्। तपाईंलाई सुनेर आश्चर्य लाग्न सक्छ यसले कोका–कोला र मेटा जस्ता कयौँ कम्पनीका लागि भएभरका अनौँठा काम पनि गर्छ। यसले भोपाल ग्याँस काण्डका विरुद्ध रहेका सक्रिय मानिसका रिपोर्ट तयार गर्‍यो। तर, यसको सबैभन्दा महत्वपूर्ण विषय के हो भने सरकारमा बस्ने विभिन्न मानिसले लिने निर्णयलाई यसले प्रभावित पार्ने गरेको छ।

    विकीलीक्सलेसार्वजनिक गरेको स्ट्रेटफोरका इमेलमध्ये एउटामा भर्जिनियाको अलेक्जेन्ड्रीयामा आयोजित वैठकमा गुप्तचर विभागको जुरीले तपाईंको गुप्त रुपले निन्दा गरेको थियो भनेर यस संगठनका उपाध्यक्षले जानकारी दिए भनेर भनिएको छ। यसको अर्थ यसले विकीलीक्स र विकीलीक्ससँग जोडिएका व्यक्तिहरुका खिलाफ काम गरेको थियो। तपाईंसँग यसबारे केही जानकारी छ?
    स्ट्रेटफोरसँग मेरो र विकीलीक्ससँग सम्बन्धित झण्डै तीन हजार इमेल छन्। अमेरिकाको न्याय विभागले दुई हप्ता अघि नै यस विषयमा अनुसन्धान भई रहेको जनाएको थियो। यसै बर्ष २८ सेप्टेम्बरमा पेन्टागनले हाम्रा खिलाफ औपचारिक धम्कीलाई फेरी दोहर्‍याएको छ। निश्चित रुपमा यो गम्भीर विषय हो। उनीहरु हाम्रो स्रोत को थियो भन्ने जान्न चाहन्छन्। पेन्टागनले जुन नीति पालना गर्छ विकिलिक्स स्थापनादेखि नै त्यसलाई अपराध मान्ने गर्छ। पेन्टागन भन्छ– व्हिअकसल व्लोअर अगाडि आउन र सिधै सेना एवंम सरकारलाई आफ्ना कुरा भनुन्। पेन्टागन आफ्नो परिभाषालाई कानूनी व्यवस्थामा समावेश गर्न चाहन्छ। न्याय विभाग पनि यस विषयमा सकारात्मक छ। तर, यसको सोझो अर्थ के हो भने अमेरिका राष्ट्रिय सुरक्षा सम्बन्धी पत्रकारितालाई समाप्त पार्न चाहन्छ।

    डरलाग्दो कुरा के हो भने पेन्टागन यसलाई अमेरिकामा मात्रै नभएर आफ्नो सिमाना भन्दा बाहिर पनि लागू गर्न चाहन्छ। म यो कुरा के आधारमा भन्दैछु त? किनभने कुनै दस्तावेजलाई अमेरिकी सरकार गोप्य दस्तावेज मान्छ भने त्यसबारे कुनै पनि पत्रकारले समाचार लेखेर त्यसको कुनै अंश सार्वजनिक गरिदियो भने उ सजायको भागिदार हुनु पर्नेछ। अमेरिकी सरकारले त्यस्तो कामलाई जासुसी गरेको अर्थमा व्याख्या गर्नेछ र जुन व्यक्तिले पत्रकारलाई त्यो सूचना दिएको हो उसलाई दुस्मनसँग सम्पर्क गरेको मानिने छ।

    हामीले वायु सेनाको एक युवा सैनिक अधिकारीलाई आन्तरिक रुपमा दण्डीत गरिएको समाचार प्रकाशित गरेका थियौँ। ती महिलालाई हामीसँग सम्पर्क गरेको आरोप थियो। उनका विरुद्ध धारा १०४–डी अन्तर्गत मुद्धा चलाइएको छ। यो धारा दुश्मनसँग सम्बन्ध राख्नेहरुलाई लगाउने गरिन्छ। त्यसकारण प्रश्न के हो भने दुश्मन को हो? स्पष्ट रुपमा भन्दा दुश्मन विकीलीक्स हो, जसलाई विधिवत रुपमा अमेरिकाको दुश्मन भन्ने गरिन्छ।

    •  shares
    • Facebook
    • Twitter
    • WhatsApp
    • Gmail
    • Viber
    • Messenger
      पत्रपत्रिकाबाट

      पत्रपत्रिकाबाट

      Related Posts

      ७७औं वर्षमा नेकपा: नेतृत्वसम्बन्धी जनवादी विधि अभ्यास नहुँदा गल्दै वामपन्थी दलहरु

      ७७औं वर्षमा नेकपा: नेतृत्वसम्बन्धी जनवादी विधि अभ्यास नहुँदा गल्दै वामपन्थी दलहरु

      विश्वबन्धु भण्डारी
      बैशाख ९, २०८२

      नेपाल कम्युनिष्ट पार्टी वि.सं. २००६ साल वैशाख १० गते तदनुसार २२ अप्रिल १९४९ मा भारतको कलकत्तामा स्थापना भएको हो। आजको...

      नेकपामा विभाजनको कारक डा. रायमाझी

      नेकपामा विभाजनको कारक डा. रायमाझी

      विश्वबन्धु भण्डारी
      फाल्गुन १८, २०८१

      नेपाल कम्युनिष्ट पार्टी स्थापनाको १३ बर्ष पुग्दानपुग्दै २०१९ सालमा वनारसमा भएको तृतीय महाधिवेशनबाट औपचारिक रुपमा पार्टी विभाजन हुन पुगेको थियो।...

      हँसिया हथौडाको झन्डा र पुष्पलालको तस्विर अङ्कित ब्यानरमा कम्युनिस्ट भेला

      हँसिया हथौडाको झन्डा र पुष्पलालको तस्विर अङ्कित ब्यानरमा कम्युनिस्ट भेला

      विश्वबन्धु भण्डारी
      मंसिर ११, २०८१

      नेपालमा विभिन्न समयमा कम्युनिस्ट आन्दोलनमा योगदान गरेकाहरूको भेला आयोजना गर्ने सन्दर्भममा काठमाडौँमा वि.सं. २०७९ कार्तिक केशरमणि पोखरेलको निधनमा श्रद्धाञ्जली तथा...

      गण्डकीमा वामपन्थी ज्येष्ठ नागरिक मिलन कार्यक्रम सम्पन्न

      गण्डकीमा वामपन्थी ज्येष्ठ नागरिक मिलन कार्यक्रम सम्पन्न

      नेपाल रिडर्स
      मंसिर १०, २०८१

      (पञ्चायती शासन कालमा नेपालमा नयाँ जनवादी क्रान्तिका माध्यमबाट समाज परिवर्तन गर्न विभन्न कम्युनिष्ट पार्टीमा स‌गठित भएर वा स्वतन्त्र रुपमा सक्रिय...

      कस्तो अर्थतन्त्र कस्ता नीतिः हरि रोकाको वैकल्पिक प्रस्ताव

      कस्तो अर्थतन्त्र कस्ता नीतिः हरि रोकाको वैकल्पिक प्रस्ताव

      नेपाल रिडर्स
      मंसिर ६, २०८१

      हरि रोका यो समयका सबैभन्दा सक्रिय मध्येका एकजना सार्वजनिक वौद्धिक व्यक्तित्व हुन्। उनलाई पाठकहरुले तिस वर्षअघिदेखि पढ्दै आएका छन्। यस...

      कम्युनिष्ट आन्दोलनमा बिताएका बर्षहरु : रामराज रेग्मी

      कम्युनिष्ट आन्दोलनमा बिताएका बर्षहरु : रामराज रेग्मी

      नेपाल रिडर्स
      मंसिर ३, २०८१

      कम्युनिस्ट आन्दोलनमा ५५ वर्ष विभिन्न भूमिकामा सक्रिय रहेर काम गरेका, हेडसर, नेता र लेखक रामराज रेग्मीसँग झलक सुवेदीले गरेको संवाद...

      Leave a Reply Cancel reply

      Your email address will not be published. Required fields are marked *

      सिफारिस

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?
      विचार

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?

      प्रा. चैतन्य मिश्र
      मंसिर ६, २०८०

      थप पढ्नुहोस्Details
      महङ्गीबारे रहस्यमय मौनता
      समाज

      महङ्गीबारे रहस्यमय मौनता

      नरेश ज्ञवाली
      कार्तिक १४, २०८०

      थप पढ्नुहोस्Details
      भारतीय समाजको नाजीकरण भइसक्यो!
      विचार

      भारतीय समाजको नाजीकरण भइसक्यो!

      अरुन्धती रोय
      कार्तिक ११, २०८०

      थप पढ्नुहोस्Details
      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!
      विचार

      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!

      नालेदी पान्दोर
      कार्तिक १०, २०८०

      थप पढ्नुहोस्Details

      सामाजिक सञ्जालमा पुग्नुहोस्

      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • हाम्रो बारे

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.

      Welcome Back!

      गुगल मार्फत साइन इन गर्नुहोस्
      Sign In with Linked In
      वा

      Login to your account below

      Forgotten Password? Sign Up

      Create New Account!

      गुगल मार्फत साइन अप गर्नुहोस्
      Sign Up with Linked In
      वा

      Fill the forms bellow to register

      All fields are required. Log In

      Retrieve your password

      Please enter your username or email address to reset your password.

      Log In

      Add New Playlist

      नतिजा छैन
      सबै नतिजा हेर्नुहोस्
      • राजनीति
      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • मल्टिमिडिया
      • ब्लग

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.