सेल्फ केयरको नाममा उत्पादन हुने गरेका सौन्दर्य प्रशाधनका सामग्रीहरू मानिसको सुन्दरतामा निखार ल्याउनका लागि भन्दै प्रयोग गर्ने गरिन्छ। मानिसको छालालाई सुन्दर तथा मुलायम बनाउने, कपाल चम्किलो र लामो बनाउनेदेखि पूरै माहौल नै वास्नादार बनाउनेसम्मका दाबी गर्ने यी सौन्दर्य प्रशाधनहरूले पृथ्वीलाई भने कुरुप र ध्वस्त बनाउने काम गरिरहेका छन्। सुन्दरता र सेल्फ केयरको नाममा वैश्विक स्तरमै यी उत्पादनहरूको ठूलो बजार छ। आम मानिसदेखि खास व्यक्तिको घरमा यस्ता प्रशाधन सामग्रीहरूका रंगीन ट्युब्स तथा बोतलहरूको लाइन लागेको देखिन्छ।
डरलाग्दो तथ्य
मानिसको सुन्दरता र स्वच्छता बढाउने दाबी गर्ने यी उत्पादनहरूले प्रकृतिको सुन्दरता र स्वच्छतालाई भने बर्बाद पारिरहेका छन्। तीव्र रुपमा बढीरहेका सौन्दर्य प्रशाधनका उद्योग र तीबाट उत्पादन भएका प्लास्टिकजन्य फोहोरहरू आज विश्वकै एउटा ठूलो समस्याको रुपमा खडा भएको छ। एक आंकलनका अनुसार वैश्विक सौन्दर्य प्रशाधन उद्योगहरूबाट हरेक वर्ष १२० बिलियन युनिट प्याकेजिङ प्रोडक्टहरूको उत्पादन हुन्छ, जसमा अधिकांशलाई पुन प्रशोधन गर्न सकिँदैन। वैज्ञानिकहरूका अनुसार सन् २०५० सम्ममा यो धर्तीमा १२ बिलियन मेट्रिक टन प्लास्टिकजन्य फोहोर थुप्रिनेछन्।
सन् १९६० देखि ठूलो स्तरमा प्लास्टिकको उत्पादन सुरु भएको थियो। पूरै विश्वमा प्रयोग हुने प्लास्टिकको केवल ९ प्रतिशत मात्रै पुनः प्रशोधन हुने गर्छ। प्लास्टिक प्याकेजिङका टुक्राहरूफोहोरको रुपमा ल्यान्डफिल्डमा छोड्ने गरिन्छ भने माइक्रोप्लास्टिकका टुक्रा समुन्द्रमा मिसिन जान्छन्। सन् २०१८ मा अमेरिकामा सौन्दर्य प्रशाधनबाट मात्रै ७.९ बिलियन फोहोर उत्पादन भएको थियो।
विश्वभर सौन्दर्य प्रशाधनका सामग्रीहरू उत्पादन गर्ने उद्योगहरू तीव्र रुपमा वृद्धि भइरहेका छ, जुन पर्यावरणका लागि खतरनाक छन्। सन् २०२० मा ग्लोबल कस्मेटिक मार्केट ३४१.१ बिलियन अमेरिकी डलरको प्रक्षेपण गरिएको थियो भने सन् २०३० सम्म यो ५६०.५० बिलियनडलर सम्म बढ्ने अनुमान गरिएको छ। कस्मेटिक बजारको यो वृद्धिदरले प्लास्टिक प्रदुषणलाई प्रत्यक्ष रुपमा बढाउने काम गर्छ।विद्यमान प्लास्टिकको २२–४३ प्रतिशत फोहोर ल्यान्डफिल्डमा जान्छ भने १०–२० मिलियन टन फोहोर हरेक वर्ष समुन्द्रमा फाल्ने गरिन्छ।
सन् १९६० देखि ठूलो स्तरमा प्लास्टिकको उत्पादन सुरु भएको थियो। पूरै विश्वमा प्रयोग हुने प्लास्टिकको केवल ९ प्रतिशत मात्रै पुनः प्रशोधन हुने गर्छ। प्लास्टिक प्याकेजिङका टुक्राहरूफोहोरको रुपमा ल्यान्डफिल्डमा छोड्ने गरिन्छ भने माइक्रोप्लास्टिकका टुक्रा समुन्द्रमा मिसिन जान्छन्। सन् २०१८ मा अमेरिकामा सौन्दर्य प्रशाधनबाट मात्रै ७.९ बिलियन फोहोर उत्पादन भएको थियो।
प्लास्टिकपर्यावरण प्रदुषणको एउटा ठूलो कारक हो। एकपटक मात्रै प्रयोग गरेर फालिने प्लास्टिकलाई प्रदुषणको प्राइमरी सोर्स मानिन्छ। एउटा उपभोक्ताले हरेक वर्ष करिब आधा मिलियनको प्लास्टिकको प्रयोग गर्ने गर्छ। यसको एउटा ठूलो हिस्सा हामी फोहोरको रुपमा धर्तीमा छोडिदिन्छौँ। अमेरिकाले मात्रै हरेक वर्ष ३० मिलियन टन प्लास्टिकको फोहोर उत्पादन गर्छ। सन् २०१० मा भएको एक अध्ययनका अनुसार बेलायतमा प्रतिदिन एक मानिस औसत ०.२२ किलो प्लास्टिकजन्य फोहोर उत्पादन गर्छ।
माइक्रोप्लास्टिकको समस्या
प्लास्टिकको फोहोरमा उत्पादनका खाली बोतल तथा ट्युवहरू मात्रै होइन, माइक्रो प्लास्टिक अर्थात पाँच एमएमका स–साना कण पनि सामेल हुन्छन्। कस्मेटिक, क्लिनिङ प्रोडक्ट्स्, पर्सनल केयर प्रोडक्ट्स् जस्ता टुथपेस्ट र साबुनमा पनि माइक्रो प्लास्टिकको प्रयोग गरिन्छ। यस्ता कणहरू पानी घुलिन्छन् र यिनले समुन्द्रलाई प्रदुषित गरिदिन्छन्। यिनले माछा, चराहरू तथा समुन्द्री जनावरहरूलाई क्षति पुर्याइरहेका हुन्छन् भने फुड चेनका माध्यमबाट यी कणहरू मानिसको शरीरसम्म पनि पुग्छन्।
यी सुक्ष्म प्लास्टिकका कणहरूको सेवनबाट मानिसको स्वास्थ्यमा नराम्रो असर पर्छ। यस प्रकारको कणहरू बन्द बोतलको पानीमा समेत पाइएको छ, जुन क्यान्सर जस्ता भयानक रोगहरूको कारक बन्न सक्छन्। यति मात्रै होइन, एउटा अनुसन्धानमा प्लास्टिकका स–साना कणहरू वर्षाको पानीमा पनि पाइएको वैज्ञानिकहरूले जनाएका छन्। नेचरमा प्रकाशित रिसर्चका अनुसार वैज्ञानिकहरूले फ्रान्सको पाइरेनीस पहाडहरूमा माइक्रो प्लास्टिकका स – साना कणहरू तथा फाइबर भेट्टाएका छन्।
समाधानको प्रयास
विश्वभरमा प्लास्टिकको बोतल र यसबाट बनेका अन्य उत्पादनहरूको खपत सबैभन्दा धेरै छ। यो समस्यालाई गम्भीर रुपमा लिँदै वैश्विक स्तरमा जागरुकता फैलाउने काम भइरहेका छन् भने अब केही खास कदम उठाउनुपर्ने आवाज आइरहेको छ। सौन्दर्य प्रशाधनबाट उत्पादन हुने प्लाष्टिकजन्य फोहोर कम गर्नका लागि यस्ता प्रशाधनको रिफिलिङ तथा प्याकेजिङ म्याटेरियलमा परिवर्तन गर्नु अत्यन्त आवश्यक छ। यसका लागि प्लास्टिकको सट्टा इको–फ्रेन्डली प्याकेजिङको प्रयोग गर्न सकिन्छ। उत्पादनको स्वरुपमा परिवर्तन ल्याएर पनि यसखालका फोहोरबाट बच्न सकिन्छ। यसका लागि स्याम्पूको लिक्विड फर्मलाई परिवर्तन गरेर पाउडर वा साबुनको रुपमा बनाउन सकिन्छ। यस प्रकारका परिवर्तनहरू गरेर प्लास्टिक प्याकेजिङबाट मुक्त हुन सकिन्छ। साथै प्लास्टिकको विकल्प पूर्ण रुपमा सबैको पहुँचमा हुन जरुरी छ।
नेपालमा प्लास्टिकजन्य फोहोरलाई नियन्त्रण गर्नका लागि यसमा प्रतिबन्ध लगाउने योजना बेलाबेला जारी भइरहन्छ। सरकारले खासगरी ४० माइक्रोन भन्दा पातलो प्लाष्टिकको उत्पादन, आयात, विक्रीवितरण र प्रयोगमा प्रतिबन्ध लगाउने घोषणा नै गरिसकेको छ। तर यो कार्यान्वयन हुन सकिरहेको छैन। सहरदेखि गाउँतथा पर्यटकीय क्षेत्रहरूमा समेत प्लास्टिकका फोहोर यत्रतत्र देखिन्छ। केही जिल्ला तथा सहरहरूले आफ्नो क्षेत्रमा प्लास्टिकको झोलामा प्रतिबन्ध लगाएका छन्। तर, यहाँ समस्या प्लाष्टिकको झोलामा मात्रै छैन, सौन्दर्य प्रशाधन देखि लिएर विभिन्न खाद्य उत्पादनहरू जस्तैः चाउचाउ, चक्लेट, पेय पदार्थ लगायतबाट पनि प्लास्टिकजन्य फोहोरहरूको उत्पादन भइरहेका छन्।
नेपाल जस्तो गरीब देशमा प्लास्टिकलाई नियन्त्रण गर्नका लागि सरकाले घोषणा मात्रै गरेर हुँदैन। यसको कार्यान्वयनका लागि आवश्यक तयारी तथा नीति निर्माणको काम पनि गम्भीर ढंगले गरिनुपर्छ। अर्कोतर्फ, बिना तयारी यस प्रकारको प्रतिबन्ध लगाउँदा निम्न आय वर्गका मानिसलाई असर त गर्छ नै साना उद्योगी तथा व्यवसायीले पनि क्षति व्यहोर्नुपर्ने हुन्छ। इको–फ्रेन्डलीको नाममा स्थापित गरिने बजार तथा उत्पादनहरूमा सीमित विशेषाधिकार प्राप्त मानिसको मात्रै पहुँच हुनु हुँदैन। त्यसैले प्लास्टिकजन्य फोहोर नियन्त्रण तथा उन्मूलनका लागि राज्यले एउटा ठूलो योजना बनाउनुपर्छ र यसका लागि विश्वका सबै देशहरूले हातेमालो गर्न जरुरी छ।
(एजेन्सीहरूको सहयोगमा।)
यो पनि –