Date
आइत, जेष्ठ ५, २०८२
Sun, May 18, 2025
Sunday, May 18, 2025
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
  • लग - इन
  • दर्ता गर्नुहोस्
Nepal Readers
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
Nepal Readers
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्

संक्रमण शून्य नभई स्कूल खोल्नु हजुरमा हजुरबाहरुलाई संक्रमित गराउनु हो

नेपाल रिडर्स नेपाल रिडर्स
जेष्ठ १९, २०७७
- कोभिड–१९, मुख्य समाचार, समाचार
A A
0
  •  shares
  • Facebook
  • Twitter
  • WhatsApp
  • Gmail
  • Viber
  • Messenger

    कोरोना संक्रमित शून्य नभई वा खोप नलगाई स्कूल खोल्नु असम्भव कुरा हो। तथापी नेपालका नीजि विद्यालयका सञ्चालकहरुको दवाव सरकारले थेग्न नसक्ने बुझिएको छ। यसैबीच असार १ बाट शैक्षिक सत्र खुला हुने समाचार आएको थियो। शिक्षामत्नीले स्कूल नखोल्ने सूचना जारी गरेका छन्।

    सो सूचनामा स्कूल नखुल्ने भनिएपनि शैक्षिक शत्र नखुल्ने कुरा स्पष्ट गरिएको छैन। सुचनाको अन्तरबोलीले निजी स्कूलका संचालकहरुबाट स्कुल खोल्ने सम्भावना संकेत देखा परेको छ।  यदि स्कूल खोली हालेपनि शिक्षा मन्त्रालयले निजी क्षेत्रलाई कुनै कारबाही गर्न नसक्ने हालैको बजेटमा उनीहरुका नाजायज मागलाई सरकारको अदृश्य भारदारले सम्वोधन गरेकाले नै स्पष्ट हुन्छ। स्मरण रहोस्, निजी क्षेत्रले कुनै एक सार्वजनिक स्कूल संचालन गर्न माग गरेको कुरा शिक्षा मन्त्रालयलाई थाहा नदिइ सरकारका अदृश्य भारदारमात्र बजेटमा राखिएको कुरा खुल्न आएको छ। यसकारण हालको सरकारको मति र गति हेर्दा निजी स्कूलका संचालकहरुले असार १ बाट स्कूल नचलाउलान् भन्ने कुनै आधार नै देखिदैन।

    तर अभिभावकहरुले ‘असार १ त के आउने मङसिरसम्म पनि स्कूल संचालन गर्नु आगोसँग खेल्नु जस्तो हो ‘ भनिरहेका छन्। उनीहरुका अनुसार संक्रमित शून्य नभई नानीहरुलाई स्कुलमा पठाउनु संक्रमण फैलाउने एजेन्ट तयार गर्नु हो। यी एजेन्टहरुले घरभित्र उच्च जोखिममा रहेका बृद्धहरुलाई संक्रमण गराउन सक्छन्। काखमा बच्चा खेलाउने हरकोहीलाई थाहा छ– स्कूले  उमेरका नानीहरु हजुरमा र बाका आँखाका तारा हुन्।

    एक अभिभावकले नेपाल रिडर्सलाई भने- ‘यी साउँ होइनन्, व्याज हुन् हजुरमा र बाका। शहरमा नानीलाई स्कूल बस चढाउने र ओराल्ने हजुरमा र बा नै हुन्। गाउँमा बाख्रालाई सेउला र कुखुरालाई चारो हाल्ने हजुरमा र बाका सहयोद्धा हुन् यी नानीहरु। यी नानीहरु हजुरमा र बाका काखमा बस्छन् लुटपुटिन्छन् चुम्मा गर्छन्। कथंकदाचित स्कूलबाट संक्रमित भए भने के हुन्छ?’ उनले प्रश्न गरे।

    न

    अर्का अभिभावकले भने  – ‘यो वर्षको शैक्षिक सत्र खेरा जाओस्। यस शैक्षिक सत्रमा यिनीहरुले घर पढ्ने छन्, टोल पढ्नेछन् गाउँ पढ्नेछन् चाढबाड आउँदैछन् ती पढ्नेछन्। हजुरमा र बाबाट दन्त्यकथा र उहिले बाजेका पालाका कुरा सुन्नेछन् सिक्नेछन्। यहीबारे मङसिरमा खुला प्रश्न गरियोस् र उनीहरुको तिक्ष्णताको जाँच गरियोस्’ उनले सुझाए।

    कुरा स्पष्ट छ- दिल र दिमाग भएका अभिभावकहरुले पक्कै बच्चाहरुलाई पठाउने छैनन् किनकि नेपालमा एकल बच्चा हुने बहुसंख्यक छन्।  भएको एउटा बच्चालाई केही गरी संक्रमण भइहाले के हुन्छ?  सरकार गम्भीर हुनै पर्छ।

    •  shares
    • Facebook
    • Twitter
    • WhatsApp
    • Gmail
    • Viber
    • Messenger
      नेपाल रिडर्स

      नेपाल रिडर्स

      नेपाल रिडर्स सार्वजनिक नीतिहरु र मुद्दाहरुबारे निरन्तर छलफल–विचार विमर्श गर्ने विद्युतीय मञ्च हो।

      Related Posts

      मिटरब्याजको आडमा बलात्कार गर्ने सुर्जमानलाई १० वर्ष कैद, पीडितलाई ५ लाख क्षतिपुर्ति तिर्नुपर्ने

      नेपाल रिडर्स
      असार ३, २०८१

      मिटरब्याजको आडमा शरिर बन्धक बनाएर यौन शोषण गर्ने सुर्जमान मालिलाई ललितपुर जिल्ला अदालतले १० वर्ष कैद सजाय सुनाएको छ। मिटरब्याजी...

      सेप्टेम्बर ११ को ५० वर्षः सल्भाडोर अलेन्देको बाटो पच्छ्याइरहेको ल्याटिन अमेरिका

      ‘शान्तिपूर्ण बाटो’को चिली-शिक्षा

      सङ्गीत
      जेष्ठ २४, २०८१

      के त्यो सुन्दर संसार नष्ट भइसक्यो ? जसको तिमीले गरेका थियौ शिलान्यास ! होइन, मेरो चेतनले भन्छ– होइन, हुनै सक्दैन...

      ०३६ सालको विद्यार्थी आन्दोलनका नेता दामोदर उपाध्यायको निधन

      ०३६ सालको विद्यार्थी आन्दोलनका नेता दामोदर उपाध्यायको निधन

      नेपाल रिडर्स
      माघ १०, २०८०

      नेपालको वामपन्थी विद्यार्थी आन्दोलनको अनेरास्ववियू (एकताको पाँचौ) धाराका एकजना संस्थापक तथा ०३६ को विद्यार्थी आन्दोलनलाई सञ्चालन गर्न बनाएको केन्द्रीय संघर्ष...

      रवि मिश्रको एकल कार्टुन प्रदर्शनी सुरु

      रवि मिश्रको एकल कार्टुन प्रदर्शनी सुरु

      नेपाल रिडर्स
      माघ ४, २०८०

      कार्टुनिष्ट रवि मिश्रको एकल कार्टुन प्रदर्शनी सुरु भएको छ। नयाँ बानेश्वरको एनबी सेन्टर स्थित उमोजा कफिमा मिश्रका कार्टुन प्रदर्शनीमा राखिएकाछन्।...

      गणतन्त्र जोगाउने ३५ काइदा

      गणतन्त्र जोगाउने ३५ काइदा

      रोहेज खतिवडा
      पुस २४, २०८०

      १. पूर्वराजा ज्ञानेन्द्र र राजसंस्थालाई गाली गरेर उनको बजारभाउ नबढाउने । चुपचाप आफूले गर्नुपर्ने काम गर्ने । २. गर्नुपर्ने काम...

      लेनिनको स्मृतिमा शतवार्षिकी समिति गठन

      लेनिनको स्मृतिमा शतवार्षिकी समिति गठन

      नेपाल रिडर्स
      पुस २२, २०८०

      विश्वप्रसिद्ध कम्युनिस्ट नेता तथा चिन्तक भ्लादिमिर इल्यिच लेनिनको स्मृतिको शताब्दी वर्ष मनाउने उद्देश्यले नेपालमा जनस्तरमा ‘लेनिन स्मृति शतवार्षिकी’ समिति गठन...

      Leave a Reply Cancel reply

      Your email address will not be published. Required fields are marked *

      सिफारिस

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?
      विचार

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?

      प्रा. चैतन्य मिश्र
      मंसिर ६, २०८०

      थप पढ्नुहोस्Details
      महङ्गीबारे रहस्यमय मौनता
      समाज

      महङ्गीबारे रहस्यमय मौनता

      नरेश ज्ञवाली
      कार्तिक १४, २०८०

      थप पढ्नुहोस्Details
      भारतीय समाजको नाजीकरण भइसक्यो!
      विचार

      भारतीय समाजको नाजीकरण भइसक्यो!

      अरुन्धती रोय
      कार्तिक ११, २०८०

      थप पढ्नुहोस्Details
      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!
      विचार

      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!

      नालेदी पान्दोर
      कार्तिक १०, २०८०

      थप पढ्नुहोस्Details

      सामाजिक सञ्जालमा पुग्नुहोस्

      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • हाम्रो बारे

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.

      Welcome Back!

      गुगल मार्फत साइन इन गर्नुहोस्
      Sign In with Linked In
      वा

      Login to your account below

      Forgotten Password? Sign Up

      Create New Account!

      गुगल मार्फत साइन अप गर्नुहोस्
      Sign Up with Linked In
      वा

      Fill the forms bellow to register

      All fields are required. Log In

      Retrieve your password

      Please enter your username or email address to reset your password.

      Log In

      Add New Playlist

      नतिजा छैन
      सबै नतिजा हेर्नुहोस्
      • राजनीति
      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • मल्टिमिडिया
      • ब्लग

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.