कोरोनो भाइरस महामारीले पूँजीवादको इञ्जिनलाई एकै झट्कामा बन्द गरिदियो। मानव जाति केही समयका लागि बन्दीभएका छन्। यसैबेला आर्कटिकमाथि ओजोनको परतमा प्वाल परेको देखियो भनिएपनि पृथ्वीले आफ्नो घाउ केही निको पारेको संकेत दिएको छ। यस कुराले बिरामी र मृत्युको कोलाहलमा पनि हाम्रो सास केही रोकिएको जस्तो लागेको छ। तर यसलाई समाप्त गर्नका लागि योजनाहरु बनिरहेका छन्। उदाहरणका लागि भारतमा, आउने केही दिनमा, कुनै बाघ आरक्षण गरिएको क्षेत्रको ठूलो स्थान एक धार्मिक सभाका लागि दिइदैंछ– कुम्भ मेलाका लागि, जहाँ लाखौं हिंदू तीर्थयात्रिहरु भेला हुनेछन्।
आसाममा हाथिहरुको आरक्षण क्षेत्रलाई कोइला उत्खनन गर्नका लागि पहिचान गरिसकिएको छ र अरुणाचल प्रदेशको सुन्दर हिमाली जंगलको हजारौं एकड कुनै नयाँ हाइड्रो-इलेक्ट्रिक बाँधका डुबान–क्षेत्रको रुपमा छुट्याइएको छ। यसै बीच राष्ट्रपति ट्रम्पले चन्द्रमामा उत्खननको अनुमति दिने एक कार्यकारी आदेशमा हस्ताक्षर गरेका छन्।
जसरी कोरोना भाइरसले मानव शरीरमा प्रवेश गरेर रोगहरुमा थप बृद्धि गर्यो, यसरी नै मुलुक र समाजहरुमा प्रवेश गरेर तिनिहरुका संरचनात्मक दुर्बलताहरु र कमीहरुलाई उजागर गरिदिएको छ। यसले अन्याय, संप्रदायवाद, वंशवाद, जातिवाद र सबै थरिका असमानताहरुलाई अघिका दिनभन्दा स्पष्ट पारेर प्रस्तुत गरिदियो।
राज्य सत्ताको बाघडोर सम्हाल्नेहरुले जहिले पनि गरीबहरुका पीडाप्रति उदासीन रहेका छन् र जसले वास्तवमा गरीवहरुका पीडालाई बढाउने दिशामा नै काम गरेका छन्। अब भने धनीहरु नै यस कुराबाट चिन्तित छन् कि गरीबहरु माझ रहेका रोगहरु अमीरहरुका लागि पनि एक गम्भीर खतरा भएकोछ। त्यस्तो खतरा रोक्ने कुनै फलामे पर्खाल छैन।
तर चाडैं भ्याक्सीन एक पर्खाल बन्छ कि? यदि बन्यो नै भने बलियाले निर्धाहरुलाई कुहिनाले ठेल्दै आफ्नो बाटो बनाउलान् र फेरी पुरानो खेल शुरु हुनेछ। त्यो के भने—सर्वाइवल अफ दी रिचेस्ट।
विश्वभरमा कोरोना महामारी अघि नै रोजगारीमा अप्रत्याशित कमी आएको हो। आज भारतीय उद्योग भारत सरकारमाथि केही बाँकी रहेका श्रमिक अधिकारहरुको खारेज गर्नलाई दबाव दिइरहेको छ। र १२ घण्टे कार्यअवधि हुनु पर्ने माग गरिरहेकोछ।
अहिले, हामी सबै घरहरुमा बन्दी छौं, शासकहरु तीव्र गतिमा आफ्नो चेसका प्यादाहरुलाई अगाडि बढारहेका छन्। कोरोना भाइरस सर्वसत्तावादी राज्यहरुका लागि एक वरदानका रुपमा आएको छ। कैयन देशहरुमा लकडाउनलाई आफ्ना विरोधिहरुलाई दमन गर्न प्रयोग गरिरहेका छन्। भारतमा विद्यार्थी, सक्रियकर्मी, विद्वान र वकील, जो सरकारका विरुद्ध भएका प्रदर्शनमा अगुवा भएका छन्, उनीहरुलाई अनावश्यक गिरफ्तार गरिएको छ। अर्कोतिर हिन्दूवाद र राष्ट्रवाद उच्च उत्कर्षमा पुर्याइएको छ।
यस्ता महामारीहरु नयाँ होइनन्, तर डिजिटल युगमा यो पहिलो पटक आएको हो। यसबेला हामीले उद्धारका सामग्रीहरुका विचौलिया-पूंजीपतिहरु, डिजिटल सूचनाका कम्पनीहरु र सर्व सत्तावादिहरुका स्वार्थ अत्यन्तै मिलेको देखिरहेका छौं। भारतमा यस्तो अति नै तीव्रताका साथ भइरहेको छ।
फेसबुक भारतको सबैभन्दा ठूलो मोबाइल फोन नेटवर्क रिलायंस-जिओ सँग जोडिएको छ। करीव ४० करोड़ व्हाट्सएप उपयोगकर्ताले शेयर गर्छन्। बिल गेट्स प्रधानमन्त्रि मोदीको प्रशंसा धेरै मुनाफा आउने कुनै प्रोटोकल बनेको भान दिने गर्छन्। मोदीको प्रोत्साहनले ‘निगरानी / स्वास्थ्य एप आरोग्य सेतु’लाई ६ करोडभन्दा बढीले डाउनलोड गरेका छन्। सरकारी कर्मचारीहरुका लागि यो एप पहिला नै अनिवार्य गरिसकिएको छ। सरकारी कर्मचारिहरुलाई एक दिनको तलव रहस्यमयरुपमा पीएम केयर्स फण्डमा राख्न आदेश दिइएको छ। र यस फण्डको कुनै सार्वजनिक लेखा गरिने छैन।
कोरोना कोहर अघि नै, हामी नजानिदों किसिमले सर्भिलेन्स स्टेटमा प्रवेश गरिरहेका थियौं, तर अब हामी एक सुपर-सर्भिलेन्स राज्यको अँगालोबाट फुत्कन भागी रहेका छौं। यस राज्यमा हामीलाई सबै कुरा छोड्नका लागि भनिदैंछ– हाम्रो गोपनीयता र हाम्रो आत्मसम्मान, हाम्रो स्वतन्त्रता— र हामी आफैले आफैंलाई नियन्त्रण र सूक्ष्मरुपमा प्रतिबन्ध गराउन अनुमति दिइरहेका छौं।
यदि लकडाउन हटाइएपछि हामीले उपायहरु खोज्न तीव्रगतिमा अघि बढेनौ भने हामीलाई सधैंका लागि बन्दी बनाइनेछ।
हामीले यस इञ्जनलाई कसरी बन्द गर्ने? यही नै हाम्रो काम हो।
-प्रोग्रेसिव इंटरनेशनल।