Date
बुध, असार ४, २०८२
Wed, June 18, 2025
Wednesday, June 18, 2025
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
  • लग - इन
  • दर्ता गर्नुहोस्
Nepal Readers
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
Nepal Readers
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्

नेपाली कम्युनिष्टहरुलाई प्रश्न

तपाईंको मूल्याङकन इतिहासले गर्छ। समाजले गर्छ। जीवनमा व्यक्तिगत रुपले सांसद, मन्त्री हुनुहोला। राजनीतिक नियुक्तीको पदमा पुग्नुहोला। पद प्रतिष्ठा पनि पाउनुहोला र, त्यसमार्फत राज्यको श्रोत प्रयोग गरेर व्यत्तिगत जीवन सुरक्षित राख्नुहोला। तपाईंको छोराछोरीलाई सुरक्षित रुपले विदेश पठाउनुहोला। तर, नेपालको इतिहासमा तपाईंको नाम भने कलंकित हुनसक्छ। कम्युनिष्ट पार्टीको नाम कलंकित हुनसक्छ।

झलक सुवेदी झलक सुवेदी
मंसिर १९, २०८०
- राजनीति, विमर्शका लागि
A A
0
  •  shares
  • Facebook
  • Twitter
  • WhatsApp
  • Gmail
  • Viber
  • Messenger

    नेपालका कम्युनिष्ट पार्टी, तिनका नेता, कार्यकर्ता, नेपाली समाजलाई प्रगतिशिल रुपान्तरणतिर लिएर जान विभिन्न ठाउँमा बसेर भूमिका निर्वाह गर्ने, चिन्त–चासो गर्ने, कम्युनिष्ट पार्टीहरुलाई मत दिने आम जनता, पत्रकार, बुद्धिजीविहरु, विभिन्न फाँटमा पेशागत समूहका सदस्यहरु र मजदुरहरु, देशभित्र बसेका, देश बाहिर रहेर कम्युनिष्ट पार्टीसँग जोडिएका नेपाली नागरिकहरुसँग म आज एउटा संवाद गर्न गइरहेको छु। उनीहरुलाई प्रश्न सोध्न गइरहेको छु। यद्यपी, यी प्रश्न कांग्रेस लगायत नेपाली राजनीतिक क्षेत्रमा लामो समयदेखि उदारवादी, प्रजातान्त्रिक समाजवादी र साम्यवादी विचार राखेर क्रियशिल हुने सबैका लागि हुन्।

    तर, म आज अरु पार्टीलाई छाडेर, साम्यवादी दलका समर्थक, शुभचिन्तक र त्यसको पक्षमा उभिरहने मानिससँग संवाद गर्न गइरहेको छु। उहाँहरुसँग मेरा केही जिज्ञासा, प्रश्न छन्। मलाई विश्वास छ, यी प्रश्न मेरा मात्र होइनन् हामी सबैका प्रश्न हुन्।

    यति बेला नेपाली समाज एउटा असन्तोष, आक्रोश, पीडा, छटपटी र अन्योलको चक्रमा गुज्रिरहेको जस्तो देखिएको छ। मान्छेहरु दिनदिनै प्रश्न गरिरहेका छन्। आर्थिक रुपले नेपालले प्रगति गर्न सकेन। आर्थिक मन्दी छ। रोजगारीको अभाव छ। गरिबी छ। नयाँ उद्योगहरु खुलेका छैनन्। भएका उद्योगहरु पूर्ण क्षमतामा चलेका छैनन्।

    अर्थतन्त्रमाथि सिमित घरानाका व्यक्तिको जञ्जालपूर्ण नियन्त्रण छ। केही सिमित व्यक्ति र घरानाले वित्त, उद्योग, व्यापार लगायत सबै क्षेत्रमा नियन्त्रण जमाएका छन्। र, त्यसले सीमित दलाल पूँजीपति वर्गको उत्थान गरेको छ, राष्ट्रिय पूजीपति वर्गको विकसामा रोकावट ल्याईरहेको छ भन्ने धेरै ठूलो बहस समाजमा छ।

    उच्च शिक्षा हासिल गरेका, इन्जिनियर, डाक्टर, कृषि विज्ञ, वाणिज्य शास्त्रमा एमबीए पढेका, अधिकृत तहका सरकारी कर्मचारी, बैंकमा अफिसर भएका मानिस लगायत – जसलाई हामी नेपाली समाजमा उच्चस्तरको आय श्रोत भएका व्यक्ति भनेर मान्छौं, आर्थिक रुपले सुरक्षित भएका परिवार भनेर मान्छौ, उनीहरु पनि धमाधाम टिकट काटेर नेपाल छाडेर उडिरहेका छन्। विदेश जान बल गरिरहेका छन्। अमेरिका, युरोप, क्यानडा, अष्ट्रेलिया, जापान गइरहेकाछन्।

    त्यता जना नसक्ने या जान नसकेका अर्काथरी मानिसहरु, रोजगारीका लागि कोरिया, मलेसिया, अरबका विभिन्न देशहहरु र हामीले नाम पनि नसुनेका कतिपय देशमा थुप्रै नेपालीहरु पुगेका छन्। भारत त हाम्रो गाउँबेंसी जस्तो नै भयो जहाँ मानिसहरु अरु विकल्प नरहेपछि  कुनैपनि दिन उठेर गइदिन्छन्। यो देशमा गरिखान सकिएन, काम गरेर पेटभरी खान पुगेन, परिवार पाल्न र एउटा औसत सम्मानित जीवन बिताउन यो देशमा बसेर सकिँदैन भन्ने व्यापक गुनासो व्याप्त छ समाजमा।

    यस्तो किन भइरहेको छ? यसमा कम्युनिष्ट पार्टीहरु र तिनको नेतृत्व कत्तिको जिम्मेवार छ?

    म यहाँहरुलाई एउटा कुरामा ध्यानार्कषण गराउन चाहान्छु। २०६३ वैशाखदेखि २०८० मंसिरसम्मको अवधिमा कम्युनिष्ट पार्टी वा तिनीहरुका प्रतिनिधि सामेल नभएको एउटा पनि सरकार नेपालमा बनेको छैन। २०६५ साउन यताका १६ वर्षमा १२ वर्ष कम्युनिष्ट पार्टीका नेताहरुले सरकारको नेतृत्व गरेका छन्।

    व्यवहारले पुष्टि नभएका सिद्धान्तहरुको पछि लागेर, व्यवहारले असफल देखिएका नेताहरुको पछि लागेर, व्यवहारमा काम गर्न नसकेको देखिएका पार्टीहरुलाई समर्थन गरेर, बलियो बनाएर कतै तपाईं हामी हाम्रा सन्ततीलाई धोका त दिइरहेका छैनौं? हाम्रो देशलाई धोका दिइरहेका त छैनौ? हाम्रो समाजलाई धोका दिईरहेका त छैनौं?

    यो अवधिमा नेकपा माओवादी केन्द्रबाट त्यसका नेता कमरेड पुष्पकमल दाहाल ‘प्रचण्ड’ (३ पटक) र डा. बाबुराम भट्टराई, नेकपा एमालेबाट कमरेड केपी ओली (२ पटक गरेर ४ वर्ष भन्दा बढी), कमरेड झलनाथ खनाल र कमरेड माधव नेपाल गरेर कम्युनिष्ट पार्टीका पाँच जना नेताहरुले सरकारको नेतृत्व गरे। यी नेता तिनै हुन्, जसले मुलुक रुपान्तरणका लागि भनेर लामो समय समय जेल जीवन विताएका थिए, भूमिगत बसेका थिए, युद्ध र जनआन्दोलनहरुको नेतृत्व गरेका थिए। यी नेता र यीनका पार्टीले स्थानीय सरकार, प्रदेश र संघीय सरकारको नेतृत्व गरे, गरिरहेका छन्।

    तर पनि देश विकास भएन, उद्योग खुलेनन्, रोजगारी सिर्जना भएन। कृषिले जिविका धान्न नसक्ने भयो। व्यापार घाटामा हुन्छ भनेर आम जनताका गुनासो गरिरहेका छौं। शिक्षा कमजोर हुँदैछ। स्वास्थ्य सेवाको पहुँच अझै जनसँख्याको ठुलो हिस्सामा पुगेको छैन। जे जति उपलब्ध छ त्यो पनि महँगो छ।

    वित्तिय क्षेत्र, बैंकहरु सीमित घरानाको नियन्त्रणमा छन्। अर्थतन्त्र व्यापार, आयात, रेमिट्यान्स र उपभोगमा आधारित छ। यसको सट्टा उद्योगमा आधारित, व्यवसायीक रुपले उत्पादनमूलक व्यवसायमा आधारित निर्यातमूखि अर्थतन्त्र हुनुपर्ने थियो। यो अर्थतन्त्र निर्माण गर्न नेपालको अर्थतन्त्रमाथि संरचनागत रुपका जे जस्ता समस्या छन्, त्यसमा ठाडै हस्तक्षेप गर्ने जोखिम नमोलिकन, दलाल र आसेपासे पूँजीपतिलाई निषेध नगरीकन, उनीहरुले ल्याउन सक्ने चुनौतिको सामना नगरिकन, सुशासन दिएर भ्रष्टाचार नियन्त्रण नगरिकन नेपालले आर्थिक फड्को मार्न सक्दैन भनेर हामी वर्षौदेखि भनिरहेका छौं।

    तर, कम्युनिष्ट पार्टीको नेतृत्वमा सरकार हुँदा पनि किन यस्तो काम भएन्? कम्युनिष्ट पार्टीका नेताहरु प्रधानमन्त्री, मन्त्री, सभामुख, राष्ट्रपति भए। उनीहरुको संसदमा बहुमत हुँदा पनि किन काम भएन? ०७४ को चुनावमा त झण्डै, झण्डै कम्युनिष्ट पार्टीले दुई तिहाई बहुमत ल्याएका थिए। कम्युनिष्ट पार्टीको एकल सरकार थियो। उनीहरुले चाहेको निर्णय गर्न, नीति ल्याउन, ऐन परिवर्तन गर्न र नयाँ ऐन ल्याउनसक्ने सम्पूर्ण संवैधानिक अधिकार थियो। त्यतिबेला नेपालको औद्योगिकरणलाई विकास गर्नका लागि, प्रगतिशिल अर्थनिति ल्याउनका निम्ति, जनमुखी अर्थनीति ल्याउनका निम्ति, राष्ट्रिय पूँजीको विकासका गर्ने वातावरण सिर्जना गर्नको निम्ति के काम गरिए? कस्ता कानून बनाइयो? कतिवटा नीतिहरु ल्याईए? र, तिनको प्रभावकारिता के भयो? बनाएको भए अहिले यो दुर्दशा हुँदैनथ्यो होला नि त?

    स्थानीय सरकारको नेतृत्वमा कम्युनिष्ट पार्टीका मान्छे हुँदा त्यसले अरु दलहरुको भन्दा भिन्न नेपाली जनताको पक्षमा के कस्ता काम गर्‍यो? एकाध व्यक्तिले राम्रो काम पनि गरे होलान्। कहिँकहीँ राम्रो काम पनि भएकाछन्, बाटघाटा, स्कुल, स्वास्थ्य चौकिका भवन बने होलान्। भौतिक संरचना निर्माण भए होलान्। तर, रोजगारी सिर्जना त भएन्। गाउँमा तपाइले बाटो पुर्‍याएको भएपनि, बाटोमा हिडिदिने मान्छेहरु बसाई सरेर किन सहरतिर गईरहेका छन्? त्यो बाटोमा हिड्नुपर्ने मान्छेहरु १६/१७ वर्षको उमेरमै किन विदेशिन बाध्य छन्। २/४ पैसा कमाउन भनेर ५० वर्ष कटेका मानिसहरु किन विदेशीन बाध्य छन्?

    यो समस्याको समाधान नदिने पार्टी। जनताका यी समस्याको समाधान नदिने सकार वा विचार। यस्तो विचारलाई तपाईं मार्क्सवादको खोल लगाउनुहोस वा माओवादको, लेनिनवाद भन्नुहोस वा बहुदलिय जनवाद। जे सुकै नाम दिनुहोस, चाहे समाजवाद नै किन नभन्नुहोस। तर, त्यसले जनताको जीवनस्तर उकास्न, जनतालाई रोजगारी दिन, राष्ट्रिय उद्योगको विकास गर्न, राष्ट्रिय पूँजीको निर्माण गर्न र समग्र अर्थतन्त्रलाई गतिशिल रुपले अगाडि बढ्ने वातावरण बनाउन सक्दैन भने यी सिद्धान्तहरुको के अर्थ हुन्छ?

    व्यवहारले पुष्टि नभएका सिद्धान्तहरुको पछि लागेर, व्यवहारले असफल देखिएका नेताहरुको पछि लागेर, व्यवहारमा काम गर्न नसकेको देखिएका पार्टीहरुलाई समर्थन गरेर, बलियो बनाएर कतै तपाईं हामी हाम्रा सन्ततीलाई धोका त दिइरहेका छैनौं? हाम्रो देशलाई धोका दिइरहेका त छैनौ? हाम्रो समाजलाई धोका दिईरहेका त छैनौं?

    हामी मध्ये धेरै अहिले पनि पार्टीमा कुरा उठाउँदा, नेताले जागिर खोसिदेला, पद र पाएको सुरक्षा खोसिदेला भन्ने डरमा छौं। एउटा कमिटिको पदका लागि, कमीटिमा सदस्य हुनका लागि, चुनावमा टिकट पाउनका लागि नेताले गरिरहेका बद्मासी वा गर्न नसकेको कामको बचाउ गरिदिएर, डिफेन्स गरेर, हाम्रो पार्टीको, हाम्रो देशको भविष्य राम्रो हुन्छ? हाम्रा सन्ततीको भविष्य राम्रो हुन्छ भन्ने तपाईलाई लागेको हो?

    यी १६ वर्षमा १२ वर्ष राज्य र सरकारको नेतृत्व गर्ने हाम्रा पार्टीहरु। यी बेथितिका लागि, नेपाली समाजमा जाग्दो असन्तोषका लागि जिम्मेवार छन्।

    समाजमा भएको असन्तोष भजाएर खान केही लुच्चा–लफंगाहरु। जन आधार नभएका लफंगाहरु सडकमा उत्रिएर हाम्रो नेतृत्वलाई गाली गरिरहेका छन्। चुनौति दिइरहेका छन्। लल्कारी रहेकाछन्। नेतृत्वलाई मात्र होइन हामीले ७० वर्ष लगाएर लडेर स्थापित गरेको संघिय राज्य प्रणालीलाई, समानुपातिक र समावेशी प्रतिनिधित्वको प्रणालीलाई, धर्म निरपेक्षतालाई चुनौति दिइरहेका छन्।

    लफंगाहरुले चुनौति दिनेगरी हाम्रो नेतृत्व किन असफल भयो? हामी कहाँ चुक्यौं? यसबारे बहस गर्ने बेला भएको छ। बहस गर्न ढिला हुँदैछ। हामीले जति ढिला गर्छौं, हाम्रो अलोकतान्त्रिक चरित्रको थप उजागर मात्र हुन्छ।

    नीति र कार्यक्रमबिनाको कम्युनिष्ट पार्टी र त्यसको नेतृत्वलाई बचाएर, एउटा कम्युनिष्ट पार्टीले अर्को कम्युनिष्ट पार्टीलाई, एउटा पार्टीको नेताले अर्को पार्टीको नेतालाई होच्याएर आफू अग्लो देखिएर मात्र हुँदैन्।

    तपाईंको मूल्याङकन इतिहासले गर्छ। समाजले गर्छ। जीवनमा व्यक्तिगत रुपले सांसद, मन्त्री हुनुहोला। राजनीतिक नियुक्तीको पदमा पुग्नुहोला। पद प्रतिष्ठा पनि पाउनुहोला र, त्यसमार्फत राज्यको श्रोत प्रयोग गरेर व्यत्तिगत जीवन सुरक्षित राख्नुहोला। तपाईंको छोराछोरीलाई सुरक्षित रुपले विदेश पठाउनुहोला। तर, नेपालको इतिहासमा तपाईंको नाम भने कलंकित हुनसक्छ। कम्युनिष्ट पार्टीको नाम कलंकित हुनसक्छ।

    समाजमा भएको असन्तोष भजाएर खान केही लुच्चा–लफंगाहरु। जन आधार नभएका लफंगाहरु सडकमा उत्रिएर हाम्रो नेतृत्वलाई गाली गरिरहेका छन्। चुनौति दिइरहेका छन्। लल्कारी रहेकाछन्। नेतृत्वलाई मात्र होइन हामीले ७० वर्ष लगाएर लडेर स्थापित गरेको संघिय राज्य प्रणालीलाई, समानुपातिक र समावेशी प्रतिनिधित्वको प्रणालीलाई, धर्म निरपेक्षतालाई चुनौति दिइरहेका छन्।

    दुनियाँमा जनताको सेवा नगरेका, जनमुखी काम नगरेका, निरन्तर परिवर्तन नभएका, नमाझिएका, सामुहिक नेतृत्वमा नचलेका, व्यक्तिगत अधिनायकवादी खालको सोच भएका नेताले अगुवाई गरेका कम्युनिष्ट पार्टीहरु विलिन भएको इतिहास छ। त्यस्ता पार्टीहरु विघटित भएका छन्। आफैंले आफैंलाई विगठन गरेका छन्। यही छिमेकमा हामीले देखेका छौं, पश्चिम बंगालमा झण्डै ३० वर्ष राज्य चलाएको कम्युनिष्ट पार्टी अहिले अस्तित्व जोगाउन नसकेर लडखडाइरहेको छ, किनारामा धकेलिएको छ। हामी पनि त्यही बाटो जान सक्छौ !

    हाम्रा कम्युनिष्ट पार्टीहरु नेकपा एमाले, माओवादी केन्द्र, एकिकृत समाजवादी लगायत सबै कम्युनिष्ट पार्टीका नेता कार्यकर्ता तिनका समर्थक, यीनको पक्षमा उभिरहेका बुद्धिजिवि, पत्रकार, लेखक, कवि, साहित्यकार, संगितकार सबैलाई यो बारे चिन्तन गर्न अनुरोध गर्छु। बहस गर्न यी नेतालाई सुध्रिनका लागि दबाब दिन र सुध्रिदैनन् भने तिनिहरुलाई हटाउनका लागि पार्टीभित्र जनमत निर्माण गर्न दबाब दिने बेला भएको छ।

    प्रष्ट कार्यक्रम र कार्यदिशा सहितको पार्टी बनाउन, त्यस्तो पार्टीको छायाँमा सबै बामपन्थीहरुलाई एक ठाउमा उभिने वातावरण बनाउनका लागि दबाब दिन ढिलो भएको छ।

    राज्यमा प्रतिनिधित्व गरिरहेका कम्युनिष्ट पार्टीका नेता, कार्यकर्ताले जनताको सेवा गरिरहेका छन् कि छैनन्? जनमुखि नीति ल्याएका छन् कि छैनन्, त्यसलाई परख गर्न, त्यस्ता नीति ल्याउन दबाब दिन र आवश्यक परेको बखत सडकमा निस्कन पनि अनुरोध गर्छु।

    कम्युनिष्ट पार्टी नाम नजोडिएपनि मार्क्सवादको राजनीतिक विचारधाराबाट निर्देषित ‘नेपाल मजदुर किसान पार्टी’ सानो छ। उसले भक्तपुर नगरपालिकामा गरेको जत्तिको काम एमालेको जत्तिको शक्ति भएको, फुर्ति भएको पार्टीका नेताहरु जसले स्थानीय तहको नेतृत्व गरको छन् उनीहरुले गर्न सकेका छैनन्। माओवादी केन्द्र जस्तो जनयुद्ध लडेर आएको पार्टीका नेतृत्वले आफूले नेतृत्व गरेका स्थानीय तहमा काम गरेका छैनन्। शिक्षा, स्वास्थ्य, सरसफाई, बुढाबुढीको हेरचाहमा भक्तपुर नगरपालिकाले जत्तिको काम पनि गर्न नसक्ने यी कस्ता पार्टी हुन्?

    स्थानीय प्रदेश र संघ सबैतिर जहाँ–जहाँ कम्युनिष्ट पार्टीका प्रतिनिधि छन् तिनीहरुले त यो काम गरेर देखाउनु पर्यो नि। अब कसलाई दोष दिने? पञ्चायतलाई? राजालाई दोष दिने? कांग्रेसलाई दोष दिने?

    ०४७ देखि यताका नव–उदारवादी नीतिले डुबायो भनेर हामीले कांग्रेसलाई बर्षौ गालि गर्‍यौं। ठिकै पनि थियो गालि गर्नु। तर, आफ्नो नेतृत्वमा १२ वर्ष सरकार चलाउँदा पनि पछि फर्केर अर्कालाई दोष दिएर आफूलाई असल देखाउन, आफूलाई चोखो देखाउन, सुकिलो देखाउन सम्भव छ? इतिहासले यस्तो गर्ने छुट दिन्छ?

    यतातिर कम्युनिष्ट पार्टीका सबै नेता र कार्यकर्ताहरु, समर्थक, शुभचिन्तकहरुलाई ध्यानाकर्षण गराउँछु। आउनुहोस बहस गरौं, बहसमा सामेल होउँ। छलफल गरौं। कसैले कसैलाई निषेध गर्ने होइन। समाज र पार्टी पुनर्गठन र पुर्न निर्माणको अभियानमा लागौं।

    विचार, सिद्धान्त, कार्यक्रम, नेतृत्व र संगठनको प्रजातान्त्रिकरणले जसरी सकिन्छ नेपाली समाजलाई अगाडि लाने बाटेमा जाने प्रयास गर्न ढिलो हुन लाग्यो। एकदमै ढिलो हुन लाग्यो। सडकमा हेर्नुहोस त कस्ता लफगांहरुले तपाईलाई च्यालेञ्ज गरिरहेकाछन्। सामाजिक सञ्जाल वा मिडिया जतासुकै हेर्नुहोस् तपाईलाई कति धेरैले गिज्याइरहेका छन्।

    हिजो मात्र नेकपा एमालको केन्द्रिय तहका एकजना नेताले लेखेको स्टाटसमा उनलाई गालि गरिएका मात्र पचासौं कमेन्ट थिए। कसैले पनि तिनलाई समर्थन किन गरेनन्? किन यस्तो भएको? जनताहरु किन पार्टीको नेतृत्वप्रति असन्तुष्ट छन्? तपाई सुध्रनुहुन्छ र काम गर्नु हुन्छ भन्ने विश्वास जनतामा किन नभएको?

    यी प्रश्न सामान्य छैनन् गम्भिर छन्। यो गंभिरतालाई मनन गरौं र सकिन्छ भने पार्टीहरु सुधारौँ, सुध्रिएका पार्टीहरुलाई एक ठाउँमा उभिन लगाऔँ।

    पपुलिष्ट भएर अर्काको आलोचना गरेर, अर्कालाई होच्याएर आफू सुकिलो देखिने कुराबाट मुक्त नभइकन हामी नयाँ नेपाल पनि बनाउन सक्दैनौँ। नयाँ पार्टी बनाउन सक्दैनौँ। यिनै पार्टीलाई गरिखाने जनताको पार्टी बनाउन सक्दैनौँ। यो प्रश्न सम्भवत कांग्रेस भित्र पनि उत्तिकै सान्दर्भिक प्रश्न हो। कम्युनिष्ट पार्टीका लागि, उनीहरुका कार्यकर्ताका लागि म अपिल गर्छु – आउनुहोस बहस गरौं। बहसमा तपाईंलाई स्वागत छ। बहस गर्न यहीँ आउनुपर्छ भन्ने छैन आ–आफ्नो पार्टीमा बहस गर्नुहोस्। आफ्नो संगठनमा बहस गर्नुहोस् र यो बहस आफ्ना पार्टीका सबै संगठनमा पुर्‍याउनुहोस्। पार्टीको चरित्र, विचार र संगठन शैली बदल्नुस् या त सकिनोस्। तेस्रो विकल्प छैन।

    भिडियो:

    •  shares
    • Facebook
    • Twitter
    • WhatsApp
    • Gmail
    • Viber
    • Messenger
      झलक सुवेदी

      झलक सुवेदी

      सुवेदी नेपाल रिडर्सका सम्पादक हुन्।

      Related Posts

      ७७औं वर्षमा नेकपा: नेतृत्वसम्बन्धी जनवादी विधि अभ्यास नहुँदा गल्दै वामपन्थी दलहरु

      ७७औं वर्षमा नेकपा: नेतृत्वसम्बन्धी जनवादी विधि अभ्यास नहुँदा गल्दै वामपन्थी दलहरु

      विश्वबन्धु भण्डारी
      बैशाख ९, २०८२

      नेपाल कम्युनिष्ट पार्टी वि.सं. २००६ साल वैशाख १० गते तदनुसार २२ अप्रिल १९४९ मा भारतको कलकत्तामा स्थापना भएको हो। आजको...

      नेकपामा विभाजनको कारक डा. रायमाझी

      नेकपामा विभाजनको कारक डा. रायमाझी

      विश्वबन्धु भण्डारी
      फाल्गुन १८, २०८१

      नेपाल कम्युनिष्ट पार्टी स्थापनाको १३ बर्ष पुग्दानपुग्दै २०१९ सालमा वनारसमा भएको तृतीय महाधिवेशनबाट औपचारिक रुपमा पार्टी विभाजन हुन पुगेको थियो।...

      हँसिया हथौडाको झन्डा र पुष्पलालको तस्विर अङ्कित ब्यानरमा कम्युनिस्ट भेला

      हँसिया हथौडाको झन्डा र पुष्पलालको तस्विर अङ्कित ब्यानरमा कम्युनिस्ट भेला

      विश्वबन्धु भण्डारी
      मंसिर ११, २०८१

      नेपालमा विभिन्न समयमा कम्युनिस्ट आन्दोलनमा योगदान गरेकाहरूको भेला आयोजना गर्ने सन्दर्भममा काठमाडौँमा वि.सं. २०७९ कार्तिक केशरमणि पोखरेलको निधनमा श्रद्धाञ्जली तथा...

      गण्डकीमा वामपन्थी ज्येष्ठ नागरिक मिलन कार्यक्रम सम्पन्न

      गण्डकीमा वामपन्थी ज्येष्ठ नागरिक मिलन कार्यक्रम सम्पन्न

      नेपाल रिडर्स
      मंसिर १०, २०८१

      (पञ्चायती शासन कालमा नेपालमा नयाँ जनवादी क्रान्तिका माध्यमबाट समाज परिवर्तन गर्न विभन्न कम्युनिष्ट पार्टीमा स‌गठित भएर वा स्वतन्त्र रुपमा सक्रिय...

      कस्तो अर्थतन्त्र कस्ता नीतिः हरि रोकाको वैकल्पिक प्रस्ताव

      कस्तो अर्थतन्त्र कस्ता नीतिः हरि रोकाको वैकल्पिक प्रस्ताव

      नेपाल रिडर्स
      मंसिर ६, २०८१

      हरि रोका यो समयका सबैभन्दा सक्रिय मध्येका एकजना सार्वजनिक वौद्धिक व्यक्तित्व हुन्। उनलाई पाठकहरुले तिस वर्षअघिदेखि पढ्दै आएका छन्। यस...

      कम्युनिष्ट आन्दोलनमा बिताएका बर्षहरु : रामराज रेग्मी

      कम्युनिष्ट आन्दोलनमा बिताएका बर्षहरु : रामराज रेग्मी

      नेपाल रिडर्स
      मंसिर ३, २०८१

      कम्युनिस्ट आन्दोलनमा ५५ वर्ष विभिन्न भूमिकामा सक्रिय रहेर काम गरेका, हेडसर, नेता र लेखक रामराज रेग्मीसँग झलक सुवेदीले गरेको संवाद...

      Leave a Reply Cancel reply

      Your email address will not be published. Required fields are marked *

      सिफारिस

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?
      विचार

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?

      प्रा. चैतन्य मिश्र
      मंसिर ६, २०८०

      थप पढ्नुहोस्Details
      महङ्गीबारे रहस्यमय मौनता
      समाज

      महङ्गीबारे रहस्यमय मौनता

      नरेश ज्ञवाली
      कार्तिक १४, २०८०

      थप पढ्नुहोस्Details
      भारतीय समाजको नाजीकरण भइसक्यो!
      विचार

      भारतीय समाजको नाजीकरण भइसक्यो!

      अरुन्धती रोय
      कार्तिक ११, २०८०

      थप पढ्नुहोस्Details
      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!
      विचार

      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!

      नालेदी पान्दोर
      कार्तिक १०, २०८०

      थप पढ्नुहोस्Details

      सामाजिक सञ्जालमा पुग्नुहोस्

      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • हाम्रो बारे

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.

      Welcome Back!

      गुगल मार्फत साइन इन गर्नुहोस्
      Sign In with Linked In
      वा

      Login to your account below

      Forgotten Password? Sign Up

      Create New Account!

      गुगल मार्फत साइन अप गर्नुहोस्
      Sign Up with Linked In
      वा

      Fill the forms bellow to register

      All fields are required. Log In

      Retrieve your password

      Please enter your username or email address to reset your password.

      Log In

      Add New Playlist

      नतिजा छैन
      सबै नतिजा हेर्नुहोस्
      • राजनीति
      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • मल्टिमिडिया
      • ब्लग

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.