Date
सोम, जेष्ठ ५, २०८२
Mon, May 19, 2025
Monday, May 19, 2025
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
  • लग - इन
  • दर्ता गर्नुहोस्
Nepal Readers
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
Nepal Readers
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्

शब्दथुमभित्रको सत्रथुम

निबन्धकारको केन्द्रमा सांस्कृतिक चिन्तन छ। बहुलता र विविधताको प्रेम छ। माटोको सुगन्ध र आदिवासी सौन्दर्य छ। रैथाने दर्शन छ। प्रकृति चिन्तन र स्थानियता बोधको समुच्चय छ।

सञ्जित फलाना सञ्जित फलाना
पुस ७, २०८०
- विमर्शका लागि, साहित्य
A A
0
  •  shares
  • Facebook
  • Twitter
  • WhatsApp
  • Gmail
  • Viber
  • Messenger

    “पालामको मुर्च्छना” कवितासंग्रहबाट कविको रुपमा परिचित प्रकाश थाम्सुहाङ निबन्धसङ्ग्रह “शब्दथुम”बाट निबन्धकारको रुपमा उदाएका छन्। ताजा र मौलिक निबन्धहरु सङ्ग्रहित शब्दथुममा व्यक्तिबिम्ब, चिन्ताचिन्तन र आत्ममन्थन लगायतका खण्डहरु छन्। व्यक्तिबिम्ब खण्डमा सुन्दर व्यक्ति ‘पोट्रेट’ निबन्धहरु समेटिएका छन्। चिन्ताचिन्तन खण्डमा नेपाली साहित्य, राजनीति र सांस्कृतिक सौन्दर्यशास्त्र उपरको मौलिक चिन्तन समाविष्ट निबन्धहरु छन्। ती निबन्धहरुमा कतै राजनैतिक बेथिती, कतै सामाजिक मूल्यको स्खलन त कतै जीवन र मृत्युको मिमांशा भेटिन्छ। अन्तिम खण्ड आत्ममन्थन निबन्धकारको वैयक्तिक अनुभुतिहरुको कोलाज भन्न सकिन्छ, जहाँ निबन्धकार आफ्नै आत्मासँग स्वच्छन्द एकालाप गर्छन्। बाल्यकालको कैयौँ स्मृतिको सुदुर डोबहरुका यात्रा गर्छन्। आफ्नै उल्झन, हाराकिरी र जिजिविषाहरुमा रोमाञ्चित हुन्छन्। कल्पनाशिलतामा मखलेल बन्छन्। ती निबन्धहरु बारम्बार हृदय र मष्तिस्कसंग संवाद गरिरहन्छन्।

    लक्ष्मीप्रसाद देवकोटाको बुइ चढेर हिडेको नेपाली निबन्ध शंकर लामिछानेको फराकिलो अन्तरिक्षमा शयर गर्दै यहाँसम्म आइपुग्यो भन्दा अत्युक्ति नहोला। त्यसलाई थप मलजल गर्ने काम धेरै निबन्धकारहरुले गरे। अहिले लेखिरहेका नारायण ढकाल, रोशन शेरचन, भुपिन र दीपक सापकोटाहरुले त्यही गोहो पछ्याइरहेका छन्। यही भिडमा नितान्त मौलिक र वैचारिक निबन्धहरुको कोसेली बोकेर उपस्थित भएका प्रकाश थाम्सुहाङले पहिलो सङ्ग्रहबाटै एक राम्रो निबन्धकारको छाप छोडेका छन्। निबन्धहरुको भाषा परिपक्व छ भने शिल्प कलात्मक।

    थाम्सुहाङ बौद्धिक निबन्धकार हुन्। प्रगतिशिलता उनी उभिने जग हो। चिन्तन, अध्ययन र अनुभवहरुले खारिएका र तथ्य, ज्ञान अनि कल्पनाको समुचित संयोजनबाट बनेका उनका छोटाछोटा तर खाँदिलो निबन्धहरु विषेशत वैचारिक छन्– गम्भिर रुपमा सोच्न र चिन्तन गर्न बाध्य बनाउने। उनका अधिकांश निबन्धले डिस्कोर्सको आग्रह गर्छन्। उनी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सरोकारका विभिन्न विषयहरुलाई तर्कपुर्ण अभिव्यक्तिको माध्ययमबाट चिरफार गरी सत्यको अन्वेषण गर्छन्। विसंगत राजनैतिक संस्कारको चपेटामा परेको समयको विद्रुप अनुहारबाट मानवीय मूल्यको खोजि गर्छन्। सुसंस्कृत, सभ्य र गतिशिल समाजको स्थापनाको निम्ति सामाजिक न्यायको पैरवी गर्छन्। झिनामसिना जस्ता लाग्ने प्रसङ्गबाट गहन कुरा भन्ने सामथ्र्य राख्नु सायद उनको लेखकीय सफलता हो। यी निबन्धहरु बोधगम्य, सरल र सुन्दर साथसाथै प्रेरणादायि पनि छन्।

    कवि भएर हुुनुपर्छ, निबन्धकार थाम्सुहाङका अधिकांश निबन्धहरु कविताकै सेरोफेरोमा घुमेका छन्। कविताको गरिमा र महत्ताउपर चिन्तनरत छन्। व्यक्तिबिम्बका जनमले मृत्युलाई हरपल जितोस्, बल दाइ, यात्री र काठमाडौं, सुम्हालुङ कवि, एक भाइरल कवि, शान्त नदी, रिफ्युजि कथा होस् या असीको कविता, निखुरोन्मुख कविता, साहित्यमा पहिचानका तीन आन्दोलन होस् थाम्सुहाङले कविताकै विषय र पात्रहरुलाई नै प्राथमिकतामा राखेका छन्। तर, ती कवि लेखकहरु कुनै न कुनै रुपमा राजनीतिसँग पनि जोडिएका छन्। मुख्यतः उनले प्रगतिशिल लेखनलाई डोहोर्‍याउने कवि र कविताहरुलाई निक्कै पछ्याएको देखिन्छ। कृष्णभुषण बल, ईश्वरवल्लव र गोविन्द वर्तमानको प्रगतिशिल कविताको उनी मुक्तकण्ठले प्रशंशा गर्छन्। ती कविहरुप्रति उनको भक्कु श्रद्धा पनि छ।

    उनी कवितामा पहिचानको सवाल खोज्छन्। स्थानीय स्वाद र रैथाने चेत खोज्छन्। अबको कविताको मौलिकता भन्नु नै आदिवासी सौन्दर्यशास्त्रको विभिन्न अवयवहरुको लेखनीमा छ। यही नै नेपाली कविताको खास अनुहार हो। पहिचान हो। नेपाली कवितालाई विश्वका अरु कविताहरुको भीडमा छुट्याउने आधार हो। असीको कविता निबन्धमा उनको जिकिर नै छ, “अब मान्छेले जीवनलाई कसरी बाँच्छ, त्यो लेखिनुपर्छ। मान्छेको जीवन बाँच्ने शैली नै संस्कृति हो। अब त्यही बहुसंस्कृतिलाई समातेर कविता लेखिनुपर्छ।”

    पहिचान लेखनको डक्ट्रिन बनाउने बैरागी काँइला हुन् या त्यसको स्कुलिङबाट आएका बहुरंगवादी कवि धर्मेन्द्र नेम्वाङ हुन्, उनी दुवै कविका फ्यान हुन्। कति व्यक्तिबिम्बका निबन्धहरुमा उनका नोस्टाल्जियाहरु छरपस्ट पोखिएका छन्। आफूलाई प्रभाव पारेका व्यक्तित्वहरुको अनेकौं अलिखित किस्सा र आयामहरु ती निबन्धहरुमा पढ्न पाइन्छ। एउटा शालिन मानिसको अवसानमा कवि तथा चिन्तक अमर नेम्वाङ, बल दाइ, यात्री र काठमाडौँमा कवि कृष्णभुषण बल, हरियो साइकलको सवारीमा निबन्धकार गोविन्द वर्तमान, बराल दाइको लीलामा कृष्ण बराल, भुँइकुहिरोभित्रको एक साधकमा गायक गणेस रसिक, शान्त नदीमा चन्द्र गुरुङ र रिफ्युजि कथामा याम थुलुङ, उनी ती व्यक्तित्वहरुको सम्झना र प्रेमको भङ्गालोहरुमा बेस्सरी बल्झिएका छन्। ती व्यक्तित्वहरुको कला र साहित्यप्रतिको त्याग, समर्पण र योगदानप्रति उनी नतमस्तक छन्। ती व्यक्तित्वहरुको सङ्घर्ष र सफलतामा द्रविभुत भएका छन्। खुशीमा रमेका र दुःखमा दुखेका छन्। चरम भावुकताको उत्कर्षमा लेखिएजस्तो लागे पनि ती निबन्धहरुमा जिवन–जगत, दर्शन–सिद्धान्त र कला साहित्यहरुका विविध आयाम समेटिएका गम्भिर विषयहरु छन्, जसले साँचो अर्थमा बाँच्नुको मुल्यबोध गराउँछ।

    निबन्धकारको केन्द्रमा सांस्कृतिक चिन्तन छ। बहुलता र र विविधताको प्रेम छ। माटोको सुगन्ध र आदिवासी सौन्दर्य छ। रैथाने दर्शन छ। प्रकृति चिन्तन र स्थानीयता बोधको समुच्चय छ। यसैको गुरुत्वमा बसेर उनी मौलिक विश्वदृष्टिकोण प्रस्तुत गर्छन्। उनी आफैं पनि सुदुर पूर्वको आफ्नै गाउँमा बसेर सिर्जनामा साधनारत छन्। सायद यसको प्रतिबिम्ब पनि उनका निबन्धहरुमा देखिन्छ। उनका निबन्धहरु पढ्दा अर्गानिक स्वाद पाइन्छ जसले लोकल टु ग्लोबलको यात्रा गर्छन्। उनका लागि माटो र प्रकृति नै ज्ञानको सबैभन्दा ठूलो स्रोत हो। उनी आफ्नै आँगनमा जन्मिएको विचार र चेतनाको पक्षमा उभिन्छन्।

    अफ्रिकामा उठेको ‘डिकोलोनाइज्ड माइन्ड मुभमेन्ट’ र हन्टिङटनको ‘क्ल्यास अफ सिभिलाइजेसन एण्ड रिमेकिङ अफ वर्ल्ड’ पुस्तकको बारम्बार कुरा गरिरहन्छन्। उनले ‘फर्स्ट वर्ल्ड’का शक्तिशालि राष्ट्रहरुले कमजोर राष्ट्रहरुको संस्कृति, भाषा र मिथकहरुमाथि गरेको बर्बर दमन र धावाप्रति खबरदारी गरिरन्छन्। अबको समयले बहुसांस्कृतिक समाज नस्वीकारे चौथो विश्वयुद्धका प्रार्दुभाव हुने संकेत गर्छन्। न्युजिल्याण्डको आदिवासी माओरि जाति, दक्षिण अमेरिकाको नेटिभ रेड इन्डियन, अफ्रिकाको आदिवासि जुलु जातिहरुको दमन र शोषणको इतिहास जोड्दै उनी नेपालका आदिवासीविरुद्ध एकल नश्लीय शासकहरुले गरेको सांस्कृतिक र बौद्धिक अतिक्रमणको घोर भर्त्सना  गर्छन्। मार्क्स भन्छन्, “सत्ताधारी वर्गका विचार हरेक युगमा सत्ताधारी विचार नै हुने गर्दछन्। अर्थात जुन वर्ग समाजको सत्ताधारी भौतिक शक्ति हुन्छ, त्यो साथै त्यसको सत्ताधारि बौद्धिक शक्ति पनि हुन्छ।” निबन्धकार नेपालमा एकल नश्लिय चिन्तनले ग्रस्त शासकहरुले आदिवासी जनजातिहरुको अस्तित्व मेट्न विगतबाट गरिरहेका राजनैतिक, शैक्षिक र सांस्कृतिक अतिक्रमणमा यही प्रवृत्ति देख्छन्। निबन्धकारले अब यस्ता साम्राज्यवादी सोच र प्रवृत्तिको विरुद्ध आदिवासीहरुले मोर्चाबन्दी गर्नुपर्ने तर्क प्रस्तुत गर्छन्। बिविध र बहुल अस्तित्वको स्वीकारोक्तिले मात्र स्थायी शान्ति स्थापना भई देश समुन्नत र समृद्ध हुने उनको विचार छ।

    थाम्सुहाङ साहित्यमा पनि सांस्कृतिक लेखनको अपरिहार्यता देख्छन्। नेपाली कविताको शिखर कवि बैरागी काँइलाको सांस्कृतिक लेखनको प्रसंगमा उनी लेख्छन्, “पछिल्लो समय विश्वमै जब स्वपहिचान र जराको खोजि घनिभुत रुपमा उठेर आयो, उनले गरेका मुन्धुमी लेखन गलत थिएन भनेर पुष्टि भएर गयो। उनले गरेको सांस्कृतिक लेखन समुदायकै लागि ठूलो प्राप्ति हो।” सांस्कृतिक चिन्तनको बोध नभइ अबको साहित्यको सिर्जनात्मक धरातल कमजोर बन्छन् भन्ने मान्यता निबन्धकारको छ।

    थाम्सुहाङ भुइँमान्छेहरुको तह र तप्काबाट सोच्ने निबन्धकार हुन्। उत्पीडित, उपेक्षित र शोषितहरुको सामाजिक न्यायको निम्ति उनले निबन्धमार्फत स्वर भर्छन्। उनमा जुन सिमान्तकृत र भुइँमान्छेहरुप्रतिको सम्मान र समानुभुति छ, त्यो उनको आदिवासी चेतनाको धरातलबाट निसृत छ। उनी आफ्नो वैचारिकिमा स्पष्ट र दृढ छन्। उनको हरेक निबन्धहरुमा दुख्नेहरुको साझा व्यथा छ। पीडाको लामो फेहरिस्त छ। “हामी कहाँ उभिएको छौँ?” निबन्धमा सिमानामा देश दुख्नेहरुको पीडा महसुस गर्न सक्छौँ। यो पुर्वी सिमानामा अवस्थित गाउँ समालबुङ र पशुपतिनगरका मानिसहरुले भोग्नुपरेको भारतीय अतिक्रमणको कथा हो। “एक्लै भएको कथा”मा बेरोजगारीले थिलथिलो भएर परदेशिन विवश स्वयं निबन्धकारको एकान्त र निरिहताको भुक्तमानको मार्मिक प्रसंग छ।

    “आत्महत्याको सौन्दर्य”मा हृदय, प्रेम र जीवन दुख्नेहरुको कथा छ। त्यसभन्दा माथि मृत्युलाई वैश्विक दृष्टिकोणबाट चिन्तन गरिएको छ। प्छिल्लो समय बढ्दै गइरहेको आत्महत्याको श्रृंखला देशकै समस्या बन्न पुगेको छ। “रिफ्ुजि कथा”मा माटो दुख्नेहरुको कथा छ। पुर्नवासको निम्ति तेस्रो मुलुकको अवसर छोडेर आफ्नै पुख्र्यौली देश फर्किन चाहने देशप्रेमी सर्जक याम थुलुङको कथाले जोकसैलाई भावुक बनाउन सक्छ। “रुचाल दाइ”मा जातिय भेदभाव दुख्नेहरुको कथा छ, जसले समानताको कुरा गरिरहन्छ। मनुवादी सोचको गर्तमा उम्रिएको वर्णव्यवस्थाले निर्माण गरेको सामाजिक संरचनाको हेजेमोनिले विभेद र उपहासको पात्र बन्न विवश भएका समाजको पिँधमा रहेको रुचाल दाइ उपेक्षित समुदायको प्रतिनिधि पात्र हुन्, जो आफ्नो बलिष्ट शरिर हुँदाहुदै पनि केटाकेटीहरुबाट उपेक्षित र विभेदित भई लिलिपुटीय जीवन बाँच्न विवस छन्। उनी समाजबाट समानता र अपनत्वको प्रत्याभुति पाउन नसकेका पात्र हुन्। उनमा परिवर्तन र विद्रोहको कुनै गुन्जायस छैन, भलै गणतन्त्रको स्थापनापछि उनको जीवनमा केही परिवर्तन देखिन्छ। निबन्धकार थाम्सुहाङ कुनैपनि किसिमको विभेदको घोर निन्दक हुन्। उनका निबन्धहरुले राणा शासनको अन्त्यपश्चात नेपाली जनताले पाएको प्रजातन्त्र, पञ्चायत पश्चात बहाली भएको बहुदलिय व्यवस्था र गणतन्त्रपश्चात आएको संघियता, विकेन्द्रिकरण र धर्मनिरपेक्षता र सबै जनताको पहुचमा पुगेको राजनैतिक अधिकारको गुनगान नि गाउँदै फेरिँदो सौन्दर्यको कुरा गर्छन्।

    शब्दथुमको अधिकांश निबन्धहरुका परिवेश सत्रथुम हो र प्रायः पात्रहरु पनि सत्रथुमकै छन्। सत्रथुम भनेको अरुणपारीका नौ जिल्ला हो, जसलाई दश लिम्बुवान भनेर पनि चिनिन्छ। दस लिम्बुवान र सत्रथुमको आफ्नै राजनैतिक इतिहास छ। भूमि, सँस्कृति र पर्यावरणको गठजोड छ। जीवन दर्शन, मूल्य मान्यता र आचरणहरुको सौन्दर्यशास्त्र छ। निबन्धकारले यही सत्रथुमको जगमा टेकेर स्वपहिचान, नश्लियचेत र जराको घनिभुत खोजि गरेका छन्। उनका निबन्धहरुमा मुलधारबाट ओझेल परेका र सांस्कृतिक स्थापत्यका निम्ति काम गरेका व्यक्तित्वहरुको सङ्घर्ष र योगदानहरुको चर्चा गरिएको छ। नेपाली साहित्यमा मुन्धुमी मिथक र पहिचान लेखनको प्रार्दुभाव गरेर नेपाली प्याराडाइम सिफ्ट गर्ने श्रद्धेय कवि बैरागी काँइला, विश्वसाहित्य र दर्शनको अध्ययन गर्दै गाउँमै चेतनाको दियो बालिरहने अमर नेम्वाङ लगायत लिम्बुवानमै बसेर लिम्बु साहित्यको श्रीवृद्धिमा योगदान गर्नुहुने पुष्पहाङ थाम्सुहाङजस्ता व्यक्तित्वहरुका जिवनगाथाले उनका निबन्ध सिञ्चित छन्।

    पुष्पहाङ थाम्सुहाङ राज्यको अराष्ट्रिय तत्व घोषित हुने डरले सिक्किम पलायन भएको कुराले मन आन्दोलित हुन्छ। त्यति मात्र हैन राज्यको एकल चिन्तनको नीतिले आफ्नै लिम्बु मातृभाषा सिरिजंगा लिपिमा कविता लेख्दालेख्दै, आफनै किरात धर्मसंस्कार मान्दामान्दै पनि अन्तिममा सतपालजी महाराजको सरणमा पुगेर हिन्दु धर्मसंस्कार मान्न विवस लुङमाहिम साँइलाजस्ता गुमनाम पात्र छन्, जो २०१३ सालमा लिम्बुवानको प्रतिनिधि भएर काठमाडौं पनि आएका थिए। आफ्नै भाषा र वाङ्मयमा समर्पित भएर काम गर्दागर्दै अन्तिममा सतपालजी महाराजको शरणमा पुग्ने लुङ्माहिम साँइलाको मानसिकताको पछि कुन राजनीतिले काम गरेको छ? भुमि, भाषा र सँस्कृतिको निम्ति त्यत्रो संघर्ष गर्ने लुङ्माहिम काँइलाजस्तो रवाफिलो पात्र कसरी एक्कासी त्यस्तो परित्यक्त बन्न सक्छ? किन विद्रोह गर्न सक्दैनन्? निबन्धकारले अप्रत्यक्ष रुपमा प्रश्न पनि उठाएका छन्। विषयवस्तु र त्यसको गहनताको हिसाबले “लुङ्माहिम काँइलाको मेटामोर्फोसिस” सङ्ग्रहकै मास्टरपिस निबन्ध हो।

    यति सशक्त निबन्धहरु हुँदाहुँदै पनि शब्दथुममा केही कमजोरी भने प्रष्ट देखिन्छन्। उनका निबन्धहरु सुन्दर र सबल हुँदाहुँदै पनि अलि छोटो लाग्छन्। घटनाहरुको बिस्तृतिको कमीले निबन्धको घनत्व अलि कमजोर भएझैं आभाष हुन्छ। कति निबन्धहरु हतारमा त कति सङ्ग्रहको मोटाइ भर्न मात्रै लेखेजस्तो नि लाग्छन्। नोस्टाल्जियामा बग्ने हुँदा निबन्धकार कतै भावनाको बर्खे भेलमा डुब्छन् भने कतै सम्झनाहरुको बाक्लो हुस्सुभित्र हराउँछन्। कतैकतै अनावश्यक प्रसंग जोडेर निबन्धको मर्म विषयान्तर भएको जस्तो नि बोध हुन्छ।

    निबन्धकार फ्रान्सिस बेकन भन्छन्, “यदि विद्धान मानिसहरुले कुनै विषयमा लामो समयसम्म बहस गरिरहे सत्यको जरुर अन्वेषण हुनेछ।” निबन्धकार थाम्सुहाङ सत्य अन्वेषणको यही यात्रामा अग्रसर छन्। आशा गरौँ, शब्दथुम निबन्धसङ्ग्रहले पनि जीवनका विविध ज्ञानहरुको खोज र चिन्तनमा पक्कै योगदान दिनेछ।

    •  shares
    • Facebook
    • Twitter
    • WhatsApp
    • Gmail
    • Viber
    • Messenger
      सञ्जित फलाना

      सञ्जित फलाना

      Related Posts

      ७७औं वर्षमा नेकपा: नेतृत्वसम्बन्धी जनवादी विधि अभ्यास नहुँदा गल्दै वामपन्थी दलहरु

      ७७औं वर्षमा नेकपा: नेतृत्वसम्बन्धी जनवादी विधि अभ्यास नहुँदा गल्दै वामपन्थी दलहरु

      विश्वबन्धु भण्डारी
      बैशाख ९, २०८२

      नेपाल कम्युनिष्ट पार्टी वि.सं. २००६ साल वैशाख १० गते तदनुसार २२ अप्रिल १९४९ मा भारतको कलकत्तामा स्थापना भएको हो। आजको...

      नेकपामा विभाजनको कारक डा. रायमाझी

      नेकपामा विभाजनको कारक डा. रायमाझी

      विश्वबन्धु भण्डारी
      फाल्गुन १८, २०८१

      नेपाल कम्युनिष्ट पार्टी स्थापनाको १३ बर्ष पुग्दानपुग्दै २०१९ सालमा वनारसमा भएको तृतीय महाधिवेशनबाट औपचारिक रुपमा पार्टी विभाजन हुन पुगेको थियो।...

      हँसिया हथौडाको झन्डा र पुष्पलालको तस्विर अङ्कित ब्यानरमा कम्युनिस्ट भेला

      हँसिया हथौडाको झन्डा र पुष्पलालको तस्विर अङ्कित ब्यानरमा कम्युनिस्ट भेला

      विश्वबन्धु भण्डारी
      मंसिर ११, २०८१

      नेपालमा विभिन्न समयमा कम्युनिस्ट आन्दोलनमा योगदान गरेकाहरूको भेला आयोजना गर्ने सन्दर्भममा काठमाडौँमा वि.सं. २०७९ कार्तिक केशरमणि पोखरेलको निधनमा श्रद्धाञ्जली तथा...

      गण्डकीमा वामपन्थी ज्येष्ठ नागरिक मिलन कार्यक्रम सम्पन्न

      गण्डकीमा वामपन्थी ज्येष्ठ नागरिक मिलन कार्यक्रम सम्पन्न

      नेपाल रिडर्स
      मंसिर १०, २०८१

      (पञ्चायती शासन कालमा नेपालमा नयाँ जनवादी क्रान्तिका माध्यमबाट समाज परिवर्तन गर्न विभन्न कम्युनिष्ट पार्टीमा स‌गठित भएर वा स्वतन्त्र रुपमा सक्रिय...

      कस्तो अर्थतन्त्र कस्ता नीतिः हरि रोकाको वैकल्पिक प्रस्ताव

      कस्तो अर्थतन्त्र कस्ता नीतिः हरि रोकाको वैकल्पिक प्रस्ताव

      नेपाल रिडर्स
      मंसिर ६, २०८१

      हरि रोका यो समयका सबैभन्दा सक्रिय मध्येका एकजना सार्वजनिक वौद्धिक व्यक्तित्व हुन्। उनलाई पाठकहरुले तिस वर्षअघिदेखि पढ्दै आएका छन्। यस...

      कम्युनिष्ट आन्दोलनमा बिताएका बर्षहरु : रामराज रेग्मी

      कम्युनिष्ट आन्दोलनमा बिताएका बर्षहरु : रामराज रेग्मी

      नेपाल रिडर्स
      मंसिर ३, २०८१

      कम्युनिस्ट आन्दोलनमा ५५ वर्ष विभिन्न भूमिकामा सक्रिय रहेर काम गरेका, हेडसर, नेता र लेखक रामराज रेग्मीसँग झलक सुवेदीले गरेको संवाद...

      Leave a Reply Cancel reply

      Your email address will not be published. Required fields are marked *

      सिफारिस

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?
      विचार

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?

      प्रा. चैतन्य मिश्र
      मंसिर ६, २०८०

      थप पढ्नुहोस्Details
      महङ्गीबारे रहस्यमय मौनता
      समाज

      महङ्गीबारे रहस्यमय मौनता

      नरेश ज्ञवाली
      कार्तिक १४, २०८०

      थप पढ्नुहोस्Details
      भारतीय समाजको नाजीकरण भइसक्यो!
      विचार

      भारतीय समाजको नाजीकरण भइसक्यो!

      अरुन्धती रोय
      कार्तिक ११, २०८०

      थप पढ्नुहोस्Details
      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!
      विचार

      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!

      नालेदी पान्दोर
      कार्तिक १०, २०८०

      थप पढ्नुहोस्Details

      सामाजिक सञ्जालमा पुग्नुहोस्

      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • हाम्रो बारे

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.

      Welcome Back!

      गुगल मार्फत साइन इन गर्नुहोस्
      Sign In with Linked In
      वा

      Login to your account below

      Forgotten Password? Sign Up

      Create New Account!

      गुगल मार्फत साइन अप गर्नुहोस्
      Sign Up with Linked In
      वा

      Fill the forms bellow to register

      All fields are required. Log In

      Retrieve your password

      Please enter your username or email address to reset your password.

      Log In

      Add New Playlist

      नतिजा छैन
      सबै नतिजा हेर्नुहोस्
      • राजनीति
      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • मल्टिमिडिया
      • ब्लग

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.