Date
शनि, जेष्ठ ४, २०८२
Sat, May 17, 2025
Saturday, May 17, 2025
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
  • लग - इन
  • दर्ता गर्नुहोस्
Nepal Readers
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
Nepal Readers
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्

अमेरिकी संसदको हिंसा र ट्रम्प–ओली प्रवृत्ति

शिवप्रसाद तिवारी शिवप्रसाद तिवारी
पुस २६, २०७७
- history, विमर्शका लागि, सामयिक
A A
0
  •  shares
  • Facebook
  • Twitter
  • WhatsApp
  • Gmail
  • Viber
  • Messenger

    जस्तोसुकै प्रजातन्त्रको हिमायती हुँ भन्ने देशहरूमा पनि चुनावका माध्यमबाट केही व्यक्तिवादी, अलोकतान्त्रिक प्रवृत्तिका मान्छेहरू चुनिने सम्भावना हुँदोरहेछ। डोनाल्ड ट्रम्प पनि २०१६ मा त्यसैगरी अमेरिकन राष्ट्रपतिका रूपमा चुनिएर आएका थिए र २०२० को चुनावमा ‘फेरि म आफैं चुनिनुपर्छ, म निर्वाचित नभएको चुनाव धाँदलीयुक्त हुन्छ’ भनेर उनले संकथन (न्यारेटिभ) निर्माण गरेका थिए। आत्मकेन्द्रित, अधिनायकवादी, आलोतान्त्रिक प्रवृत्तिको द्योतक पनि हो उनको सोच। यस्तो संकथन निर्माण भएको सन्र्दभमा ट्रम्पले नै आग्रह गरेपछि ट्रम्प र उनका समर्थक कार्यकर्ताहरू हिंसामा उत्रनुचाहिँ आक्रमणमा उत्रनु स्वभाविक नै हो।

    ‘श्वेत राष्ट्रवाद’
    बाहिर नभनिएको तर डोनल्ड ट्रम्पका समर्थकहरूले बारम्बार अभिव्यक्त गरेको कुरा ‘श्वेत राष्ट्रवाद’ हो। ह्वाइट सुप्रिमेसी (श्वेत सर्वोच्चता) स्विकार्नुपर्ने र क्रिश्चियन धर्म अँगाल्नुपर्ने, त्यस विषयलाई उनीहरूले जोड दिने गरेका थिए। पहिलेदेखि स्थापित मनोविज्ञान पनि हो यो अमेरिकन समाजको । तर जानशांख्यिक बनौट फेरिँदै जाँदा विस्तारै त्यहाँ काला र अन्य जातिहरू ; एशियन अमेरिकन, ल्याटिनोलगायतका अल्टरनेटिभ आइडेन्टीटीहरू पनि बढ्न थाले । काम र शिक्षाको खोजमा अमेरिकामा तिनको शंख्या बढ्न थाल्यो । तर श्वेत राष्ट्रवादमा विश्वास गर्नेहरू यो कुराबाट पहिलेदेखि नै खुसी थिएनन् । अमेरिकाकै अशिक्षित र ग्रामीण भेगमा बस्ने मान्छेहरू, जो उति राम्रो स्तरका कामहरू गर्ने अवसर हत्तपत्त पाउँदैनन्, तिनीहरूले बाहिरबाट आएका नागरिकहरूबाट चुनौती महसुस गर्छन्। र, सोही कारण उनीहरू नश्लीय विभेद पनि गर्नुपर्छ भन्ने ठान्छन् । सोही कुरा क्यापिटोल हिलको आक्रमणमार्फत अमेरिकामा प्रकट भएको हो ।

    अमेरिकाकै अशिक्षित र ग्रामीण भेगमा बस्ने मान्छेहरू, जो उति राम्रो स्तरका कामहरू गर्ने अवसर हत्तपत्त पाउँदैनन्, तिनीहरूले बाहिरबाट आएका नागरिकहरूबाट चुनौती महसुस गर्छन्। र, सोही कारण उनीहरू नश्लीय विभेद पनि गर्नुपर्छ भन्ने ठान्छन् । सोही कुरा क्यापिटोल हिलको आक्रमणमार्फत अमेरिकामा प्रकट भएको हो।

    अमेरिकाको घरेलु नीति र परराष्ट्र नीतिलाई दुई फरक कोणबाट हेर्नुपर्छ । व्यक्तिगत स्वतन्त्रता, अभिव्यक्ति स्वतन्त्रता र प्रेस स्वतन्त्रतालगायतका सबै आयामहरूमा उ फराकिलो छ । व्यक्तिलाई सकेसम्म यी सबै स्वतन्त्रता उपयोग गर्न दिने भन्ने अमेरिकी नीति छ । संसारभरी उसको र पश्चिमा नीतिलाई अनुकरणीय ठानिएको थियो । तर घरेलु नीतिमा अमेरिकी जति प्रजातान्त्रिक छ, विदेश नीतिमा उ त्यति प्रजातान्त्रिक छैन । त्यसका केही कारणहरू पनि छन् ।

    अमेरिकी अपवादवाद
    जस्तो: अमेरिका के कुरामा विश्वास गर्छ भने लिबरल पलिटिकल अर्डरको यो जुन विश्वसंरचना छ आज, यो अर्डरको सर्जक, हिमायती निरन्तरता दिने नै अमेरिका हो भन्ने विश्वास उसलाई छ । लोकतान्त्रिक भनिने र अलोकतान्त्रिक भनिने देशहरूबीचको द्वन्द्व वैचारिक र आर्थिक पनि हुन्छ । तर ‘प्रजातन्त्र जोगाउन’का लागि युद्धमा पनि जानुपर्ने हुनसक्छ भन्ने धारणा राख्छ अमेरिका । योचाहिँ उसको आधिकारिक संकथन हो । तर अमेरिकाले संसाभर लोकतन्त्रलाई बढावा दिएको या लोकतन्त्र स्थापना गर्न खोज्ने भन्नेचाहिँ होइन । उसले आफ्नो सुविधाअनुसार कतिपय देशहरूमा अलोकतान्त्रिकक प्रणालीहरूलाई पनि मान्यता दिएको छ, सम्बन्ध राखेको छ, उपयोग गरेको छ । मध्यपूर्वमा त लोकतन्त्र छैन तर त्यहाँ अमेरिकाको एकदमै राम्रो सम्बन्ध छ । मध्यपूर्वमा प्रायः ‘उदार तानाशाह’हरूले शासन गरेको देखिन्छ ।

    लोकतान्त्रिक भनिने र अलोकतान्त्रिक भनिने देशहरूबीचको द्वन्द्व वैचारिक र आर्थिक पनि हुन्छ । तर ‘प्रजातन्त्र जोगाउन’का लागि युद्धमा पनि जानुपर्ने हुनसक्छ भन्ने धारणा राख्छ अमेरिका। योचाहिँ उसको आधिकारिक संकथन हो।

    अमेरिकाको विदेश नीतिमा विरोधभास छ । आफूले नरुचाएको तानाशाहलाई उ हटाउँछ, मन परेको छ भने सत्तामा टिकाउन सहयोग गर्छ । यसलाई अमेरिकी विदेश नीतिमा ‘एक्ससेप्सनालिजम्’(अपवादवाद) भनिन्छ । संसारको सबैभन्दा ठूलो शक्ति हामी हौं, यो राजनीतिक संरचना बनाएको हामीले हो र विश्वमा जेजति ठूला संस्थाहरू छन्, त्यो बनाउन हाम्रै नेतृत्वदायी भूमिका छ । यसका लागि सधैं संगतीपूर्ण काम गरेर मात्र हुँदैन, कहिलेकाहीँ विसंगतीपूर्ण कामहरू समेत गरेर हामीले उयथलपुथल ल्याउनु पर्ने हुनसक्छ भन्ने सोँचलाई ‘एक्सेप्नललिज्म’ भनिन्छ ।

    ‘देखियो तिम्रो पनि हालत’
    तर ४ दिनअघि वासिङ्टनस्थित अमेरिकन संसद भवनमा ट्रम्प समर्थक भीड छिरेर जुन दंगा मच्चायो, त्यसले ‘अमेरिकन प्रजातन्त्र’को अर्को रूप पनि उदांगो भयो । संसदलाई त लोकतान्त्रिक व्यवस्थाको मन्दिरझैं मानिन्छ । त्यो पनि सबैभन्दा शक्तिसाली राष्ट्र र लोकतन्त्रको दुहाई दिने राष्ट्रमा भएको सो घट्ना आफैंमा अनौठो छ । लोकतन्त्रबारे अरु देशलाई पाठ पढाउँदै आएको राष्ट्रमा, त्यो पनि राष्ट्रपति स्वयंले उक्साएर त्यहाँको सर्वोच्च निकायमा धावा बोले । त्यसभित्र छिरेर भौतिक संरचनामा क्षति पुर्‍याए, सांसदहरूलाई समेत भगाउने अवस्था आइपर्‍यो । यो त लोकतान्त्रिक निर्वाचनमाथिकै धावा हो । किनकि जो बाइडेनले ८ करोड भोट ल्याएर चुनाव जितेका छन् । तयसमाथि, रिपब्लिकन पार्टीभित्रै पनि ट्रम्पले गरेको सो हर्कत ठीक छैन भन्ने प्रजातान्त्रिक धारका मान्छे थुपै्र छन् ।

    लोकतन्त्रबारे अरु देशलाई पाठ पढाउँदै आएको राष्ट्रमा, त्यो पनि राष्ट्रपति स्वयंले उक्साएर त्यहाँको सर्वोच्च निकायमा धावा बोले । त्यसभित्र छिरेर भौतिक संरचनामा क्षति पुर्‍याए, सांसदहरूलाई समेत भगाउने अवस्था आइपर्‍यो । यो त लोकतान्त्रिक निर्वाचनमाथिकै धावा हो।

    अभिव्यक्ति स्वतन्त्रता, मानव अधिकार, प्रेस स्वतन्त्रता र शक्तिको शान्तिपूर्ण हस्तान्तरणको कुरा गर्ने अमेरिकामा समेत यस्तो घटना भएपछि भोलि दुनियाँले अमेरिकालाई सोध्नेछ, अहिल्यै सोधिसके, ‘तिमीले हामीलाई कसरी अर्तिउपदेश दिन सक्छौ? त्यतिखेर यी प्रश्नको सामना गर्न सहज हुनेछैन अमेरिकालाई । तर यति हुँदाहुँदै पनि हामीले शान्तिपूर्ण रूपमा शक्ति हस्तान्तरण त गर्यौं नि भन्ने तर्क पनि प्रस्तुत गर्लान् उनीहरूले ।

    ‘ट्रम्प त एउटा अपवाद थिए, अमेरिकाजस्तो लोकतन्त्रको नदीले उसलाई छेउ लगाइदियो, ट्रम्पजस्तो विकृतिलाई तह लगाइदियो’ भन्ने तर्क पनि आउला उनीहरूका तर्फबाट । तर यतिनै खेर हामीले के कुरा बिर्सनुहुँदैन भने ट्रम्पको विचारलाई मानेर, उसलाई रुचाएर भोट दिने मान्छेको शंख्या सात करोड थियो । अहिलेसम्म कुनै पनि बहाल राष्ट्रपतिमध्ये ट्रम्पले पाएको भोट सबैभन्दा धेरै रहेछ । यो जनमत अमेरिकामा रहेछ । ट्रम्पले जनतालाई सम्बोधन गरेर ‘अब हामी शान्तिपूर्ण तरिकाले सत्ता हस्तान्तरण गर्छौं भनेको भए क्यापिटोल हिलमा त्यो दंगा र हिंसा हुँदैनथ्यो होला । तर ट्रम्पजस्ता अनुदारवादीहरूबाट त्यो अपेक्षा गर्नु पनि बेकारकै कुरा हो ।

    संसारभरीबाट अमेरिकनहरूलाई भनियो कि शान्तिपूर्ण तरिकाबाट सत्ता हस्तान्तरण होस् । अनुदारवादी नै मानिने बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले समेत भने, ‘क्यापिटोल हिलमा जे भयो, त्यो दूर्भाग्यपूर्ण भयो । त्यहाँ शक्तिको शान्तिपूर्ण हस्तान्तरण होस्’ भनेर आफ्नो सामाजिक संजालमा लेखे । संसारभर यसैगरी थुप्रैले बोले। यही समय, हामी के पनि भन्नसक्छौं भने, लोकतन्त्रमाथि संकट पर्दै गर्दा, लोकतन्त्रमाथि शंका गर्दैगर्दा ट्रम्पलाई त्यहाँका जनताले चुनावद्वारा नै हटाए। उनको नराम्रो इमेज बन्यो । रिपब्लिकनहरूले समेत उनको आलोचना गरे । अमेरिकालाई क्यापिटोल हिलको आक्रमणको असरबाट मुक्ति पाउन समय लाग्छ।

    यही समय, हामी के पनि भन्नसक्छौं भने, लोकतन्त्रमाथि संकट पर्दै गर्दा, लोकतन्त्रमाथि शंका गर्दैगर्दा ट्रम्पलाई त्यहाँका जनताले चुनावद्वारा नै हटाए। उनको नराम्रो इमेज बन्यो । रिपब्लिकनहरूले समेत उनको आलोचना गरे । अमेरिकालाई क्यापिटोल हिलको आक्रमणको असरबाट मुक्ति पाउन समय लाग्छ।

    अमेरिकी लोकतन्त्रका अपवाद हुन् ट्रम्प । र, यो घट्नालाई उदाहरण मानेर कतिपय तानशाह र अधिनायकवादीहरू अघि बढ्न पनि सक्छन् । लोकतान्त्रिक देशमै पनि कतिपय अधिनायकवादी, फासीवादी र आत्मकेन्द्रित चरित्रका मान्छेहरू सत्ता र शक्तिमा छन् । त्यस्ता अहंकारी शासकहरूले ‘अमेरिकामा त यस्तो भएको थियो भने हाम्रोमा गर्न किन नहुने’ भनेर थप निरंकुश हुने प्रेरणा प्राप्त गर्न सक्छन् । सम्भवतः कतिपय त प्रेरित पनि भइरहेका होलान् ।

    ओली र ट्रम्प : एउटै ड्याङका मुला
    र, नेपालका प्रधानमन्त्री खड्गप्रसाद ओली ट्रम्प र ओलीका चरित्र र कदम पनि कहिँ कतै मिल्दाजुल्दा छन् । संसद विघटन क्यापिटोल हिलको आक्रमण एकै समयताक भएकाले मात्र उहाँहरूबीच तुलना गर्न खोजेको होइन । तर हाम्रा प्रम खड्गप्रसाद ओली पनि ट्रम्पजस्तै आत्मकेन्द्रित हुनुहुन्छ। उहाँले पनि राज्यसत्ताका सबै निकायलाई प्रभावित गर्न खोज्नुभयो । यी शक्तिहरूको सदुपयोग गदिएको भए पनि राम्रै हुन्थ्यो, तर त्यसो हुन सकेन । ओली आफैंमा तानाशाह त होइनन्, तर अधिनायकवादी प्रवृत्ति भएको व्यक्तिचाहिँ हो । उहाँको पार्टी, संसदीय दल, केन्द्रीय समिति, स्थायी, पोलिटब्यरो र सचिवालयमा समेत अल्पमतमा परेपछि उहाँले सरक्क छाडिदिनुपथ्र्यो । तर उहाँले त्यसो गर्नुभएन ।

    यो चुनाव खड्गप्रसाद ओलीले जितको होइन। नेकपाले जितको थियो। ओलीले जनमतको कदर गर्नुपथ्र्यो। पार्टीको रिसमा उहाँले सरक्क लगेर संसद विघटनको घोषणा गरिदनुभयो, त्यो पनि संविधानको कुन धारालाई टेकेर उहाँले त्यस्तो घोषणा गरेको हो, त्यसको टुंगो पनि छैन । प्रतिनिधि सभाको आयु कसरी बढाउन सकिन्छ भन्ने धारालाई प्रयोग गरेर प्रतिनिधिसभको आयु घटाउने प्रयास गर्नुभयो उहाँले । त्यसो गर्न त मिल्दैन नि।

    किनकि यो चुनाव खड्गप्रसाद ओलीले जितको होइन। नेकपाले जितको थियो। ओलीले जनमतको कदर गर्नुपथ्र्यो। पार्टीको रिसमा उहाँले सरक्क लगेर संसद विघटनको घोषणा गरिदनुभयो, त्यो पनि संविधानको कुन धारालाई टेकेर उहाँले त्यस्तो घोषणा गरेको हो, त्यसको टुंगो पनि छैन । प्रतिनिधि सभाको आयु कसरी बढाउन सकिन्छ भन्ने धारालाई प्रयोग गरेर प्रतिनिधिसभको आयु घटाउने प्रयास गर्नुभयो उहाँले । त्यसो गर्न त मिल्दैन नि ।

    तर ओलीले त्यही गर्नुभयो । नेपालमा वारम्बार संसद विघटन भएको विगतका नजिर देखेर अब त्यस्तो नहोस् भनेर त्यही किसिमको संवैधानिक प्रावधानहरू राखिएको हो। त्यतिखेरका संविधानसभाका सदस्यहरूले यो कुरा भन्नुभएको छ । प्रमुखले पनि सोही कुरा भन्नुभएको रहेछ। तर ओलीले अधिकनायकवादी प्रवृत्ति देखाउनुभयो। म प्रम हुन पाइनँ भने प्रमको कुर्सीको खुट्टा नै भाँचिदिन्छु भनेर उहाँले पहिले पनि भन्नुभएकै हो। अधिनायकवादी र आत्मकेन्द्रित सोँच हो यो। ट्रम्प र ओलीको प्रवृत्ति आखिर उस्तै हो । अमेरिकामा टम्प प्रवृत्ति परास्त भयो, आशा गरौं, हाम्रोमा पनि हुनेछ ।

    भिडियो:

     

    •  shares
    • Facebook
    • Twitter
    • WhatsApp
    • Gmail
    • Viber
    • Messenger
      शिवप्रसाद तिवारी

      शिवप्रसाद तिवारी

      Related Posts

      ७७औं वर्षमा नेकपा: नेतृत्वसम्बन्धी जनवादी विधि अभ्यास नहुँदा गल्दै वामपन्थी दलहरु

      ७७औं वर्षमा नेकपा: नेतृत्वसम्बन्धी जनवादी विधि अभ्यास नहुँदा गल्दै वामपन्थी दलहरु

      विश्वबन्धु भण्डारी
      बैशाख ९, २०८२

      नेपाल कम्युनिष्ट पार्टी वि.सं. २००६ साल वैशाख १० गते तदनुसार २२ अप्रिल १९४९ मा भारतको कलकत्तामा स्थापना भएको हो। आजको...

      नेकपामा विभाजनको कारक डा. रायमाझी

      नेकपामा विभाजनको कारक डा. रायमाझी

      विश्वबन्धु भण्डारी
      फाल्गुन १८, २०८१

      नेपाल कम्युनिष्ट पार्टी स्थापनाको १३ बर्ष पुग्दानपुग्दै २०१९ सालमा वनारसमा भएको तृतीय महाधिवेशनबाट औपचारिक रुपमा पार्टी विभाजन हुन पुगेको थियो।...

      हँसिया हथौडाको झन्डा र पुष्पलालको तस्विर अङ्कित ब्यानरमा कम्युनिस्ट भेला

      हँसिया हथौडाको झन्डा र पुष्पलालको तस्विर अङ्कित ब्यानरमा कम्युनिस्ट भेला

      विश्वबन्धु भण्डारी
      मंसिर ११, २०८१

      नेपालमा विभिन्न समयमा कम्युनिस्ट आन्दोलनमा योगदान गरेकाहरूको भेला आयोजना गर्ने सन्दर्भममा काठमाडौँमा वि.सं. २०७९ कार्तिक केशरमणि पोखरेलको निधनमा श्रद्धाञ्जली तथा...

      गण्डकीमा वामपन्थी ज्येष्ठ नागरिक मिलन कार्यक्रम सम्पन्न

      गण्डकीमा वामपन्थी ज्येष्ठ नागरिक मिलन कार्यक्रम सम्पन्न

      नेपाल रिडर्स
      मंसिर १०, २०८१

      (पञ्चायती शासन कालमा नेपालमा नयाँ जनवादी क्रान्तिका माध्यमबाट समाज परिवर्तन गर्न विभन्न कम्युनिष्ट पार्टीमा स‌गठित भएर वा स्वतन्त्र रुपमा सक्रिय...

      कस्तो अर्थतन्त्र कस्ता नीतिः हरि रोकाको वैकल्पिक प्रस्ताव

      कस्तो अर्थतन्त्र कस्ता नीतिः हरि रोकाको वैकल्पिक प्रस्ताव

      नेपाल रिडर्स
      मंसिर ६, २०८१

      हरि रोका यो समयका सबैभन्दा सक्रिय मध्येका एकजना सार्वजनिक वौद्धिक व्यक्तित्व हुन्। उनलाई पाठकहरुले तिस वर्षअघिदेखि पढ्दै आएका छन्। यस...

      कम्युनिष्ट आन्दोलनमा बिताएका बर्षहरु : रामराज रेग्मी

      कम्युनिष्ट आन्दोलनमा बिताएका बर्षहरु : रामराज रेग्मी

      नेपाल रिडर्स
      मंसिर ३, २०८१

      कम्युनिस्ट आन्दोलनमा ५५ वर्ष विभिन्न भूमिकामा सक्रिय रहेर काम गरेका, हेडसर, नेता र लेखक रामराज रेग्मीसँग झलक सुवेदीले गरेको संवाद...

      सिफारिस

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?
      विचार

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?

      प्रा. चैतन्य मिश्र
      मंसिर ६, २०८०

      थप पढ्नुहोस्Details
      महङ्गीबारे रहस्यमय मौनता
      समाज

      महङ्गीबारे रहस्यमय मौनता

      नरेश ज्ञवाली
      कार्तिक १४, २०८०

      थप पढ्नुहोस्Details
      भारतीय समाजको नाजीकरण भइसक्यो!
      विचार

      भारतीय समाजको नाजीकरण भइसक्यो!

      अरुन्धती रोय
      कार्तिक ११, २०८०

      थप पढ्नुहोस्Details
      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!
      विचार

      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!

      नालेदी पान्दोर
      कार्तिक १०, २०८०

      थप पढ्नुहोस्Details

      सामाजिक सञ्जालमा पुग्नुहोस्

      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • हाम्रो बारे

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.

      Welcome Back!

      गुगल मार्फत साइन इन गर्नुहोस्
      Sign In with Linked In
      वा

      Login to your account below

      Forgotten Password? Sign Up

      Create New Account!

      गुगल मार्फत साइन अप गर्नुहोस्
      Sign Up with Linked In
      वा

      Fill the forms bellow to register

      All fields are required. Log In

      Retrieve your password

      Please enter your username or email address to reset your password.

      Log In

      Add New Playlist

      नतिजा छैन
      सबै नतिजा हेर्नुहोस्
      • राजनीति
      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • मल्टिमिडिया
      • ब्लग

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.