यु एस ट्रेड रिप्रेजेन्टेटिभ अफिसले बिहीबार चीनबाट आयात गरिने केही मेडिकल उत्पादनहरू जस्तै मास्क, स्टेथोस्कोप र रक्तचाप कफ स्लीभमा लगायत अन्य केही सामग्रीहरुमा आयात शुल्क छुट गरेको बताएको छ।
यस्तो छूट अमेरिकामा कोरोनाभाइरस प्रकोप बढ्दै जाँदा गरिएको हो। गत बर्ष सेप्टेम्बर १ मा चौथो पटक यी चिनियाँ सामानहरुमा अमेरिकाले आयात कर लगाएको थियो।