सम्पादकीय टिप्पणी: पश्चिमाहरु र पश्चिमादिक्षित मष्तिष्कले हरेक मामलामा द्वैध चरित्र प्रदर्शन गर्छ। खासगरी पूर्वीया तथा सामुदायिक कल्याणका सन्दर्भमा। यस पटक पनि कोभिड–१९ का सन्दर्भमा चीनलाई कसरी प्रस्तुत गर्यो र हाल इटालीलाई कसरी पेश गर्दैछ? सो बारे चिन्तन र हेक्का राख्नका लागि यो समाचार विश्लेषण यहाँ प्रस्तुत गरिएको छ।
कोभिड– १९ को संक्रमणप्रसार वृद्धि रोक्न इटाली अधिकारीहरूले चीनको वुहानको मोडेल नै पछ्याउने निर्णय गरे। गएको सोमबार, सरकारले मुलुकको ६ करोड जनसंख्यालाई करीव नाकाबन्दी गर्ने घोषणा गर्यो। इटलीका प्रधानमन्त्री ज्युसेपे कोन्टेले पत्रकार सम्मेलनमा भने, “रेड जोनका सबै उपायहरू अब मुलुकको पुरै भूभागमा विस्तार गरिएका छन्।”
भाइरसका विरुद्ध लडिने लडाईमा कडा क्वारेन्टाइन गर्नु कुनै अनौंठो कुरा होइन। तर सधै मनमा राम्ररी राख्नुहोस् ! कडा क्वारेन्टाइनका सम्बन्धमा पश्चिमीहरुले समाजवादी चीन र पूँजीवादी इटालीका लागि भनिएका कुराहरुले पश्चिमीहरुको दुई जिव्रो देखिएको छ। “यात्रा प्रतिबन्ध गर्ने कुराले भाइरसको संक्रमणविस्तार रोक्न सरकारले गरेको प्रयास सकारात्मक देखियो जसलाई नियमित गर्न आफ्नो प्रयासहरूलाई निरन्तरता दिइरहेको छ।” न्यू योर्क टाइम्स (एनवाइटी) इटालीको नाकाबन्दी सम्बन्धी रिपोर्टमा उल्लेखित छ।
तर, जब यस्तै चीनमा गरिएको थियो, त्यसवेला यही न्यूयोर्क टाइम्सले यस्तो टिप्पणी गरेको थियो: “यसतो (चिनियाँ नाकाबन्दी) अभियान जनताको जीविका तथा व्यक्तिगत स्वतन्त्रताको लागि ठूलो मूल्य बोहेरेर चलाइयो।” अर्को लेखमा, यसैले थप जोड दियो कि चीनको “संयन्त्र प्रबन्धन प्रणालीले … देशलाई सानो खण्ड– खण्डमा विभाजन गर्दछ र विशाल जनसंख्यामाथि कडा पकड सुनिश्चित गर्दै हरेकले हरेकलाई निगरानी गर्ने जिम्मा दिन्छ।”
नाकावन्दी एक चरम उपाय हो, जसलाई चीन र इटाली दुबैले मृत्यु रोक्नका लागि अख्तियार गरिरहेका छन्। तर न्यूयोर्क टाइम्स– प्रतिनिधित्व गर्ने पश्चिमी मिडियाहरु देशको राजनीतिक प्रणालीमा आधारित रहेर रिपोर्ट गर्ने गर्दछन्। यसैकारण तिनीहरुले प्रसार गर्दैछन् – इटालीमा नाकाबन्दी “आवश्यक”, तर चीनमा “स्वतन्त्रता माथिको दमन”।
दशकौंदेखि, त्यस्ता मिडियाहरूले प्रजातन्त्रको पहरेदारका रुपमा भूमिका खेलेको भन्दै यस्ता चलाखी गरिरहेका नै छन्। तर वास्तविकता भने ठ्याक्कै यसको विपरित हुने गर्दछ। पेशाधर्मीता र निष्पक्षताको वकालत गर्दै तिनीहरूले पश्चिमी मुलुकका भन्दा पृथक विशेषता भएका विभिन्न राजनीतिक प्रणाली भएका मुलुकहरूलाई आक्रमण गर्न हरेक अवसरलाई प्रयोग गरिरहेका छन् जसमा भाइरसको राजनीतिसँग कुनै सरोकार छैन।
चीनको अकल्पनीय क्वारेन्टाइन अभियान कोभिड–१९ को प्रसार रोक्नका लागि अचूक प्रभावी साबित भयो। यस अभियानलाई सबै तहका चिनियाँ अधिकारीहरूले परिचालन गरिरहेका छन्। यस्तो विशाल र व्यापक प्रयासलाई अन्तर्राष्ट्रिय संस्थाहरूले मान्यता दिएका छन् र उत्साहका साथ समर्थन गरेका छन् र आंशिक रूपमा इटालीले पनि चीनको भाइरसविरुद्धको संघर्षमा अनुसरण गर्ने निर्णय गरेको छ।
यद्यपि चीनको सकारात्मक पक्षबारे पश्चिमाहरुले प्रचार त गरेनन् गरेनन् बरु भिन्न तरिकामा चित्रण गर्ने गरिएको छ। यस्तो दोहोरो मानक पश्चिमी मिडियाको अनुवंश या रगतमा छ। हङ्कङ्, सिन्जियाङ्ग, ताइवान, र अन्य चीन सम्बन्धी विषयहरूको रिपोर्टिङ्गमा यी तथाकथित “प्रजातन्त्रका-लडाकू” ले जहिले पनि पश्चिमाहरुको मानसपुत्रका रुपमा भूमिका निर्वाह गरेकाछन्। कोभिड–१९ को मामलामा पनि यसै गर्दैछन्।
दशकौंदेखि पश्चिमले “उदार” अन्तर्राष्ट्रिय व्यवस्थालाई साँचो रुपमा उदार बनाउन र “उदार” अन्तर्राष्ट्रिय व्यवस्थाबाट गैर-पश्चिमी देशहरूलाई “मुक्ति” दिलाउन कुनैखालका प्रयास कहिल्यै गरेन। यो सत्य हो कि शीतयुद्धदेखि पश्चिमी मुलुकले विश्वव्यापी मैदानमा प्रमुख भूमिका खेल्दै आएको छ। औद्योगीकरणले गर्दा पश्चिमी देशहरूले आर्थिक जगत र सैन्य क्षेत्रमा प्रतिस्पर्धाविहिन विजयी बनेका छन्। तिनीहरुको हार्ड–पावरको आधारमा पश्चिमले अन्तर्राष्ट्रिय विचारविमर्श प्रणाली या मञ्चमार्फत् गैर-पश्चिमी समकक्षीहरू भन्दा अत्यिधक संचार गर्न र यसमा तिनीहरुका मनशाय पुरा गर्न सकेका छन्।
यसले, केही हदसम्म, पश्चिम वर्चस्व मानसिकतालाई योगदान पुर्याउँछ। यस सन्दर्भमा, पश्चिमाहरुलाई आफ्नो राजनीतिक प्रणाली र मूल्यहरू “साना मुलुकहरू” लाई बेच्न पश्चिमका लागि राजनीतिक रूपले सही जस्तो देखिन्छ। यसले सन् २०१० को दशकमा अमेरिकाले किन “अरब स्प्रिङ” चलायो भन्ने कुरालाई पनि बुझाउँदछ। यस “अरब स्प्रिङ” पछिका घटनाक्रम पछि मध्य– पूर्वलाई दु:खको खाडलमा घिसार्दै लगेकोछ र पश्चिमी देशहरूभन्दा बाहिरका अन्यत्र मुलुकहरुमा पनि पश्चिमी प्रणाली प्रत्यारोपण गर्न प्रयास गरिरहेको छ।
तर हालका वर्षहरुमा चीनको उदयले पश्चिमाको सर्वोच्चता मानसिकतामा प्रत्यक्ष चुनौती खडा गरेको छ। यसकारण पश्चिमी मुलुकहरूले समाजवादी देशलाई आक्रमणको प्राथमिक लक्ष्य बनाएका छन्।
न्युयोर्क टाइम्स जस्ताको नेतृत्वमा पश्चिमी मिडियाको दुईखाले मापदण्डहरू अन्तर्राष्ट्रिय गठबन्धनको रुपरेखाबाट उत्पन्न भएका हुन् र तिनीहरुका दुई जिव्राहरु छोटो अवधिमा नै विलुप्त हुँदैनन्। तर पश्चिमले जुनसुकै पक्षपातपूर्ण र कपोलकल्पीत प्रतिद्वन्द्वीहरू खडा गरे पनि यसले रोक्नै नसकिने बहु-ध्रुवीकरणको प्रवृत्तिलाई बदल्न सक्दैन। त्यस प्रवृत्तिमा भिन्न राजनीतिक प्रणालीहरू सँगसँगै कार्यहरु गर्नेछन्।
साभारः सिजिटिएनमा Liu Jianxi द्वारा लिखित १० मार्च २०२० मा प्रसारित।