Date
सोम, जेष्ठ ५, २०८२
Mon, May 19, 2025
Monday, May 19, 2025
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
  • लग - इन
  • दर्ता गर्नुहोस्
Nepal Readers
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
Nepal Readers
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्

गण्डकीमा वामपन्थी ज्येष्ठ नागरिक मिलन कार्यक्रम सम्पन्न

नेपाल रिडर्स नेपाल रिडर्स
मंसिर १०, २०८१
- राजनीति, विमर्शका लागि
A A
0
  •  share
  • Facebook
  • Twitter
  • WhatsApp
  • Gmail
  • Viber
  • Messenger

    (पञ्चायती शासन कालमा नेपालमा नयाँ जनवादी क्रान्तिका माध्यमबाट समाज परिवर्तन गर्न विभन्न कम्युनिष्ट पार्टीमा स‌गठित भएर वा स्वतन्त्र रुपमा सक्रिय भूमिका निर्वाह गरेका वामपन्थी जेष्ठ नागरिकहरुको भेला गत कार्तिक ९ र १० गते पोखरामा सम्पन्न भएको थियो । यो ऐतिहासिक र महत्वपूर्ण आयोजनाको अभिलेख राख्ने उद्येश्यले यहाँ सो कार्यक्रम सम्बन्धी जानकारी दिने दुईवटा दस्तावेज प्रकाशित गरिएको छ । – सम्पादक)

    वामपन्थी ज्येष्ठ नागरिक मिलन कार्यक्रममा सहयोग र सहभागितका लागि अपिल
    वि.सं. २००७ साल देखि यता नेपालमा भएका सबै जनआन्दोलनहरु तथा राजनीतिक क्रान्तिमा मार्क्सवादी वीचार र त्यसमा विश्वास गर्ने राजनीतिक दल तथा व्यक्तित्वहरुको ऐतिहासिक योगदान रहेको छ । मार्क्सवादबाट प्रभावित भई विभिन्न कम्युनिष्ट पार्टीमा संलग्न भएका तथा स्वतन्त्र वामपन्थीको रुपमा रहेरपनि हजारौले आन्दोलनमा योगदान गर्नु भएको छ । स्वदेश र प्रवासमा रहेर भूमिगत तथा खुलारुपमा संगठित हुदै जेल, नेल तथा कठोर यातना सहेर जीवनको आहुती दिदै गणतन्त्र स्थापना गर्नका लागि अहिले उमेर र सक्रियताका दृष्टिले जीवनको उत्तरार्धमा पुग्दै गरेको पुस्ताको योगदानलाई पछिल्लो पुस्तासम्म हस्ताान्तरण गर्ने काम भने राम्रोसँग भइराखेको छैन । त्यो खाँचो पुरा गर्ने उद्देश्यले खासगरि निरंकुश पञ्चायती शासनको कालखण्डमा आन्दोलनमा समावेश भएर आफ्नो युवा उमेर व्यतित गर्नुभएका ज्येष्ठ नागरिकहरुको अनुभव तथा योगदानको स्मरण गर्दै एकआपसमा अनुभव आदान प्रदान गर्र्ने उद्देश्यले यहि २०८१ कार्तिक ९ र १० गते पोखरामा ज्येष्ठ वामपन्थी मिलन कार्यक्रम आयोजना गरियो।

    कार्यक्रममा गण्डकीका मनाङ, मुस्ताङ, वागलुङ, पर्वत, कास्की, स्याङ्जा, तनहुँ, लमजुङ, गोर्खा, नवलपुर र आमन्त्रीत पाँचथर र काठमाण्डौका समेत गरि १२ जील्लाका १८० जनाजति (केही इण्ट्री हुन नसकेका समेत) ज्येष्ठ वामपन्थीहरु सहभागि हुनुभयो । हामीले दुइदिनसम्म हरेकको इतिहास, कम्युनिष्ट आन्दोलनको विगत वर्तमान र भविष्यका विषयमा छलफल गरेका थियौं । कार्यक्रममा सहभागि ९८ प्रतिशतले मञ्चमा उभिएर आफ्नो परिचय र मन्तव्य दिनुभएको थियो । यसैगरि नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नेकपा एकिकृत समाजवादी, क्रान्तिकारी कम्युनिष्ट पार्टी, नेपाल कम्युनिष्ट पार्टी, राष्ट्रिय जनमोर्चा समेत कम्युनिष्ट पार्टीका प्रतिनिधिहरुले शुभाकामना दिनुभएको थियो ।

    कार्यक्रममा उपस्थितहरुको उमेर ७० देखि ९३ वर्षसम्म रहेको थियो । यसैगरि आन्दोलनको इतिहासका दृष्टिले नेकपा एमाले, माओवादी केन्द्र, नेकपा मशाल, नेकपा मसाल, चौथो महाधिवेशन, वनारसमा पुष्पलालसँग भेटेर काम थालेको र कम्युनिष्ट आन्दोलनका विभिन्न हाँगामा विभाजित रहेको पंक्ति, गण्डकी धौलागिरी क्रान्तिकारी दल माले, नेपालको कम्युनिष्ट संगठन (मालेमा), मजदुर किसान पार्टी, सर्वहारा श्रमिक संगठन लगायतका विभिन्न समुहमा काम गरेका वामपन्थी तथा कम्युनिष्टहरुको उपस्थिती रहेको थियो ।

    सहभागिहरुको एकमत थियो कि यस्तो कार्यक्रम गर्नु आवस्यक थियो र यो ऐतिहासिक कार्यक्रमले निरन्तरता पाउनुपर्छ । यस्ता भेलामार्फत कम्युनिष्ट आन्दोलनलाई एकतावद्ध बनाउन र राजनीतिमा बढ्दा विकृति विसंगति कम गर्न मद्धत पुग्ने छ । यस्ता कार्यक्रमहरुबाट अरु प्रान्तले पनि शिक्षा लेउन भन्नेमा पनि हामी सहमत भएका थियौं । शुक्रबार ९ गतेबाट ११.३०बाट शरु भएर शनिवार दिउसो २ बजेसम्म सञ्चालित कार्यक्रम उपलब्धी मुलक रहेको निष्कर्ष सहित यसको अभिलेख तयार पार्न केही साथिहरुलाई जिम्मेवारी तोकिएको छ ।

    यसैगरि भेलाले आन्दोलनको इतिहास र समसामयिक विषयमा केही प्रस्तावहरु पारित गरेको छ । प्रस्तावहरु यसैसाथ संलग्न छन् ।

    कार्यक्रम सफल पार्न पोखरा महानगरका मेयर धनराज आचार्यले गर्नुभएको विशेष सहयोगको हामीले उच्च मुल्याँकन गरेका छौं । वहाँ लगायत स्वयंसेवकका रुपमा खट्ने सबैलाई हाम्रो विशेष धन्यवाद ।

    यसैगरि कार्यक्रममा सहभागि हुने ढल्दो उमेर र गल्दो शरिरका चुनौती व्यवस्थापन गर्दै आउनु भएका सबै ज्येष्ठ नागरिकहरुलाई हामी हार्दिक धन्यावाद र आभार व्यक्त गर्दछौं ।
    मितिः २०८१/०७/०६

    ज्येष्ठ वामपन्थी मिलन कार्यक्रम, गण्डकी कार्यक्रमबाट पारित प्रस्तावहरु

    हामी यस गण्डकी प्रदेशका विभिन्न जील्लामा नेपालको कम्युनिष्ट आन्दोलनका विभिन्न घटकमा संलग्न रहेर खासगरि राजाको निरंकुश शासनका विरुद्ध नेपालमा सामन्तवाद र साम्राज्यवादी शोषणको अन्त्य गर्दै जनवादी व्यवस्था स्थापना गर्न र समाजवादी व्यवस्थाको जग तयार पार्न भूमिका खेलेका ज्येष्ठ वामपन्थी नागरिकहरु यही कार्तिक ११ र १२ गते पोखरामा भेला भयौं । दुइदिनसम्म चलेको भेलामा सहभागि हामी वामपन्थी ज्येष्ठ नागरिकहरु नेपालको कम्युनिष्ट तथा जनवादी आन्दोलनले नेपाली समाजलाई सामन्तवादबाट मुक्त गर्न, पुँजीवादी जनवादी क्रान्ति सम्पन्न गर्न गणतन्त्रको प्राप्तीका लागि गरेको योगदानप्रति गर्व महशुस गर्छौं । विश्वभर कम्युनिष्ट आन्दोलन रक्षात्मक बनेको समयमा नेपालमा सरकार, संसद र सडकमा पनि वामपन्थी शक्तिहरुको शक्तिशाली उपस्थिती छ । यसका लागि यसका संस्थापक महासचिन कमरेड पुष्पलाल श्रेष्ठ लगायत पहिलो पुस्ता देखि आजको पुस्तासम्मका क्रान्तिकारीहरुका योगदानलाई उच्च सम्मान गर्छौं । भूमिगत पेशेवर भएर, प्रवासमा बसेर, विभिन्न पेशाको आवरणमा बसेर र जेल नेल खाएर आन्दोलनलाई अघि बढाउन सक्रिय रहनेहरु र उनीहरुका परिवारको योगदानको उच्च कदर गछौं । आगामी दिनमा पनि कम्युनिष्ट आन्दोलनका आदर्शहरुको रक्षा, प्रचार प्रसार र आन्दोलन भित्र देखा पर्ने विचलनहरुका विपक्षमा उभिइरहने र आफु जुन जुन दलमा छ त्यहिँबाट, स्वतन्त्र रहनेहरुले स्वतन्त्र रुपमा नै वामपन्थी आन्दोलनको विकास र रक्षाका लागि पयत्नरत रहने प्रण गर्दछौं । नेपालको कम्युनिष्ट आन्दोलनको इतिहासमा विभिन्न रुपमा सामेल भएर सक्रिय योगदान गर्नेहरुका त्याग र बलिदानको अभिलेख तयार पार्दै नयाँ पुस्तासम्म हस्तान्तरण गर्ने प्रतिवद्धता व्यक्त गर्छौं ।
    हामी सहभागिहरु सामुहिक रुपमा निम्न प्रस्तावहरु पारित गर्छौं:

    प्रस्तावहरु
    १. गण्डकी प्रदेशका जेष्ठ वामपन्थीहरूको यस ऐतिहासिक भेला देशको आमूल परिवर्तन र समाजवाद स्थापनाको ध्येयबाट अभिप्रेरित भएर विगतका विभिन्न शान्तीपूर्ण तथा सशस्त्र आन्दोलनका क्रममा सहादत प्राप्त गर्नु भएका सम्पूर्ण ज्ञात अज्ञात शहिदहरू, घाइतेहरू र वेपत्ता योद्धाहरूको बलिदानी भावनाको उच्च कदर गर्दछ र तीनिहरुप्रति उच्च सम्मान व्यक्त गर्दछ ।

    २. यो भेला सहभागी हुन इच्छुक तर स्वास्थ्य र विभिन्न कनिाइका काठिनाइका कारण भेलामा सहभागी हुन नसक्नु भएका अनेकौँ कष्ट, हण्डर, जेल, नेलको सामना गर्दै जीवनको आफ्नो अमूल्य समय कम्युनिष्ट आन्दोलनको वीजारोपण र यसको सम्वद्र्धनमा लगाउनु भएका जेष्ठ कम्युनिष्ट मित्रहरूको सुस्वास्थ्य र आरोग्यताको कामना गर्दछ ।

    ३. गण्डकी प्रदेशका जेष्ठ वामपन्थीहरूको यो भेला वाम एकतातर्फको सकारात्मक कदम हो । यहाँ हामी स्वतन्त्र एवं सबै दलका पक्षधर वामपन्थी क्रान्तिकारीहरू बडो सौहार्दका साथ छलफल र अन्तक्र्रियामा सहभागि भयौं । यस्तो सद्भावपूर्ण कार्यबाट शिक्षा लिँदै हामी देशका सम्पूर्ण वाम दलहरूलाई आपसी कटूता र वैमनस्यता त्यागी कम्युनिष्ट एकताको पक्षमा दह्रो गरी उभिन र त्यसका लागि आ–आफ्नो स्थानबाट प्रयत्न गर्न हार्दिक अनुरोध गर्दछौँ । अल्पकालिन राजनीतिक हितहरुलाई भन्दा समजावादतिरको यात्रालाई सुनिस्चित गर्ने विचारधारात्मक एकताका आधारमा अघि बढ्न र मुख्य मुद्धाहरुमा एकतावद्ध भइ अघि बढ्न पनि हामी कम्युनिष्ट पार्टीहरुलाई अपिल गर्दछौं ।

    ४. यो भेला देशका गण्डकीमा सक्रिय रहेका सम्पूर्ण वाम दलहरूसमक्ष कम्युनिष्ट क्रान्तिकारीहरू र योद्धाहरूको व्यक्तिगत अभिलेख तयार गरी प्रदेशस्तरीय कम्युनिष्ट आन्दोलनको इतिहास तयार गर्ने दिशामा कदम चाल्न अपील गर्दछ ।

    ५. वर्तमान अवस्थामा जनताको हित गर्ने उद्देश्यसाथ मुलुकको विभिन्न स्थानमा खोलिएका केही सहकारी संस्थाहरूमा हुन गएको भ्रष्टाचार र रकम अपचलनले गर्दा सहकारी आन्दोलन नै प्रश्नको कठघरामा उभिन पुगेको छ । जनताले दुःखसाथ बचत गरेको रकम हिनामिना भएको छ । सम्बन्धित दोषीमाथि अविलम्ब कारवाही गर्न र सहकारी पीडित जनताको रकम फिर्ता गर्ने कार्यमा पहल गर्न यो भेला सरकारको ध्यान आकृष्ट गर्दछ ।

    ६. देशमा वर्तमान समयमा लागु भइरहेको निजीकरण र उदारीकरणको नीतिले शिक्षा, स्वास्थ्य, कृषि र उद्योगजस्ता क्षेत्रहरूलाई सङ्कटमा पार्नुका साथै रोजगारी र जनजीविकामा नकारात्मक प्रभाव पर्नुका साथै देशको अर्थतन्त्र धराशायी बनाउँदै लगेको छ भन्ने हाम्रो ठहर छ । रोजगारीको अभावमा लाखौ युवा विदेशिने र ग्रामीण क्षेत्रहरू उजाड बन्ने क्रम बढ्दो छ । यो भेला सम्पूर्ण लोकतन्त्र र समाजवादका पक्षधर दलहरूसमक्ष दलाल पुँजीवादको संरक्षण गर्ने निजीकरणको आर्थिक नीति अन्त्य गर्दै स्वतन्त्र राष्ट्रिय अर्थतन्त्र निर्माणको दिशा अवलम्बन गर्न आह्वान गर्दछ ।

    ७. यो भेला नेपालको कालापानी लगायतको सिमा क्षेत्रमा जारी भारतीय हस्तक्षेप र अतिक्रमणको जोडदार विरोध गर्दछ तथा कुटनीतिक वार्ता र संभव प्रयत्नको माध्यमबाट सीमा विवाद र अतिक्रमणको अन्त्यका लागि प्रयास थाल्न सरकारसमक्ष जोडदार माग गर्दछ ।

    ८. नेपालको जटिल भूराजनीतिक अवस्थिति र शक्ति राष्ट्रहरुको बढ्दो चलखेलका कारण हाम्रो सर्वभौम अधिकारमा चुनौती थपिएका छन् । हामी नेपालको राजनीतिक निर्णय प्रक्रियामा पछिल्लो समय बढ्दै गएको अमेरिका लगायतका शक्तिकेन्द्रको हस्तक्षेपको विरोध गर्छौं र सरकारलाई नेपालको भूमि कुनैपनि मित्रराष्ट्रका विरुद्ध प्रयोग हुन नदिने नीतिलाई निरन्तरता दिन माग गर्दछौं ।

    ९. यो भेला देशको अखण्डता र सार्वभौमिकतामा आँच आउने खालका विदेशी राष्ट्रहरूसँगका विगतमा भएका असमान सन्धी संझौताहरूलाई खारेज गर्न जोडदार माग गर्दछौँ ।

    १०. यो भेला रुस र युक्रेनबीचको युद्धको शान्तिपूर्ण समाधान चाहन्छ ।

    ११. यो भेला प्यालेष्टाइनी जनतामाथि भएको बर्वर इजरायली हमलाको सशक्त बिरोध गर्दछ र संयुक्त राष्ट्रसङ्घसमक्ष इजरायली ज्यादती रोकी प्यालेष्टाइनी जनताको हकअधिकारको संरक्षण गर्न र मध्यपूर्व समस्याको स्थायी समाधान गर्नका लागि उचित कदम चाल्न अनुरोध गर्दछ ।

    सम्पूर्ण कम्युनिष्ट तथा वामपन्थीहरु एक होउ !
    समाजको प्रगतिशिल रुपान्तरणका लागि समाजवाद निर्माणको दिशामा अघि बढ !

    ९–१० कार्तिक, २०८१, पोखरा ।

    •  share
    • Facebook
    • Twitter
    • WhatsApp
    • Gmail
    • Viber
    • Messenger
      नेपाल रिडर्स

      नेपाल रिडर्स

      नेपाल रिडर्स सार्वजनिक नीतिहरु र मुद्दाहरुबारे निरन्तर छलफल–विचार विमर्श गर्ने विद्युतीय मञ्च हो।

      Related Posts

      ७७औं वर्षमा नेकपा: नेतृत्वसम्बन्धी जनवादी विधि अभ्यास नहुँदा गल्दै वामपन्थी दलहरु

      ७७औं वर्षमा नेकपा: नेतृत्वसम्बन्धी जनवादी विधि अभ्यास नहुँदा गल्दै वामपन्थी दलहरु

      विश्वबन्धु भण्डारी
      बैशाख ९, २०८२

      नेपाल कम्युनिष्ट पार्टी वि.सं. २००६ साल वैशाख १० गते तदनुसार २२ अप्रिल १९४९ मा भारतको कलकत्तामा स्थापना भएको हो। आजको...

      नेकपामा विभाजनको कारक डा. रायमाझी

      नेकपामा विभाजनको कारक डा. रायमाझी

      विश्वबन्धु भण्डारी
      फाल्गुन १८, २०८१

      नेपाल कम्युनिष्ट पार्टी स्थापनाको १३ बर्ष पुग्दानपुग्दै २०१९ सालमा वनारसमा भएको तृतीय महाधिवेशनबाट औपचारिक रुपमा पार्टी विभाजन हुन पुगेको थियो।...

      हँसिया हथौडाको झन्डा र पुष्पलालको तस्विर अङ्कित ब्यानरमा कम्युनिस्ट भेला

      हँसिया हथौडाको झन्डा र पुष्पलालको तस्विर अङ्कित ब्यानरमा कम्युनिस्ट भेला

      विश्वबन्धु भण्डारी
      मंसिर ११, २०८१

      नेपालमा विभिन्न समयमा कम्युनिस्ट आन्दोलनमा योगदान गरेकाहरूको भेला आयोजना गर्ने सन्दर्भममा काठमाडौँमा वि.सं. २०७९ कार्तिक केशरमणि पोखरेलको निधनमा श्रद्धाञ्जली तथा...

      कस्तो अर्थतन्त्र कस्ता नीतिः हरि रोकाको वैकल्पिक प्रस्ताव

      कस्तो अर्थतन्त्र कस्ता नीतिः हरि रोकाको वैकल्पिक प्रस्ताव

      नेपाल रिडर्स
      मंसिर ६, २०८१

      हरि रोका यो समयका सबैभन्दा सक्रिय मध्येका एकजना सार्वजनिक वौद्धिक व्यक्तित्व हुन्। उनलाई पाठकहरुले तिस वर्षअघिदेखि पढ्दै आएका छन्। यस...

      कम्युनिष्ट आन्दोलनमा बिताएका बर्षहरु : रामराज रेग्मी

      कम्युनिष्ट आन्दोलनमा बिताएका बर्षहरु : रामराज रेग्मी

      नेपाल रिडर्स
      मंसिर ३, २०८१

      कम्युनिस्ट आन्दोलनमा ५५ वर्ष विभिन्न भूमिकामा सक्रिय रहेर काम गरेका, हेडसर, नेता र लेखक रामराज रेग्मीसँग झलक सुवेदीले गरेको संवाद...

      गण्डकीमा माले निर्माण – केशवलाल श्रेष्ठसँग शिव कुमार पौडेलको संवाद (भिडियो)

      गण्डकीमा माले निर्माण – केशवलाल श्रेष्ठसँग शिव कुमार पौडेलको संवाद (भिडियो)

      नेपाल रिडर्स
      कार्तिक २२, २०८१

      लमजुङबाट माओवादी विचारबाट प्रेरित बिद्रोहको बाटो हिडेका केशवलाल श्रेष्ठको राजनीतिक उतारचढावबारे नेपाल रिडर्सका लागि शिव कुमार पौडेलसँग केशवलाल श्रेष्ठको संवाद...

      Leave a Reply Cancel reply

      Your email address will not be published. Required fields are marked *

      सिफारिस

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?
      विचार

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?

      प्रा. चैतन्य मिश्र
      मंसिर ६, २०८०

      थप पढ्नुहोस्Details
      महङ्गीबारे रहस्यमय मौनता
      समाज

      महङ्गीबारे रहस्यमय मौनता

      नरेश ज्ञवाली
      कार्तिक १४, २०८०

      थप पढ्नुहोस्Details
      भारतीय समाजको नाजीकरण भइसक्यो!
      विचार

      भारतीय समाजको नाजीकरण भइसक्यो!

      अरुन्धती रोय
      कार्तिक ११, २०८०

      थप पढ्नुहोस्Details
      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!
      विचार

      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!

      नालेदी पान्दोर
      कार्तिक १०, २०८०

      थप पढ्नुहोस्Details

      सामाजिक सञ्जालमा पुग्नुहोस्

      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • हाम्रो बारे

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.

      Welcome Back!

      गुगल मार्फत साइन इन गर्नुहोस्
      Sign In with Linked In
      वा

      Login to your account below

      Forgotten Password? Sign Up

      Create New Account!

      गुगल मार्फत साइन अप गर्नुहोस्
      Sign Up with Linked In
      वा

      Fill the forms bellow to register

      All fields are required. Log In

      Retrieve your password

      Please enter your username or email address to reset your password.

      Log In

      Add New Playlist

      नतिजा छैन
      सबै नतिजा हेर्नुहोस्
      • राजनीति
      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • मल्टिमिडिया
      • ब्लग

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.