Date
सोम, जेष्ठ ५, २०८२
Mon, May 19, 2025
Monday, May 19, 2025
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
  • लग - इन
  • दर्ता गर्नुहोस्
Nepal Readers
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
Nepal Readers
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्

मलंगवा हिंसाः जसको घरमा लुटपाट र तोडफोड भयो, उसैलाई प्रहरीले पक्राउ गर्‍यो

न्याय व्यवस्थामाथि विश्वास गरेर बसिरहेकी जास्मिन र उनको परिवारका महिला सदस्यको फोटो भिडियोलाई हिन्दू अतिवादीहरुले ‘मिम’ ‘ट्रोल’ बनाएर फैलाइरहेका छन्। जास्मिन र उनको परिवारका महिला सदस्यको तस्बिर राखेर अपशब्द, गालीगलौज गरेर भिडियो बनाएर सार्वजनिक गरिएका छन्।

नरेश ज्ञवाली र सागर चन्द नरेश ज्ञवाली र सागर चन्द
अशोज १८, २०८०
- रिडर्स डिस्कोर्स, विमर्शका लागि, समाज, सिफारिस
A A
0
  •  shares
  • Facebook
  • Twitter
  • WhatsApp
  • Gmail
  • Viber
  • Messenger

    ४ असोज
    सर्लाहीको मलगंवामा गणेशको मूर्ति विर्सजन गर्ने कार्यक्रम थियो। मूर्ति विर्सजन वर्षेनी हुने नियमित धार्मिक कार्य भएपनि यसपटक भने माहोल धार्मिक मात्र थिएन। धर्मका नाममा मुस्लिम समुदायमाथि आक्रमण गर्ने योजना थियो हिन्दू अतिवादीहरुको। २२ भदौमा कृष्ण जन्माष्टमीको मूर्ति विर्सजन गर्ने नाममा भएको विवादपछि प्रहरीले मलंगवा क्षेत्रका मुस्लिम समुदायलाई गणेश मूर्ति विर्सजनका क्रममा घरमै बसिदिन आग्रह गरेको थियो। सामाजिक सद्भाव कायम गर्ने नाममा प्रशासनले मुस्लिम समुदायलाई घर बाहिर ननिस्कन आग्रह गरेको थियो।

    प्रहरीको आग्रह मान्दै ४ असोजमा जास्मिन मिक्रानी मलंगवा ३ मा रहेको आफ्नै घरमा थिइन्। सासु, ससुरा, दुई देवर र दुई छोरीसहित मिक्रानी घरमै थिइन्। उनका श्रीमान अमजद अलि मिक्रानी भने सर्लाही हरिवनको कार्यालयमै थिए। सर्लाहीको हरिवनमा कार्यालय रहेको एक गैरसरकारी संस्थामा काम गर्छन् अमजद अलि मिक्रानी।

    साँझ ६ बज्दासम्म उनको घर अगाडिबाट दुई चरणमा गणेशको मूर्ति सहितको र्‍याली अगाडि बढिसकेको थियो। तर, जसै अध्याँरो हुँदै गयो मूर्ति विर्सजन गर्न हिडेको र्‍याली मुस्लिम विरोधी हुन थाल्यो।

    मूर्ति विर्सजन गर्न हिडेको र्‍यालीले मुस्लिम विरोधी गीत र नारा लगाउन सुरु गर्‍यो। जास्मिन मिक्रानी र उनका छिमेकी ढोका बन्द गरेर घरभित्रै बसिरहे। रात पर्दै गएपछि र्‍यालीको मुस्लिम विरोधी स्वर उग्र हुन थाल्यो। यता मुस्लिम विरोधी स्वर उग्र बन्न थालेको अर्कोतिर श्रीमान घरबाहिर हुँदा जास्मिनलाई श्रीमानको चिन्ता लागिरह्यो। उनले बारम्बार श्रीमानलाई फोन गरिन्।

    ‘मेरो घर अगाडिबाट दुई चरण मूर्ति गइसकेपछि उहाँ(अमजद अलि मिक्रानी) घर पुग्नुभयो,’ जास्मिनका श्रीमान घर पुग्दा साँझको ८ बजिसकेको थियो। अम्जद घर पुग्दा उनको घर अगाडि नै रोकिएको थियो मूर्ति विर्सजन गर्न हिडेको र्‍याली। मोटरसाइकल घरभन्दा टाढै राखेर अम्जद र्‍याली छल्दै घर पछाडिको बाटोबाट घर छिरे।

    रातको ८ बजिसक्दा पनि मूर्ति सेलाउन हिडेको र्‍याली मुस्लिम टोलबाट अगाडि बढेन। जास्मिनको घर अगाडि नै रोकिरह्यो। ‘र्‍यालीमा मुस्लिम विरोधी नारा, गालिगलौज हुन थाल्यो,’ जास्मिन सुनाउँछिन्। कतिसम्म भने र्‍यालीमा रहेका हिन्दू अतिवादीले माइकबाटै भन्न थाले, ‘१५ मिनेटका लागि तिम्रा छोरी चेलीलाई बाहिर पठाउ, अनि थाहा हुन्छ हामी के गर्छौं।’

    हिन्दू अतिवादीहरुले जास्मिनको घरमा प्रहार गरेका ढुङ्गा

    जास्मिन मात्र होइन यहाँका सबै मुस्लिम परिवारले यस्ता गालीगलौज र अपमान सहेर चुपचाप घरभित्रै राखे आफूलाई। मुस्लिम विरोधी भइसकेको र्‍याली घर अगाडिबाट हिडेपछि जास्मिनको परिवार खाना खान बस्यो। ‘खाना पस्केर खाने तयारी के गरेका थियौं हाम्रो घरमा ढुंगा बर्सियो,’ जास्मिनको परिवारले के भयो भन्ने भेउ नै पाउन सकेन। आकाशबाट असिना बर्से झै ढुंगा बर्सिन थालेपछि जास्मिनको परिवार अताल्लियो।

    सडकबाट हिन्दू अतिवादीले हानेको ढुंगाले जास्मिनको काँधमा चोट लाग्यो। कानमा ढुंगा लागेर अम्जद रक्ताम्मे भए। अमजदको कानको हड्डी नै भाँचियो। जास्मिनले प्रहरीलाई फोन गरिन्। ‘पुलिसले आउँदैछौं, घरभित्रै बस्नुहोस भनिरह्यो, यता ‘उनीहरुले एक घण्टासम्म लगातार ढुंगा हाने,’ जास्मिनको घरको छतभरी सडकबाट हानिएका ईटा र ढुंगाले भरिएको छ।

    जास्मिनको घरमा ढुंगामुढा हान्ने अतिवादीले नै जास्मिनका माइला ससुरा अब्दुल मिक्रानीको हात भाँचे। ढुंगामुढा हुँदा ६४ वर्षे अब्दुल मिक्रानी घरमा निदाइरहेका थिए। जस्ता पाताको ढोकामा ढुंगा हानेको आवाज सुनेपछि अब्दुल बिउँझिए।

    ‘को हो?’ भन्दै ढोकामा मात्र के पुगेका थिए उनीमाथि रड, लाठी र लात्ती बज्रियो। उनी ढोकामा अर्धचेत भएर लडे। होसमा आउँदा उनको ढोका फोडिएको थियो, घरभित्र लुटपाट मच्चाइएको थियो। उठ्न खोज्दा उनले हात चलाउन सकेनन्, ‘हात तोडदिए।’ लठ्ठीको सहारामा उभिने वयोवृद्ध अब्दुल मिक्रानीको बायाँ हात भाँचिएको छ।

    रातको साढे दश बजेतिर मात्र प्रहरी जास्मिनको घरमा आइपुग्यो। यतिञ्जेलसम्म मलंगवामा हिन्दू अतिवादीले मुस्लिमका पसल, घरमाथि आक्रमण सुरु गरिसकेका थिए। जिल्ला प्रशासन कार्यालय सर्लाहीले कर्फ्यू लगाइसकेको थियो।

    प्रहरीले जास्मिन, उनका श्रीमान अमजद र माईला ससुरा अब्दुल मिक्रानीलाई आफ्नै गाडीमा राखेर अस्पताल लिएर गयो। प्रहरीले जास्मिन र उनको परिवारलाई तिरुपती बालाजु पोलिक्लिनिकमा लग्यो। त्यहाँ उपचार गरेपछि रातको करिब १२ बजेतिर प्रहरीले नै जास्मिनको परिवारलाई गाडीमा राखेर घरसम्म पुर्‍याइदियो।

    प्रहरीले घरमा पुर्‍याइसकेपछि जास्मिन परिवारलाई भन्यो, ‘तपाईंहरु प्लिज घरमै बस्नुहोला हामीले अन्यत्र पनि सुरक्षा दिनुपर्ने हुन्छ।’ यतिञ्जेलसम्म मलंगवाका मुस्लिमका पसल, घरमा आगो लागेको खबर फैलिसकेको थियो।

    ५ असोज
    मलंगवामा कर्फ्यू थियो। तर, हिन्दू अतिवादीहरु भने मुस्लिमका पसल, घरमा अगाजनी, तोडफोड र लुटपाट मच्चाउँदै थिए। जास्मिनको परिवार घरमै थियो। शुक्रबार दिउँसो तीन बजेतिर जास्मिनको घरमा एकाएक प्रहरीको टोली आइपुग्यो। जास्मिन भान्सा कोठामा थिइन, ‘घरमा हल्लाखल्ला भयो, म भान्साकोठाबाट बाहिर आउँदा त प्रहरीले मेरो श्रीमान र देवरलाई समातेर ढोकाबाहिर पुर्‍याइसकेको थियो।’

    आफ्ना श्रीमान र देवरलाई किन पक्राउ गरियो भनेर जास्मिनले चालै पाइनन्। दाइलाई किन पक्राउ गरेको भन्दै सोध्न गएका जास्मिनका कान्छा देवरलाई प्रहरीले कुटेर घरभित्र हुल्यो।

    हिन्दू अतिवादीले घरमैं पसेर भाँचेको बायाँ हात र ढोका देखाउँदै (जास्मिनका माईला ससुरा) ६४ वर्षे अब्दुल मिक्रानी ।

    ‘प्रहरीले किन पक्राउ गर्‍यो भनेर हामी छक्क पर्‍यौँ,’ आफूलाई पनि पक्राउ गर्छन् कि भन्ने डरले जास्मिनले प्रहरीलाई प्रश्न गर्न सकिनन्। श्रीमान र देवरलाई किन पक्राउ गरेको भनेर सोध्न जास्मिन प्रहरी चौकीसम्म पनि जान सकिनन्, ‘शहरमा कर्फ्यू लागेको छ कसरी जानु? घरबाहिर निस्कियो भने समाइहाल्छ।’

    श्रीमान र देवरलाई पक्राउ गरेपछि जास्मिनको परिवारले सहयोगका लागि गुहार समेत माग्न सकेन। ‘चारैतिर कर्फ्यू छ, हामीलाई बाहिर निस्कन दिइएको छैन। हाम्रो बोली कसैले सुन्दैन,’ जास्मिनको परिवार मात्र होइन मलंगवाको मुस्लिम समुदायको गुहार कसैले सुनिरहेको छैन।

    ६ असोज
    ६ असोज शनिबार साँझ जास्मिनको घर अगाडि रहेको परालको टौवामा हिन्दू अतिवादीले आगो लगाए। उनीहरु आगो निभाउन घरबाहिर समेत निस्कन डराए। ‘घरबाहिर निस्क्यो भने हामीलाई पो जलाउने हुन कि भन्ने डर थियो,’ जास्मिनले प्रहरीलाई खबर गरिन्। प्रहरी र दमकलको सहयोगमा आगो निभाइयो।

    ‘हाम्रो घरमा आक्रमण भयो, हामी घाइते भयौं, हाम्रो पराल जलाइयो अनि हाम्रै मान्छे पक्राउ गरियो,’ जास्मिनले न्यायको यो अनौठो खेला बुझ्न सकेकी छैनन्।

    ४ असोज यता जास्मिनको परिवारले राम्रोसँग खाना समेत खाएको छैन। जास्मिनका ससुरा बुबा मोहम्मद नजारुल हक (६०) तनावले गर्दा बोल्न नसक्ने अवस्थामा पुगिसकेकाछन्। उनी कतिसम्म गलिसकेका छन् भने ओच्छ्यानबाट समेत उठ्न सकिरहेका छैनन्। केही बोल्नु अगावै उनको आँखा रसाउँछन्।

    जास्मिन परिवारमाथिको आत्याचार यही खतम हुँदैन।

    ७ असोज
    आइतबार मलंगवा बजारमा कर्फ्यू खुलेकै थिएन। दिउँसो १:४५ बजे जास्मिनका ससुरा नजिकैको मस्जिदमा नमाज पढ्न भनेर निस्किए। ‘उहाँ बाहिर निस्केपछि म मूलगेट बन्द गरेर माथि उक्लिएँ,’ घरको पहिलो तल्लामा रहेको शौचालयमा छिरिन् जास्मिन।

    घरको छतमा होहल्ला र धेरै मानिस हिडेको आवाज आयो। ‘मलाई लाग्यो छोरीहरु खेलिरहेका होलान्,’ तर, जास्मिनलाई के थाहा ती हल्ला गर्नेहरु लुटेरा थिए भने।

    जास्मिनलाई शौचलयमा थुनियो। ‘घरमा हल्लाखल्ला भयो, मलाई त ट्वाइलेटमै थुने,’ जास्मिनले शौचालयको ढोका फुट्नेगरी लात्ताले हान्न थालिन्। लुटेराहरुले ढोका खोलिदिए, जास्मिन जसै बाहिर निस्किन उनले ७ जना लुटेरा देखिन्। ‘ती सबै हिन्दू थिए, २/४ जना त चिनेकै छिमेकी थिए,’ छिमेकी नै लुटेराको भेषमा देखेपनि जास्मिनको होसहवास उड्यो।

    शौचालयबाट बाहिर निस्कने बित्तिकै उनलाई दुईजनाले समाए। ‘दुई जनाले मेरी सासुलाई समाएका थिए, दुई जनाले मलाई समाते,’ जास्मिन सुनाउँछिन्, ‘अरु घरभरी खानतलास गर्दै थिए।’

    लुटेराहरुले जास्मिनसँग दराजको चाबी मागे। ‘दराजको साँचो दे नभए तँलाई र यो बुढीलाई यहीँ काट्छु भन्न थाले,’ जास्मिनका छोरी र उनको घरका सदस्यलाई अर्को कोठामा बन्द गरिएको थियो। लुटेराहरुले जास्मिनलाई दराज भएको कोठासम्म घिसारेर लगे।

    लुटेराहरुबाट छुटकारा पाउन भने जास्मिनले दराजको साँचो बेडको तल छ भनिन्। ‘उनीहरु साँचो खोज्न थाले, मैले खल्तिबाट चाबी निकालेर फालेर बाहिर दौडिएँ,’ जास्मिन गुहार माग्न सडकमा आइन्।

    सडकमा आएर उनले गुहार मागिन्। ‘सडकमा आएर म चिच्याए, गुहार मागे,’ छरछिमेक जम्मा हुँदासम्म लुटेराहरु छतको बाटोबाट भागिसकेका थिए। ती लुटेराहरुले जास्मिनको घरबाट दुईवटा ल्यापटप र ४० हजार रुपैयाँ लुटे। छिमेकीको घरको छतबाट जास्मिनको घरमा छिरेका ती लुटेराहरु त्यही बाटो फर्किए।

    आफ्नो घरमा लुटपाट भएको भन्दै जास्मिन किटानी जाहेरी लिएर प्रहरीकहाँ पुगिन्। ‘तर, प्रहरीले दर्ता गरेन,’ प्रहरीले अझैसम्म जास्मिनको जाहेरी दर्ता गरेको छैन।

    लुटपाटको जाहेरी दिन प्रहरी कार्यालय पुग्दा जास्मिनलाई सुरुमा भनियो, ‘अम्जद विरुद्ध सामाजिक सद्भाव विथोलेको मुद्धा परेको छ।’ आइतबार(७ असोज) साँझ जास्मिनले थाह पाइन् -श्रीमान अम्जदविरुद्ध त ज्यान मार्ने उद्योगको जाहेरी परेको छ।

    आफ्नो परिवार र समुदायमाथि भइरहेको ज्यादती सम्झिएर आँखाभरी आँशु बनाएका ६० वर्षिया मोहम्मद नजारुल हक (जास्मिनका ससुरा), घरका दुई सदस्य पक्राउसँगै उनी डिप्रेसनको शिकार भएका छन्।

    ४ असोजको साँझ रुपेश यादवमाथि मलंगवामा चक्कु प्रहार भयो। मलंगवा ७ का यादवमाथि छुरा प्रहार गरको आरोपमा प्रहरीले अम्जद मिक्रानी र उनका भाइलाई पक्राउ गरेको छ। तर, जास्मिन भने छुरा प्रहार गरिएको भनेको समयमा आफ्ना श्रीमान मलंगवामा नभएको बताउँछिन्। ‘उहाँ साढे सात बजे हरिवनबाट निस्कनु भएको हो। छुरा लागेका व्यक्तिलाई ८ बजे प्रादेशिक अस्पताल सर्लाहीमा भर्ना गरिएको छ,’ उनी प्रश्न गर्छिन्, ‘छुरा प्रहार भएको, अस्पताल लगेको र मेरो श्रीमान कार्यालयबाट निस्केको समय कसरी मिल्यो?’

    नेपाल रिडर्सले फेला पारेको हिन्दू अतिवादीको च्याट ग्रुपमा अम्जदको तस्बिर शेयर गर्दै, ‘यो मान्छेलाई पक्राउ गराउनुपर्ने, यसमाथि ज्यान मुद्धा लगाउनुपर्ने’ कुराकानी गरिएको छ। यति मात्र होइन, अम्जदलाई छुटाउने प्रयास भइरहेको थाह पाएपछि उक्त ग्रुपमा भनिएको छ,‘यसलाई छुटाउने प्रयास हुँदैछ, केटाहरु वडा कार्यलय, प्रहरी कार्यालयमा जम्मा भएर यसलाई नछाड्न निवेदन देउ, दवाब देउ।’

    हिन्दू अतिवादीको निशाना बनेको जास्मिन परिवार यतिखेर संकटमा छ। ‘हाम्रो घर लुटपाट भयो, हामीमाथि कुटपिट भयो र हाम्रै परिवारका दुई जना विरुद्ध मुद्धा चलेको छ,’ जास्मिन एक्लिएकी छिन्। तर, उनले हार भने मानेकी छैनन्, ‘उहाँलाई सुनियोजित ढंगले विचार पुर्‍याएर अपराधी बनाउन प्रयत्न गरिन्छ भने पनि म उहाँ निर्दोष सावित भइछुट्नु हुन्छ भन्ने विश्वास गर्छु। मलाई नेपालको न्याय व्यवस्थामा पूर्ण विश्वास छ।’

    न्याय व्यवस्थामाथि विश्वास गरेर बसिरहेकी जास्मिन र उनको परिवारका महिला सदस्यको फोटो भिडियोलाई हिन्दू अतिवादीहरुले ‘मिम’ ‘ट्रोल’ बनाएर फैलाइरहेका छन्। जास्मिन र उनको परिवारका महिला सदस्यको तस्बिर राखेर अपशब्द, गालीगलौज गरेर भिडियो बनाएर सार्वजनिक गरिएका छन्। सामाजिक सञ्जाल र सार्वजनिक जीवनमा वहिष्करणमा परेकी जास्मिन मुस्लिम समुदायमाथि भइरहेको ज्यादतीको पहिलो शिकार हुन्। जसरी जास्मिनलाई एकपछि अर्को अत्याचार सहन बाध्य पारिएको छ यो सिलसिला यही समाप्त हुने छाँट देखिँदैन। जास्मिन आग्रह गर्छिन्, ‘यो विपद् तपाईंको घरमा पुग्नु अगावै सत्यको पक्षमा बोल्ने जमर्को गर्नुहोला।’

    •  shares
    • Facebook
    • Twitter
    • WhatsApp
    • Gmail
    • Viber
    • Messenger
      नरेश ज्ञवाली र सागर चन्द

      नरेश ज्ञवाली र सागर चन्द

      ज्ञवाली र चन्द नेपाल रिडर्सका संवाददाता हुन्।

      Related Posts

      ७७औं वर्षमा नेकपा: नेतृत्वसम्बन्धी जनवादी विधि अभ्यास नहुँदा गल्दै वामपन्थी दलहरु

      ७७औं वर्षमा नेकपा: नेतृत्वसम्बन्धी जनवादी विधि अभ्यास नहुँदा गल्दै वामपन्थी दलहरु

      विश्वबन्धु भण्डारी
      बैशाख ९, २०८२

      नेपाल कम्युनिष्ट पार्टी वि.सं. २००६ साल वैशाख १० गते तदनुसार २२ अप्रिल १९४९ मा भारतको कलकत्तामा स्थापना भएको हो। आजको...

      नेकपामा विभाजनको कारक डा. रायमाझी

      नेकपामा विभाजनको कारक डा. रायमाझी

      विश्वबन्धु भण्डारी
      फाल्गुन १८, २०८१

      नेपाल कम्युनिष्ट पार्टी स्थापनाको १३ बर्ष पुग्दानपुग्दै २०१९ सालमा वनारसमा भएको तृतीय महाधिवेशनबाट औपचारिक रुपमा पार्टी विभाजन हुन पुगेको थियो।...

      हँसिया हथौडाको झन्डा र पुष्पलालको तस्विर अङ्कित ब्यानरमा कम्युनिस्ट भेला

      हँसिया हथौडाको झन्डा र पुष्पलालको तस्विर अङ्कित ब्यानरमा कम्युनिस्ट भेला

      विश्वबन्धु भण्डारी
      मंसिर ११, २०८१

      नेपालमा विभिन्न समयमा कम्युनिस्ट आन्दोलनमा योगदान गरेकाहरूको भेला आयोजना गर्ने सन्दर्भममा काठमाडौँमा वि.सं. २०७९ कार्तिक केशरमणि पोखरेलको निधनमा श्रद्धाञ्जली तथा...

      गण्डकीमा वामपन्थी ज्येष्ठ नागरिक मिलन कार्यक्रम सम्पन्न

      गण्डकीमा वामपन्थी ज्येष्ठ नागरिक मिलन कार्यक्रम सम्पन्न

      नेपाल रिडर्स
      मंसिर १०, २०८१

      (पञ्चायती शासन कालमा नेपालमा नयाँ जनवादी क्रान्तिका माध्यमबाट समाज परिवर्तन गर्न विभन्न कम्युनिष्ट पार्टीमा स‌गठित भएर वा स्वतन्त्र रुपमा सक्रिय...

      कस्तो अर्थतन्त्र कस्ता नीतिः हरि रोकाको वैकल्पिक प्रस्ताव

      कस्तो अर्थतन्त्र कस्ता नीतिः हरि रोकाको वैकल्पिक प्रस्ताव

      नेपाल रिडर्स
      मंसिर ६, २०८१

      हरि रोका यो समयका सबैभन्दा सक्रिय मध्येका एकजना सार्वजनिक वौद्धिक व्यक्तित्व हुन्। उनलाई पाठकहरुले तिस वर्षअघिदेखि पढ्दै आएका छन्। यस...

      कम्युनिष्ट आन्दोलनमा बिताएका बर्षहरु : रामराज रेग्मी

      कम्युनिष्ट आन्दोलनमा बिताएका बर्षहरु : रामराज रेग्मी

      नेपाल रिडर्स
      मंसिर ३, २०८१

      कम्युनिस्ट आन्दोलनमा ५५ वर्ष विभिन्न भूमिकामा सक्रिय रहेर काम गरेका, हेडसर, नेता र लेखक रामराज रेग्मीसँग झलक सुवेदीले गरेको संवाद...

      Leave a Reply Cancel reply

      Your email address will not be published. Required fields are marked *

      सिफारिस

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?
      विचार

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?

      प्रा. चैतन्य मिश्र
      मंसिर ६, २०८०

      थप पढ्नुहोस्Details
      महङ्गीबारे रहस्यमय मौनता
      समाज

      महङ्गीबारे रहस्यमय मौनता

      नरेश ज्ञवाली
      कार्तिक १४, २०८०

      थप पढ्नुहोस्Details
      भारतीय समाजको नाजीकरण भइसक्यो!
      विचार

      भारतीय समाजको नाजीकरण भइसक्यो!

      अरुन्धती रोय
      कार्तिक ११, २०८०

      थप पढ्नुहोस्Details
      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!
      विचार

      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!

      नालेदी पान्दोर
      कार्तिक १०, २०८०

      थप पढ्नुहोस्Details

      सामाजिक सञ्जालमा पुग्नुहोस्

      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • हाम्रो बारे

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.

      Welcome Back!

      गुगल मार्फत साइन इन गर्नुहोस्
      Sign In with Linked In
      वा

      Login to your account below

      Forgotten Password? Sign Up

      Create New Account!

      गुगल मार्फत साइन अप गर्नुहोस्
      Sign Up with Linked In
      वा

      Fill the forms bellow to register

      All fields are required. Log In

      Retrieve your password

      Please enter your username or email address to reset your password.

      Log In

      Add New Playlist

      नतिजा छैन
      सबै नतिजा हेर्नुहोस्
      • राजनीति
      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • मल्टिमिडिया
      • ब्लग

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.